Play

बाग्लुंग सहित बिभिन्न स्थानमा सवारी दुर्घटना, चारको मृत्यु, केहि घाईते

गुरुकुल खबर


पोखरा, बाग्लुंग लगायत देशको विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने केहि घाईते भएका छन। बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । यसैगरी रामेछाप जिल्लाको रामेछाप नगरपालिका-७ भालुखोपस्थित सडकमा भएको ट्याक्सी दुर्घटनामा ट्याक्सी चालकको मृत्यु भएको छ।

चितवनको भरतपुर महानगरपालिका-७ पिपल चोकमा बसको ठक्करबाट एकजना  पैदलयात्रीको मृत्यु भएको छ भने नवलपरासी पश्चिमको सुनवल नगरपालिका-२ नयाँबस्तीस्थित सडकमा भएको अर्को दुर्घटनामा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ।

बाग्लुंग जिल्लाको ताराखोला गाउँपालिका–१ गाईघाट नजिकै शुक्रबार साँझ ग १ ज ६१०० नम्बरको पिकअप गाईघाट नजिकै दुर्घटना हुँदा सोहि जिल्लाको गलकोट नगरपालिका–५ सर्दाखेतका करिब २४ वर्षीय दिनेश थापाको मृत्यु भएको हो । गलकोट हटिया बजारदेखि ताराखोला जाँदै गरेको पिकअप दुर्घटना हुँदा गलकोट नगरपालिका–५ सर्दाखेतका २४ वर्षीय मिलन परियार र सोही वडाका ४३ वर्षीय वीरबल परियार घाइते भएका जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक केशव थापाले जानकारी दिए ।

घाइतेमध्ये वीरबल गम्भीर हुँदा गलकोट नगर अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि पोखरास्थित अस्पतालमा रिफर गरिएको प्रहरीको भनाइ छ। अर्का घाइते मिलन परियारको भने गलकोट अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक थापाले बताए । जीप सडकबाट करिब २० मिटर तल ताराखोलामा खसेको थियो । दुर्घटनाको खबर पाए लगत्तै गलकोटबाट प्रहरीको टोली पुगेर उद्धार गरेको उनले बताए ।

यसैगरी रामेछाप जिल्लाको रामेछाप नगरपालिका-७ भालुखोपस्थित सडकमा भालुखोपबाट रामेछापडाँडातर्फ आउँदै गरेको बागमती बि-एच ९२१९ नम्बरको ट्याक्सी अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा चालक मन्थली नगरपालिका-४ हुडीछाप बस्ने ४१ वर्षीय लाल काजी घिसिङको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल रामेछापमा उपचारको क्रममा मृत्यु भएको हो ।

अर्को दुर्घटना चितवनको भरतपुर महानगरपालिका-७ पिपल चोकमा भएको हो ।  भरतपुरबाट चनौलीतर्फ जाँदै गरेको ग.२ ख १४०४ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही महानगरपालिका-७ बस्ने ७२ वर्षीया नन्दाकली कंडेलको बिहीबार साँझ मृत्यु भएको छ। बसको ठक्करबाट गम्भीर घाइते भएकी उनको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यसैगरी नवलपरासी पश्चिमको सुनवल नगरपालिका-२ नयाँबस्तीस्थित सडकमा पनि परासीबाट सुनवलतर्फ आउँदै गरेको बा.८२ प ९८६३ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५० वर्षीया प्रमिला तेलीको मृत्यु भएको छ । बिहीबार राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएकी उनको तिनाउ ईन्टरनेशनल हस्पिटल बुटवल रूपन्देहीमा थप उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

१७ आश्विन २०८२, शुक्रबार २१:०८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा