Play

मान्यजनको हातबाट दशैंको टिका लगाउने क्रम जारी, सडकमा चहलपहल बढ्यो

गुरुकुल खबर


पोखरा, बडादसैँ अर्थात् यस बर्षको बिजयादशमी पर्वको अबसरमा बिहिबार मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइएको छ । नेपालीहरुले आँफु रहेको ठाउँमा आफ्ना मान्यजनबाट टीका र जमरा ग्रहण गरेर दशैं पर्ब मनाउंदै छन। कतिपयले बिहिबार एक दिन मात्र दशैको टीका लगाउने गरेपनि कतिपयले भने पुर्णिमासम्म पनि टीका लगाउने प्रचलन रहिआएको छ।

दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद विजयादशमीका दिन मान्यजनबाट लगाइन्छ । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाउने चलन रहिआएको छ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा थापेर मनाइन्छ ।

नौ दिनसम्म पूजा आराधना गरी देवी विसर्जन गरेपछि विजयादशमीका दिनदेखि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ । आफन्तकोमा दसैँको दिन टीका लगाउन छुटेकाले कोजाग्रत पूर्णिमा सम्म नै मान्यजनको हातबाट टीका लगाउन सक्ने नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ।

आफ्नो घरमा टीका लगाएसँगै सर्वसाधारण आफन्तकोमा लगाउन जाने क्रम शुरु भएसंगै सडकमा मानिसहरु र सवारीसाधनको चहलपहल  पनि बढेको छ। टिका लगाउने समयमा शहरका अधिकांश पेट्रोल पम्पहरु समेत बन्द रहेको कारण कतिपय पेट्रोल पम्पमा डिजेल र पेट्रोल राख्नको लागि सवारी साधनको लाम लागेको थियो ।

१६ आश्विन २०८२, बिहीबार १९:१४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा