पोखरा, नयाँ सरकार गठन गर्दा कसलाई प्रधानमन्त्री बनाउने भन्ने बहस चलिरहेको बेला राष्ट्रपति निवास शीतल निवास अगाडि कुलमान घिसिङ र हर्क साम्पाङ राईको समर्थनमा नाराबाजी भएको छ।
हर्क र कुलमान दुबैजना मिएरा दिउँसो पत्रकार सम्मेलन समेत गरेका थिए उनीहरु मध्ये कुनै एक लाई प्रधानमन्त्री बनाउनुपर्ने भन्ने माग जारी छ। तर केहि समय अगाडी मात्रै राष्ट्रपतिले सुशिला कार्कीलाई प्रधानमन्त्री बनाउने कुरामा सहमति जनाइसकेका छन उनले संसद बिघटन गर्ने कुरामा समे सहमति जनाएको बुझिएको छ ।
शुक्रबार साँझ नै नागरिक सरकार गठन गर्ने सन्दर्भमा शीतल निवासमा निरन्तर संवाद जारी रहेको बेला बाहिर नाराबाजी भएको हो । राष्ट्रपति निवास अगाडि कुलमान र हर्कको समर्थनमा नाराबाजी भएपछि सेनाहरुले फायरिङको लागि पोजिसनमा बसेको देखिन्छ ।
भीभीआइपीहरुको ओहोरदोहोर भइरहेकाले शीतल निवास क्षेत्रमा नेपाली सेनाले सुरक्षा व्यवस्था कडा बनाएको छ ।