Play

मणिपाल अस्पतालमा न्युरोक्रिटिकल केयर वर्कशप हुने, पोखराको बिभिन्न अस्पतालमा कार्यरत नर्सहरु सहभागी बन्ने

गुरुकुल खबर


पोखरा, पोखरामा पहिलो पटक बिभिन्न अस्पतालको क्रिटिकल केयर युनिटमा कार्यरत नर्सहरुको लागि ‘न्युरोक्रिटिकल केयर वर्कशप’ हुने भएको छ। पोखराको सूबिधा सम्पन्न अस्पतालको रुपमा परिचित नेपाल मणिपाल शिक्षण अस्पतालमा हुने उक्त कार्यशालामा पोखराका विभिन्न अस्पतालको क्रिटिकल केयर युनिटमा कार्यरत ५० भन्दा बढी नर्सहरुको सहभागिता रहने भएको छ। यस किसिमको कार्यक्रम गण्डकी प्रदेशमा नै पहिलो पटक हुन लागेको हो।

न्युरोक्रिटिकल बिरामीहरुको उपचार र सेवाको लागि आबश्यक पर्ने सिप र दक्षताको बिकास अनि ब्यबस्थापन गर्ने लक्षका साथ मणिपाल अस्पतालले पहिलो पटकं पोखरामा यस किसिमको कार्यक्रमको आयोजना गरेको अस्पतालका प्रमुख कार्यकारी अधिकृत अनिल ओडुभिलले गुरुकुल खबरलाई जानकारी दिए।

पोखरामा रहेका बिभिन्न अस्पतालको क्रिटिकल केयर युनिटमा करिब २ सय २५ बेड रहेको अनुमान गरिएको छ। जसमध्ये मणिपाल अस्पतालमा मात्र १ सय ६२ वटा बेड रहेको छन भने अन्य विभिन्न अस्पतालमा गरेर करिब ६० वटा बेड रहेको छन । यसपटक पोखरामा हुने कार्यशालाले पोखरा क्षेत्रका बिभिन्न अस्पतालको क्रिटिकल केयर युनिटमा कार्यरत नर्सहरुको क्षमता र ज्ञान बढ्ने बिश्वास गरिएको नेपाल मणिपाल अस्पतालका मार्केटिंग प्रबन्धक रोशन अधिकारीले जानकारी दिए ।

नेपाल मणिपाल टिचिंग अस्पतालले नेपाल क्रिटिकल केयर डेभलपमेन्ट फाउन्डेसन र क्रिटिकल केयर नर्सेज एसोसिअसन अफ नेपालको सहकार्यमा गर्न लागेको उक्त कार्यशालामा क्रिटिकल केयरको क्षेत्रमा लामो अनुभव संगालेका बिज्ञ डाक्टर एबम नर्सहरुले विभिन्न बिषयमा प्रस्तुती दिनुको साथै आंफ्नो अनुभव आदान प्रदान गर्नेछन।

मणिपाल अस्पतालमा कार्यरत डाक्टरहरु बालगोपाल कर्मचार्य, पुष्पराज पन्त, अनमोल पौडेल, वाई बि रोक्का, राजन बस्नेत, कृष्णमुरारी अधिकारी, बिकास थापा, इभा गौचन, जयबहादुर खत्रीले श्रोत व्यक्तिको रुपमा सहभागीहरुलाई क्रिटिकल केयरको बिभिन्न बिषयमा जानकारी गराउने कार्यक्रम रहेको मणिपाल अस्पतालका नर्सिंग डाइरेक्टर बरुणा पौडेलले गुरुकुल खबरलाई जानकारी दिईन।

यसैगरी काठमाडौँको टिचिंग अस्पतालका डा. सुभाष प्रसाद आचार्य, हरियो खर्क अस्पतालका डा. जस गुरुङ, पश्चिमान्चल स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा कार्यरत डा. असिम गुरुङ र काठमाडौँ टिचिंग अस्पतालमा कार्यरत नर्सहरु कबिता सिटौला र प्रभा गौतम एबम मणिपाल अस्पतालमा कार्यरत नर्स करुणा थापाले पनि क्रिटिकल केयरमा उपचाररत विभिन्न किसिमका बिरामीहरुलाई दिने सेवाको बारेमा सैद्दान्तिक एबम ब्यबहारिक रुपमा जानकारी गराउने कार्यक्रम रहेको डाइरेक्टर पौडेलले बताईन। उनका अनुसार कार्यक्रम अबधिमा पोखराका बिभिन्न अस्पतालमा कार्यरत प्रोफेसर, डाक्टर तथा नर्सहरुले पनि सहभागीहरु माझ आआफ्नो आइडिया र अनुभव आदानप्रदान गर्ने छन।

 

९ भाद्र २०८२, सोमबार १३:११ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा