Play

गफ र भाषणले मात्र युवाको विदेश पलायन रोकिदैन: कांग्रेस उपसभापति गुरुङ

गुरुकुल खबर


पोखरा, नेपाल सरकारका पुर्व मन्त्री,नेपाली काङ्ग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले गफ र भाषणले मात्रै युवा पलायन नरोकिने बताएका छन। शुक्रबार कालिका पुस्तकालयको आयोजनामा भिरकोट नगरपालिका ७ मा आयोजित जिल्ला स्तरीय खुल्ला तीजगीत प्रतियोगिता एवम् दर खाने कार्यक्रमको उद्घाटन पछि आयोजित कार्यक्रममा बोल्दै गुरुंगले देशमा विकास नहुदा युवाहरु विदेश पलायन हुनुपरेको स्पष्ट पारे।

नेताको भाषणले मात्रै युवा पलायन नरोकिने नरोकिने र देश समृद्धि बनाउन एक नेताले अर्को नेतालाई गाली गरेर मात्र नहुने भन्दै गुरुंगले भने, ‘हामी माइक पाउन साथ एक नेताले अर्को नेतालाई गाली गर्ने प्रवृत्ति बढेको छ । यसले गर्दा देश विकासमा पनि अबरोध पुगेको छ ।”

देशलाई समृद्धि बनाउन सके मात्रै युवा पलायन रोकिने भन्दै देशले जडिबुटी, पर्यटन, कृषि क्षेत्र लगायतको क्षेत्रमा बिकास हुनुपर्नेमा जोड दिए। उनले भने “बुबा, आमा, भर्खर बिहेगरेकी श्रीमती छोडेर रुदै विदेशीने रहर कसैलाई हुँदैन, युवालाई भाषण भन्दा पनि रोजगारीको खाचो छ ।”

कार्यक्रमलाई सम्बोधन गर्दै पुर्वमन्त्री गुरुङले सिद्धार्थ राजमार्गको स्तरउन्नती गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको बताए । उनले भने “सिद्धार्थ राजमार्ग डेडिकेटेट डबल लेनमा स्तरउन्नति गर्ने प्रक्रिया छिट्टै सुरु हुन्छ । यसको काम द्रुत गतिमा अगाडि बढेको छ।”

स्याङ्जाका ग्रामीण भेगमा रहेका जोखिमयुक्त सडकलाई जोखिममुक्त बनाउने अभियान निरन्तर चलिरहेको बताउदै उनले विकास एउटा ब्यक्तिले मात्रै गर्न नसक्ने स्पक्ष्ट पारे । “सबै राजनैतिक दल,नेता,नागरिक,सरकार सबै मिलेर देशको विकास गर्ने हो,त्यसैले विकास यो नेताले उ नेताले गरेको हुँदैन ” उनको भनाइ थियो ।

७ भाद्र २०८२, शनिबार १०:३३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा