Play

लेखनाथ उद्योग बाणिज्य संघमा चुनाबी प्रतिष्पर्धा: ओझा प्यानलको प्रतिबद्दता र उमेदवारहरु सार्बजनिक

राजेन्द्र ओझा र जानुका अधिकारी प्यानलका उमेद्वारहरु चुनाबी प्रचारको क्रममा मतदाताको घरदैलोमा


गुरुकुल खबर


पोखरा, लेखनाथ उद्योग वाणिज्य संघको आसन्न १५ औं अधिवेशनबाट निर्बाचित हुनको लागि अध्यक्षको उमेद्वार राजेन्द्र ओझा नेतृत्वको प्यानलमा रहेका उम्मेद्वारहरु र उक्त प्यानलले सदस्यहरु सामु गरेका प्रतिबद्धताहरु बिहीबार सार्वजनिक गरिएको छ । ‘उद्योगी व्यवसायीको एकता, यसैमा संघको सफलता’ भन्ने नारा सहित चुनाबी अभियानमा होमिएको राजेन्द्र ओझा समुहले दृष्टि, उद्धेश्य र लक्षलाई स्पष्ट पार्दै आफ्ना प्रतिबद्दता र बिशेष योजना सार्बजनिक गरेको छ।

कार्यसमितिमा सातजना पदाधिकारी, आठजना खुल्ला सदस्य, एकजना एसोसिएट र एकजना संस्थागत सदस्यको साथै दुईजना महिला सदस्य गरि १९ जना रहने ब्यबस्था अनुरुप संघको कार्यसमितिमा निर्बाचित हुन दुईवटा समूहले प्यानल नै बनाएर चुनाबी अभियानलाई तिब्रता दिएका छन। दुवै प्यानलका उमेदवारहरु मतदाता भेटघाट गर्ने र मत माग्ने क्रममा व्यवसायीको घरदैलोमा पुगिरहेका छन। यहि भदौ २० र २१ गतेको दिन संघको २९ औं साधारण सभा तथा १५ औं अधिबेशन तय गरिएको छ। संघमा हाल २ हजार भन्दा बढी मतदाता रहेका छन।

लेखनाथ उद्योग वाणिज्य संघको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझाको नेतृत्वको प्यानलको बरिष्ठ उपाध्यक्षमा उपेन्द्रराज सुबेदी ‘राजु’ प्रथम उपाध्यक्षमा मेनुका श्रेष्ठ, महासचिबमा जिबन तिवारी, उपमहासचिबमा लक्ष्मी प्रसाद ढुंगाना, कोषाध्यक्षमा टिकाराम सापकोटालाई उमेदवार बनाइएको छ । कार्यसमितिको सदस्यहरुमा कृष्णप्रसाद सुबेदी, घनश्याम ढुंगाना, किशोर अधिकारी, नबराज पौडेल, सन्तोष हमाल, शिबराज अधिकारी, सुरेन्द्र गुरुङ,भीमप्रसाद सुबेदी ‘सन्तोष’, महिला सदस्यमा लक्ष्मी ठाकुर सुनार र सपना सुबेदी तिवारी, एसोसिएट सदस्यमा प्रवेश बन्जारा र संस्थागत सदस्यमा बिरभद्र कंडेललाई ओझाको प्यानलबाट उमेदवार बनाइएको छ।

संघको अध्यक्षका उमेद्वार रहेका संघका ओझाले आंफ्नो समूहको तर्फबाट विभिन्न प्रतिबद्धताको साथै विभिन्न योजना सार्वजनिक गरेका थिए । उनले सार्बजनिक गरेका प्रतिबद्दताहरुमा व्यवसायीको सहयोगका लागि हेल्प डेस्कको स्थापना गर्ने, नयाँ ब्यबसायलाई प्रोत्साहन दिने,महिला र युवा उधमीको लागि तालिम प्रदान गर्ने, उत्पादनको गुणस्तर सुधार प्याकेजिंग, ब्राण्डिंगमा सहयोग गर्ने, आन्तरिक तथा बाह्य बजार बिस्तारको लागि सहयोग गर्ने , कृषि, पर्यटन, होम स्टेको प्रबर्दन सहित लगानीको बाताबरण तयार गर्ने र डिजिटल वित्तीय साक्षरता कार्यक्रम संचालन गर्ने लगायत रहेका छन।

उनको समुहले एक कार्यकालमा एउटा मात्र महोत्सब संचालन गर्ने र त्यसलाई एतिहासिक बनाउने सोच अगाडी सारेको छ। यसका साथै ब्यबसायी र रोजगारी खोज्नेहरुबीच पुलको काम गर्ने,साना, मझौला र ठुला ब्यबसायीसंग सहकार्य गर्ने, संघको स्थापना दिवसलाई उत्सबको रुपमा मनाउने जस्ता बिषयलाई ओझा समुहले अगाडी सारेको छ  स्थानीय उत्पादनको प्रबर्दन र बजार विस्तार तथा कृषि, पर्यटन प्रबर्दन मार्फत लेखनाथलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा परिचित बनाउन पहल गर्ने कुरा प्रतिबद्धता पत्रमा उल्लेख छ ।

स्थानीय कृषिका उत्पादन, हस्तकला र घरेलु तथा साना उद्योगबाट उत्पादित सामाग्रीको प्रत्यक्ष बिक्री र गुणस्तरीय बजार पूर्वाधार विकासमा ध्यान दिने योजना रहेको अध्यक्षका उमेदवार ओझाले जानकारी दिएका छन । उनले सबै उद्योगी व्यवसायीको डिजिटल प्रोफाइल, नेटवर्किङ प्लेटफर्म, अनलाइन रजिष्ट्रेशन र ई–पेमेन्ट सजिलै उपलब्ध गराउने बताए । उनले लेखनाथ क्षेत्रमा औद्योगिक क्षेत्र आवश्यक भएकोले त्यसका लागि पहल गर्नेमा जोड दिए ।

संघका बर्तमान प्रथम उपाध्यक्ष तथा वरिष्ठ उपाध्यक्षका उम्मेद्वार उपेन्द्रराज सुवेदी (राजु)ले आंफ्नो समुहका योजना र प्रतिबद्दता सुनाउंदै ओझाको समूह ‘धैर्यता, निरन्तरता, उद्यमशीलता, विधिको नेतृत्व हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ चुनावी अभियानमा होमिएको जनाए ।  महोत्सव गर्दा लेखनाथको व्यवसायलाई प्राथमिकता, स्थानीय उत्पादनको प्रबर्दनमा जोड दिने स्पष्ट पारे । पहिले भएका छुट सम्बन्धी सम्झौतालाई निरन्तरता दिने जानकारी दिदै उनले आगामी कार्यकालमा बीमा, यातायात, होटल, शिक्षा, स्वास्थ्य र व्यवसाय सम्बन्धी थप सम्झौता गर्ने स्पष्ट पारे ।

ओझा समुहको महासचिवका उम्मेद्वार जीवन तिवारीले डिजिटल एबम वित्तिय साक्षरता कार्यक्रम अन्तर्गत संघमा आबद्ध व्यवसायीलाई ई–कमर्स, अनलाइन बैकिङ, कर तथा राजश्वका लागि डिजिटल प्रणालीमा दक्ष बनाउने बताए । उनले रुपा र मादी गाउँपालिकासँग सहकार्य गरी स्थानीय उत्पादन, पर्यटन, र होम स्टे प्रबर्दनमा ध्यान दिने जनाए । उनले संघको स्थापना दिवस (असार २० )लाई व्यवसायीको उत्सवको रुपमा मनाउदै उत्कृष्ट व्यवसायी सम्मान, प्रेरणादायी सत्रको आयोजना गर्ने योजना सुनाए ।

प्रतिबद्दता सार्बजनिक गर्ने कार्यक्रममा संघका पूर्व अध्यक्ष बलराम ढकालले सामुहिक नेतृत्व र संस्थागत विकासमा काम गर्न सुझाव दिए । उनले आर्थिक संकटको कारण उद्योगी व्यवसायीको गिरेको मनोबल उकास्ने योजना नयाँ समितिले ल्याउन आवश्यक भएको बताए ।

लेखनाथ उद्योग बाणिज्य संघको अधिबेशन यहि भदौ २० र २१ गतेको लागि तोकिएको छ । यस अगाडी संघको महासचिब समेत रहेकी जानुका पराजुली अधिकारी अध्यक्षको उमेद्वार रहने गरि अर्को प्यानल घोषणा भैसकेको छ । चुनाब नजिकिंदै गर्दा यतिबेला दुवै समूह चुनाबी अभियानका क्रममा मतदाता ब्यबसायीहरुको घरदैलोमा पुगिरहेका छन ।

संघको बर्तमान महासचिब जानुका पराजुली अधिकारीको प्यानलको बरिष्ठ उपाध्यक्षमा गोपिचन्द्र बाँस्तोला, प्रथम उपाध्यक्षमा बिक्रम कर्माचार्य, द्वितीय उपाध्यक्षमा ध्रुबबाबु भट्टराई ‘आइडी’, महासचिबमा भरतराज ओझा, उपमहसचिबमा गंगाकुमारी मल्ल र कोषाध्यक्षमा हरी बस्ताकोटीलाई उमेदवार बनाइएको छ ।

यसैगरी कार्यसमितिको आठ जना खुल्ला सदस्यको लागि प्रतिक्षा रानाभाट, प्रभा कुमारी पौडेल लामिछाने, बिरेन्द्रराज भुर्तेल, भविन्द्र पुन ‘भविन’ सुजन  न्यौपाने, दिपक अधिकारी, कृष्ण प्रसाद तिमिल्सेना र सन्दिप बुढाथोकीलाई उमेदवार बनाइएको छ। समितिमा एसोसिएट तर्फको सदस्यको उमेदवारमा दयाराज भण्डारी र संस्थागत सदस्यतर्फको उमेदवारमा बिरभद्र कंडेललाई राखिएको छ भने दुईजना महिला सदस्यको उमेदवारमा शर्मिला श्रेष्ठ र गंगा परियारलाई राखिएको छ।

६ भाद्र २०८२, शुक्रबार ०९:२२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा