Play

कर्मचारी युनियन: कास्की र गण्डकीको नबनिर्बाचित समितिलाई जिम्मेवारी हस्तान्तरण (नामावली सहित)

गुरुकुल खबर


पोखरा, नेपाली काँग्रेस सम्बद्ध कर्मचारीहरुको संगठन नेपाल निजामति कर्मचारी युनियन, कास्कीको हालै सम्पन्न नबौं अधिबेशन र प्रदेश विभागीय समितिको प्रथम अधिबेशनबाट निर्बाचित नयाँ कार्यसमितिको पदस्थापन समारोह बिहिबार सम्पन्न भएको छ । अधिवेशनबाट नेपाल निजामती कर्मचारी युनियन, कास्कीमा केदार सापकोटाको नेतृत्वमा नयाँ कार्यसमिति र प्रदेश विभागीय कार्यसमितिमा प्रदीपचन्द्र सुवेदीको नेतृत्वमा बनेको नयाँ कार्यसमितिलाई पदस्थापन गराइएको हो ।

विभागीय प्रदेश समितिमा को को ?

कर्मचारी युनियनको विभागीय प्रदेश समितिको अध्यक्षमा प्रदिपचन्द्र सुवेदी नेतृत्वको कार्यसमिति निर्बिरोध निर्बाचित भएको छ। समितिको उपाध्यक्ष (खुल्ला) मा भक्तबहादुर मल्ल, उपाध्यक्ष (महिला) मा राममाया कडरिया श्रेष्ठ र उपाध्यक्ष (समावेशी) मा सुशीला अधिकारी निर्विरोध निर्वाचित भएका छन्।

त्यसैगरी, सचिवमा कृष्णप्रसाद सुवेदी, सचिव (युवा) मा राजकुमार गौतम र कोषाध्यक्षमा भरत भुजेलका साथै सदस्यहरूमा राजेन्द्र रेग्मी, दामोदर बराल, मालती दाहाल, हरिदत्त सुवेदी, तोयनाथ आचार्य, अर्जुन सिंह गिरी, मुक्ती गिरी, अंशु शेर्पा (आदिवासी जनजाति) र कविता अर्याल (समावेशी) निर्बिरोध निर्बाचित भएका छन भने विभागीय प्रदेश समितिको अधिबेशनबाट प्रदेश प्रतिनिधिमा श्रीप्रकाश रेग्मी, गोविन्दप्रसाद सापकोटा र कृष्णप्रसाद उपाध्याय पनि निर्विरोध निर्बाचित भएका छन।

विभागीय समितिको अधिबेशनबाट निर्बाचित हुने केन्द्रीय प्रतिनिधि पदमा भने मतदान भएको थियो मतदान प्रक्रियाबाट निर्बाचित केन्द्रीय प्रतिनिधिहरुमा डार्बिन लम्साल, सुरेशकुमार श्रेष्ठ र रामचन्द्र पौडेल रहेका छन। लम्सालले सर्वाधिक १ सय १२ मत प्राप्त गरेका थिए भने श्रेष्ठले १ सय ६ र पौडेलले ९६ मत ल्याएर बिजयी भए । सोहि पदको प्रतिस्पर्धामा रहेका अर्का उमेदवार प्रभु सिग्देलले भने ७० मत प्राप्त गरेका थिए।

कास्की जिल्ला समितिमा को को ?

यस असार २२ गते सम्पन्न सम्पन्न युनियनको कास्की जिल्ला अधिबेशनबाट अध्यक्षमा केदार सापकोटा निर्बाचित भएका थिए। गण्डकीका मुख्यमन्त्रीको सचिवालयमा कार्यरत सापकोटाले ३ सय २५ मत प्राप्त गर्दा उनका प्रतिद्वन्दी बिनोद रेग्मीले १ सय ६२ मत मात्र प्राप्त गरेका थिए। यसरि हेर्दा रेग्मीले प्राप्त गरेको भन्दा १ मत बढी अर्थात १ सय ६३ मतको अन्तरमा सापकोटा अध्यक्षमा बिजयी भएका हुन् ।

खुल्लातर्फको उपाध्यक्षमा सुमन शर्माले पनि फराकिलो मतका साथ् बिजय प्राप्त गरेका छन । २ सय ८२ मतका साथ उनि निर्वाचित हुँदा उनका प्रतिस्पर्धी पुरुषोत्तम पौडेलले १ सय ८९ मत मात्र प्राप्त गरेका थिए । उनि ९३ मतको फरकमा बिजयी भएका हुन् शर्मा यस अगाडी युनियनको कास्की जिल्ला समितिको सचिब पदमा कार्यरत थिए ।

कार्यसमितिको अन्य बिभिन्न पदमा भने निर्बिरोध निर्बाचन सम्पन्न भएको थियो। जस अनुसार महिला उपाध्यक्षमा रन्जना पोखरेल, समाबेशी उपाध्यक्षमा नरबहादुर सारु, सचिबमा राजेन्द्र शर्मा, सहसचिबमा मन्जुमंज सुबेदी र कोषाध्यक्षमा दिपक शर्मा पराजुली निर्बिरोध निर्बाचित भएका थिए।  यसैगरी समितिको सदस्यहरुमा पनि नारायणराज पौडेल, धनराज पराजुली, डालाराम बसौला, मोहनप्रसाद पौडेल, राजन ढकाल, शारदा सुवेदी (महिला), गंगा अधिकारी (महिला) निर्बिरोध निर्बाचित भएको निर्बाचन अधिकृत शालिग्राम भट्टराईले गुरुकुल खबरलाई जानकारी दिए।

नयाँ कार्यसमितिसँगै जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रदेश प्रतिनिधिहरु मध्ये सुदिप रेग्मीले सबैभन्दा बढी मत पाएर बिजयी भएका थिए । उनले ३ सय ६६ मत प्राप्त गरेका थिए। यसैगरी दिनेश चापागाईं (२८६ मत), चेतराज आचार्य (२५७ मत), झलकराज पौडेल (२४१ मत), काशीराम पौडेल (२३९ मत), विषनबहादुर थापा (समावेशी)  निर्विरोध, मिना कुमारी श्रेष्ठ (महिला)  निर्विरोध निर्बाचित भएका थिए। निर्बाचनमा कृष्णचन्द्र न्यौपाने (१५६ मत), तेजाखर लम्साल (१८५ मत), अर्जुन लामिछाने (१२३ मत) मात्र प्राप्त गरेकोले प्रदेश प्रतिनिधि समेत बन्न सकेनन।

अधिबेशनबाट युनियनको केन्द्रीय महाधिबेशन प्रतिनिधिमा ५ जना निर्बाचित भएका छन् भने दुई जना निर्बिरोध निर्बाचित भएका छन। जस अनुसार सूर्यप्रसाद तिवारी (३०६ मत), डिल्लीराज सुवेदी (२९४ मत), प्रमोद अर्याल (२८० मत), डिल्लीराम रेग्मी (२६२ मत), महेन्द्र गुरुङ (२११ मत), सीता बराल ढुङ्गाना (महिला) निर्विरोध, अर्जुन गुरुङ (समावेशी) निर्विरोध निर्बाचित भएका छन। केन्द्रीय महाधिबेशन प्रतिनिधिमा पराजित उमेदवारहरुमा प्रेमप्रसाद रेग्मी (२१० मत), कृष्ण प्रसाद रिजाल (२०२ मत), रमाकान्त पौडेल (१६७ मत) र सिताराम दाहाल (१४४ मत) रहेको छन ।

पदस्थापन एबम जिम्मेवारी हस्तान्तरण सम्पन्न 

बिहिबार आयोजित समारोहमा दुवै अधिवेशनबाट निर्वाचित पदाधिकारी एबम सदस्यहरु र प्रदेश एबम केन्द्रीय महाधिबेशन प्रतिनिधिहरुलाई  शपथग्रहण गराउनुको साथै प्रमाणपत्र वितरण एवम् जिम्मेवारी हस्तान्तरण गरिएको थियो । शपथग्रहण संगै आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा जिल्ला कार्यसमिति, प्रदेश विभागीय संरचना, विभिन्न शाखा युनियनका प्रतिनिधिहरु, समाजका सरोकारवाला तथा कर्मचारीहरुको  सहभागिता रहेको थियो।

गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदम मन्त्री विन्दुकुमार थापाको उपस्थितीमा पदस्थापन कार्यक्रम गरिएको हो । उनले निजामती कर्मचारी संगठनले कर्मचारी अधिकारको संरक्षणसँगै पारदर्शी, जिम्मेवार र दक्ष सेवाप्रवाहमा योगदान दिनुपर्ने आवश्यकता औंल्याए। युनियनको नवनिर्वाचित कास्की जिल्ला अध्यक्ष केदार सापकोटाको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको बताइएको छ।

५ भाद्र २०८२, बिहीबार २३:०१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा