Play

सुचना दिवसमा अन्तरक्रिया: सहि सूचना समयमै प्रवाह नहुँदा ब्यबस्थाप्रति नै नकारात्मक धारणा बढ्दो

गुरुकुल खबर


पोखरा,गण्डकी प्रदेशका प्रमुख सचिव डा. खगेन्द्र सुवेदीले जोसुकै व्यक्तिले पनि बोली अनुसारको व्यवहार देखाउन सक्नुपर्ने भन्दै आंफुले जानेको कुरालाई ब्यबहारमा उतार्न सक्नुपर्नेमा जोड दिएका छन । राष्ट्रिय सूचना दिवसको अवसरमा मंगलबार पोखरामा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख सचिब सुबेदीले सरकारी कार्यालयहरू सूचनाको हक कार्यान्वयनमा अझै संवेदनशील हुनुपर्ने कुरामा समेत जोड दिए ।

कार्यक्रममा गण्डकी प्रदेशका बिभिन्न मन्त्रालयले स्वत प्रकाशन गर्नुपर्ने बिषयहरु समेत प्रकाशनमा नल्याएको भन्दै ऐनले तोकेका विषयवस्तु तत्काल वेबसाइटमा अद्यावधिक गर्ने व्यवस्था मिलाउन सम्बन्धित मन्त्रालयका सचिवहरूलाई निर्देशन दिए । साथै, उनले सूचनाको हक संग सम्बन्धि नियमावली अझै पनि बन्न नसकेकोले यथाशिघ्र नियमावली बनाउन प्रदेश सरकार तत्पर रहेको प्रतिबद्धता जनाए ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकीको आयोजना र सूचनाको हकका लागि राष्ट्रिय महासंघको समन्वयमा उक्त कार्यक्रम सम्पन्न आयोजना गरिएको थियो ।

कार्यक्रममा मुख्यमन्त्री कार्यालयका सचिव केशवराज ढकालले सूचनाको हक सम्बन्धमा भएगरेका ब्यबस्थाहरुको बारेमा प्रस्तुती दिंदै प्रदेश मातहतका सबै कार्यालयमा सूचना अधिकारी तोकिएको बताए । उनले जिल्लास्थित कार्यालयहरूले सूचना प्रवाहको एकीकृत तथ्यांक राख्न नसकेको कमजोरी स्वीकार गरेका थिए  ।

सूचनाको हकका लागि राष्ट्रिय महासंघ गण्डकीका महासचिव भरत कोइरालाले महासंघको गतिबिधिबारेमा प्रस्तुती दिंदै सरकारी अधिकारीहरूको भनाई र गराईमा फरक रहेको टिप्पणी गरे । उनले प्रदेशकै सरकारी कार्यालयहरूको वेबसाइटमा स्वतः प्रकाशन गर्नुपर्ने सामग्री समेत वर्षौंदेखि अद्यावधिक नभएको भन्दै प्रदेशले २०७९ सालमै ‘सूचनाको हक प्रचलन सम्बन्धी ऐन’ जारी गरे पनि हालसम्म नियमावली बन्न नसक्दा कानुन निष्प्रभावी हुन पुगेको बताए ।

कार्यक्रममा बोल्दै सूचनाको हकका लागि राष्ट्रिय महासंघ गण्डकीका अध्यक्ष राजबहादुर गुरुङले दिन मिल्ने सूचना उपलब्ध गराउन सरकारी अधिकारीहरू डराउन नहुने बताए । उनले सूचनाको हकलाई ब्यबहारिक रुपमा कार्यान्वयन गर्न सके नागरिकले पनि सुशासनको अनुभुती गर्न सक्ने स्पष्ट पारे  ।

सूचनाको हकका लागि राष्ट्रिय महासंघका सल्लाहकार समेत रहेका नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपसभापति एबम न्युनतम पारिश्रमिक निर्धारण समितिका पुर्ब अध्यक्ष गंगाधर पराजुलीले सूचनाको हक कार्यान्वयनको लागि सार्बजनिक निकायमा बस्नेहरु जिम्मेवार बन्नुपर्नेमा जोड दिए । “जो जुन जिम्मेवारीमा छौं, त्यहाबाट सहि सूचना समयमै उपलब्ध गराउने हो भने गलत संदेश प्रबाह नहुने मात्र नभएर सुशासन र पारदर्शिता समेत बढ्छ” । उनले सरकारको जिम्मेवारीमा वा सार्बजनिक निकायको जिम्मेवारीमा बस्नेहरुले सरोकारवालालाई सहि जानकारी उपलब्ध नगराउँदा व्यवस्था प्रति नै नकारात्मक धारणा बढ्दै गएको बताए ।

कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव वासु रेग्मीले आफ्नो मन्त्रालयले वार्षिक कार्यक्रम सुरु हुनुअघि नै सार्वजनिक गर्ने गरेको अभ्यास सुनाए । ‘जिल्लामा रहेका सबै कार्यालयको सूचना एकीकृत रूपमा सार्वजनिक गर्न सकिए झनै प्रभावकारी हुन्थ्यो कि,’ उनले सुझाव दिए ।

प्रदेश प्रेस रजिस्ट्रार विमला भण्डारीले उचित समयमा सही सूचना पाए मात्र त्यसको महत्त्व रहने बताउँदै सूचनाको हक कार्यान्वयनका लागि सहकार्य गर्न आफ्नो कार्यालय तयार रहेको प्रतिबद्धता व्यक्त गरिन् । उनले भनिन्, ‘सूचनालाई बार्गेनिङको माध्यम बनाउने प्रवृत्तिलाई निरुत्साहित गर्दै विकृति र विसंगति अन्त्य गर्न सबै लाग्नुपर्छ ।’

कार्यक्रममा सूचनाको हकका लागि जिल्ला संजाल कास्कीका अध्यक्ष यदुनाथ बञ्जाराले प्रदेशमै पुनरावेदन समिति गठन भए नागरिकलाई सूचना नपाउँदा उजुरी गर्न सहज हुने सुझाव दिए । ‘सूचना अधिकारीहरू तोकिएका छन् तर उनीहरूबाट सहजरूपमा सूचना पाउन सकिएको छैन,’ उनले भने ।

सुचनाको हकका अभियन्ता एबम सूचनाको हकका लागि राष्ट्रिय महासंघ पोखरा महानगरसमितिका अध्यक्ष अनिल थापाले सरकारी कार्यालयबाट सूचना पाउनु फलामे च्युरा चपाउनुसरह भएको भन्दै प्रक्रियागत झन्झटले नागरिकलाई निरुत्साहित गर्ने गरिएको बताए ।

मुख्यमन्त्री कार्यालयका सचिव तथा कार्यक्रमका अध्यक्ष ध्रुव गिरीले देशमा थिति बसाल्न धेरै कानुन बनेको तर त्यसको सफल कार्यान्वयनका लागि सबै जिम्मेवार पक्षले मनन गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रमको संचालन मुख्य मन्त्री कार्यालयका उपसचिव लक्ष्मीभद्र वाग्लेले गरेका थिए भने स्वागत मन्तव्य टीकाराम पौडेलले राखेका थिए ।

४ भाद्र २०८२, बुधबार १४:१२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा