Play

पोखरामा प्रेस युनियनको सदस्यता अभियान, मिडिया मैत्री ऐन नआए सडक आन्दोलन पनि गर्छौं- लम्साल

गुरुकुल खबर


पोखरा, नेपाल प्रेस युनियन कास्कीले संगठनको एक सय दिने सदस्यता अभियान शुरु गरेको छ। शुक्रबार पोखरामा आयोजित एक कार्यक्रममा विभिन्न संचार माध्यममा क्रियाशील पत्रकारहरुलाई नेपाल प्रेस युनियनको सदस्यता प्रदान गरेर अभियानको शुरुवात गरिएको हो।

नेपाल प्रेस युनियनका केन्द्रिय अध्यक्ष शिब लम्सालले पोखरामा क्रियाशील पत्रकारहरु भानु पाण्डे, सागर ढकाल, बिनोद पहारी, रिदेश सुनार, सुजन पौडेल र बिमल तिवारी लगायतलाई युनियनको सदस्यता प्रदान गरेर अभियानको सुरुवात गरिएको थियो ।

उक्त कार्यक्रममा बोल्दै युनियनका अध्यक्ष शिब लम्सालले सय दिने सदस्यता अभियानले आगामी मङ्सिरमा हुने बिधान अधिबेशन र जेठमा हुने महाधिबेशनको आधार तयार हुने बताए। प्रेस युनियनले अन्तराष्ट्रिय मिडिया समिट जस्ता कार्यक्रम गरेर राष्ट्रिय एबम अन्तराष्ट्रिय संघसंस्था हरुसंग सहकार्य गर्ने अबसर प्राप्त गरेको भन्दै लम्सालले पछिल्लो समय भएका गतिविधिको कारण युनियन प्रतिको आकर्षण बढेको उल्लेख गरे ।

उनले मिडिया काउन्सिल ऐन मिडिया मैत्री भएन भने प्रेस युनियन सडक आन्दोलन गर्न समेत तयार रहेको भन्दै संचार जगतको गरिमा र प्रतिष्ठा घटाउने, अनलाइन लगायतका संचार माध्यमको दर्ता एबम नबिकरण प्रक्रिया झन्झटिलो बनाउने जस्ता काम सरकारको तर्फबाट भैरहेको भन्दै चिन्ता ब्यक्त गरे ।

उनले कात्तिक २१ गतेसम्म सञ्चालन हुने सदस्यता अभियानको क्रममा प्रेस युनियन छोडेर वा पत्रकारिता छोडेर पार्टीमा लाग्नेहरु एबम नयाँ सदस्यता लिन चाहनेहरुलाई व्यवस्थित गरिने बताए ।

कार्यक्रममा नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष बासुदेब मिश्र र सचिब धनबहादुर गुरुङ सुमन लगायतले युनियनका गतिबिधिबारेमा प्रकाश पारेका थिए ।

२३ श्रावण २०८२, शुक्रबार १७:०० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा