Play

कर्मचारी युनियन कास्कीको अध्यक्षमा सापकोटा र रेग्मीको भिडन्त, शुक्रबार मतदान हुने

उमेदवारी दर्ता शुल्क: अध्यक्ष र महाधिबेशन प्रतिनिधिको लागि १५ हजार र पदाधिकारीको लागि ७ हजार


गुरुकुल खबर


पोखरा,  नेपाली काँग्रेस निकट निजामती कर्मचारीहरुको संस्था नेपाल निजामती कर्मचारी युनियन कास्कीको नबौं जिल्ला अधिबेशनबाट नयाँ नेतृत्व चयन गर्नको लागि शुक्रबार बिहानबाट निर्बाचन प्रक्रिया शुरु हुने भएको छ। अधिबेशनबाट कास्की जिल्ला समितिको अध्यक्ष बन्न केदार सापकोटा र बिनोद रेग्मीको बिचमा प्रतिष्पर्धा हुने करिब पक्का भएको छ।

अध्यक्षको लागि इछ्यूक बनेका सापकोटा हाल गण्डकी प्रदेशका मुख्यमन्त्रीको निजि सचिबालयमा कार्यरत छन भने रेग्मी व्यवसायिक सीप विकास तथा तालिम केन्द्र पोखराको लेखा अधिकृत पदमा कार्यरत छन। अधिबेशनको निर्बाचन प्रक्रिया शुक्रबार बिहानबाट शुरु हुने भएपनि दुवै जनाले उमेद्वार बन्ने घोषणा गरिसकेका छन ।

सापकोटा हाल युनियनको कास्की जिल्ला उपाध्यक्ष समेत रहेकोले उनले अधिबेशनको उद्घाटन समारोहमा स्वागत मन्तब्य ब्यक्त गर्ने क्रममा नै आँफु बिगत एक दशक देखि जिल्ला समितिको सदस्य, सचिब र उपाध्यक्ष लगायत बिभिन्न पदमा रहेर काम गरेकोले अब अध्यक्षको लागि इछ्यूक रहेको जानकारी दिए।

यसैगरी रेग्मीले आफ्ना साथीहरु र सामाजिक संजालबाट आँफु कास्की जिल्लाको अध्यक्ष बन्न इछ्यूक रहेको जानकारी गराएका छन रेग्मीले पनि यसअघि म्याग्दीबाट युनियनको केन्द्रीय प्रतिनिधि, मुस्ताङ जिल्ला कार्यसमितिको सहसचिव र गण्डकी प्रदेश कार्यसमिति सचिवको जिम्मेवारी समेत निर्वाह गरिसेका छन् ।

शुक्रबार बिहान ७.३० बजेबाट ८ बजेसम्म उमेदवारी दर्ताको समय तोकिएको छ भने उमेदवारी फिर्ताको लागि बिहान ९ बजेदेखि ९.३० सम्मको समय तोकिएको छ। बिहान १० बजेबाट नयाँ नेतृत्व वा कार्यसमिति चयन गर्नको लागि मतदान कार्य शुरु हुने निर्बाचन समितिले सुचना जारी गरेको छ ।

उमेदवारी दर्ता गर्न जिल्ला अध्यक्षको लागि १५ हजार, कार्यसमितिका पदाधिकारीहरुको लागि ७ हजार, सदस्यहरुको लागि ३ हजार, केन्द्रीय महाधिबेशन प्रतिनिधिको लागि १५ हजार र प्रदेश प्रतिनिधिको लागि १२ हजार रुपैया शुल्क तोकिएको छ।

युनियनको कास्की जिल्ला सदस्य एबम नयाँ समितिमा सहसचिब बन्न इछ्यूक मञ्जु सुबेदीका अनुसार शुक्रबार नै हुने प्रदेश बिभागिय समितिको बिभिन्न पदमा उमेदवारी दिनेहरुको लागि पनि जिल्ला कार्यसमितिकै सरह उमेदवारी दर्ता शुल्क निर्धारण गरिएको छ।

अधिवेशनले नेपाल निजामती कर्मचारी युनियन, कास्कीको १९ सदस्यीय कार्यसमितिसंगै त्यत्तिकै संख्याको प्रदेश विभागीय समिति निर्बाचित गर्नेछ । यस्तै जिल्लाबाट ७/७ जना, प्रदेश विभागीय समितिबाट ३/३ जना प्रदेश र केन्द्रीय महाधिवेशन प्रतिनिधिको टुंगो पनि अधिबेशनबाट लाग्ने निजामती कर्मचारी युनियन कास्कीका उपाध्यक्ष सिता बराल ढुंगानाले गुरुकुल खबरलाई बताइन ।

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा अधिबेशनको उद्घाटन 

अधिबेशनको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बिहिबार आयोजित एक समारोहमा गरेका थिए। त्यस अबसरमा बोल्दै पाण्डेले सरकारी सेवामा लागेकाहरुलाई पहिला सच्चा देशभक्त कर्मचारी अनि पछि कर्मचारी युनियनको चिनारी दिन आग्रह गरे । उनले कर्मचारीहरुलाई नागरिकमैत्री हुनुपर्ने भन्दै कर्मचारीहरुले सुशासन देखिने गरि काम गर्न आग्रह गरे ।

प्रशाननिक पुर्नसंरचना समितिको रिपोर्ट अनुसार प्रशासनीक खर्च घटाउन सकियो भने केहि कर्मचारीको संख्या कटौती हुने र केहि कार्यालय मर्ज हुने भएकोले वार्षिक ५० करोड रुपैया खर्च घट्ने अनुमान गरिएको मुख्यमन्त्री पाण्डेले बताए । यसमा कर्मचारीहरुले साथ दिनुपर्ने उनको भनाई थियो ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य पौडेल, नेपाली कांग्रेस, गण्डकीका सभापति शुक्रराज शर्मा, गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेल, नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बराल लगायतले नेपाल निजामती कर्मचारी युनियनका सदस्यहरु कांग्रेसको समर्थक कर्मचारी भएकोले उनीहरुले राम्रो काम मात्र गर्छन भन्ने सन्देश दिने गरी सेवा दिनुपर्नेमा जोड दिएका थिए । उद्घाटन सत्रपछि भएको बन्द सत्रमा नेपाल निजामती कर्मचारी युनियन कास्कीका अध्यक्ष सुरेशकुमार श्रेष्ठले आफ्नो कार्यकालमा भएका गतिविधिहरु सुनाएका थिए ।

२२ श्रावण २०८२, बिहीबार २३:१६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा