Play

भारतीय तिर्थयात्रुलाई गरिंदै आएको ब्यबहारप्रति महायोगी सिद्दबाबाको चिन्ता, नेपाल सरकारको ध्यानाकर्षण

गुरुकुल खबर


पोखरा, जगदगुरु श्रीरामानन्दाचार्य स्वामी रामकृष्णाचार्य महायोगी सिद्दबाबा ( कृष्णदास जी महाराज ) ले नेपालमा धार्मिक पर्यटकहरुको संख्या बढाउन सके आर्थिक बिकासमा टेवा पुग्ने भन्दै धार्मिक पर्यटकहरुको संख्या बढाउन राज्य र नागरिकहरुको तहबाट गर्नुपर्ने काम हुन् नसकेको भन्दै चिन्ता ब्यक्त गरेका छन। नेपालमा धार्मिकस्थल एबम तिर्थस्थलहरु धेरै रहेको कारण भारतीय सहित अन्य मुलुकबाट धार्मिक पर्यटकहरु नेपालमा आउन चाहने तर विभिन्न समस्याका कारण उनीहरुको संख्या बढ्न नसकेको उनको भनाई छ।

उनको चिन्ता मुक्तिनाथ लगायतको क्षेत्रमा जाने धार्मिक पर्यटक एबम तिर्थयात्रुहरुबाट समेत सरकारले शुल्क उठाउने गरेको र उनीहरुको लागि आबश्यक पर्ने बिभिन्न संरचना नभएको भन्ने कुरामा क्रन्द्रित छ। हाल पोखरामा बसेर हिमालयन सिद्धमहायोग ध्यान साधना संचालन गरिरहेका महायोगी सिद्धबाबाले गुरुकुल खबरसंग कुरा गर्दै नेपालमा धार्मिक पर्यटकहरु भित्रिने सम्भवना धेरै रहेपनि अब्यबहारिक सरकारी नीतिका कारण धार्मिक पर्यटकहरु आउन नसकेको उल्लेख गरे।

छिमेकी मुलुक भारतमा हिन्दु धर्मालम्बीहरुको संख्या धेरै रहेको र उनीहरु नेपालका विभिन्न तिर्थस्थल आउन चाहन्छन तर, उनीहरुको लागि उपयुक्त सुबिधा र बाताबरण नहुँदा भारतीय तिर्थयात्रुको संख्या उल्लेखनीय रुपमा बढ्न सकेको छैन। मुक्तिनाथ क्षेत्रको दर्शन गर्न आउने भारतीय तिर्थयात्रुहरुसंग अन्नपुर्ण संरक्षण क्षेत्र आयोजनाको नामबाट शुल्क उठाउने गरिएको भन्दै महायोगी सिद्दबाबाले भने, ‘भारतोय साधुसन्तहरुले मुक्तिनाथ भ्रमण गर्ने क्रममा भोग्नुपरेको विभिन्न समस्या र पिडा सुनाउँदा मलाई लज्जाबोध हुनपुग्यो’

भारतीय तिर्थयात्रुहरुले नेपाल आउने क्रममा सिमा प्रवेश गर्दादेखि नै समस्या भोग्नुपरेको यथार्थता उनले सुनाए । नेपालको सिमानाबाट प्रवेश गरेपछि नै उनीहरुले राम्रो व्यवहार पाउन सक्दो रहेनछन। कतिपय अबस्थामा इन्डियन भनेर दुर्ब्यबहार समेत हुने गरेको उनले सुनाए। ‘भारतीय तिर्थयात्रु एबम साधुसन्तहरुको लागि नेपाली ब्यबसायीहरुबाट समेत राम्रो ब्यबहार नहुने गरेको र गाडी लिएर आउने तिर्थयात्रुहरुलाई प्रहरीले समेत अनेक किसिमको दुख दिने गर्दोरहेछ। त्यसमाथि उनीहरुको लागि आबश्यक खाना र बस्नको लागि समेत उपयुक्त बाताबरण नपाउँदा तिर्थयात्रुहरु समस्यामा पर्ने रहेछन।’ महायोगी सिद्दबाबाले गुरुकुल खबरसंग भने ।

‘भारतमा रहेका साधुसन्तहरु मध्ये अधिकांशका शिष्यहरु लाखौंको संख्यामा छन तसर्थ एकजना साधुसन्त वा महात्मा नेपाल आउँदा तिर्थयात्रुहरुको ठुलो संख्या पनि संगसंगै नेपाल आउने गर्छ। त्यसबाहेक उनीहरु आएको कुरा प्रचार हुँदा अरु ठुलो संख्यामा तिर्थयात्रुहरु नेपाल आउने गर्छन। त्यसैले यसकिसिमका साधुसन्त  वा तिर्थयात्रुहरु नेपाल आउँदा विभिन्न बहानामा शुल्क उठाउने प्रवृतिमा रोक लगाउनुपर्छ।’ यसै सन्दर्भमा उनले केहि समय अगाडी विश्वविख्यात बाघेश्वरधाम भारतका पिठाधीश धिरेन्द्रकृष्ण शास्त्री महाराज (बाघेश्वर बाबा) लाई सुनसरीको चतराधाममा ल्याएर संकटमोचन श्रीहनुमद महायज्ञ-२०८१ मा कथाबाचन गर्न लगाएकोमा हाल ठुलो संख्यामा उनका भक्तहरु भारतबाट आउने गरेको पनि सुनाए ।

मुक्तिनाथ आउने तिर्थयात्रुहरुको सुबिधाको लागि पोखरा भन्दा माथि ब्यबस्थित र शाकाहारी सुबिधा भएका होटल लजहरु हुनुपर्ने र उनीहरुले ध्यान र योग गर्न तथा सत्संग वा प्रवचन गर्नको लागि विभिन्न स्थानमा योगा वा ध्यानकेन्द्र जस्ता उपयुक्त संरचनाहरु बनाइनुपर्ने खाँचो पनि महायोगी सिद्दबाबाले औंल्याएका छन ।  मुक्तिनाथ मन्दिर विश्वका दुई अरब बढी हिन्दु धर्मावलम्वीहरुका आराध्यादेव मानिएकोले हिन्दु संस्कार अनुसार नै त्यहाँको पुजा आजा चल्नुपर्नेमा समेत उनले जोड दिए।

मुक्तिनाथ क्षेत्रमा ठुला र सुबिधासम्पन्न होटल बन्ने क्रम चलिरहेको भएपनि तिर्थयात्रुहरुलाई लक्षित गरेर उपयुक्त संरचना बनाइनुपर्नेमा उनको जोड थियो। केहि समय अगाडी मुक्तिनाथ आएको तिर्थयात्रुहरुको समूहले खान बस्न र योग ध्यान गर्नको लागि उपयुक्त संरचना नभएको र गाडीमा गएका धार्मिक पर्यटकहरुसंग बिभिन्न बहानामा शुल्क उठाइएको गुनासो आंफुले सुन्नुपरेको उनको भनाई थियो। तिर्थयात्रुहरुको उक्त टोलिमा आएका मुख्य गुरु बस्ने होटलमा गुजरातबाट लिफ्ट ल्याएर जडान गरेर सुबिधा उपभोग गर्नुपरेको उनले सुनाए।

भारतबाट आउने तिर्थयात्रुहरुको संख्या मात्र ठुलो हुने नभएर उनीहरु केहि साताको लागि बस्ने र योग ध्यान सत्संग गर्ने उद्धेश्यका साथ नेपालको मुक्तिक्षेत्र लगायतको तिर्थस्थल आउने गर्छन। तसर्थ, उनीहरुको लागि राम्रो सुबिधा दिन सक्ने हो भने यस किसिमका तीर्थयात्रुहरुको ठुलो संख्या नेपाल आउने निश्चित रहेको भन्दै महायोगी सिद्दबाबाले भने व्यवहार पनि राम्रो नगर्ने र सुबिधापनि दिन नसक्ने हो भने भोलिका दिनमा धार्मिक पर्यटकहरु मात्र नभएर सबै किसिमका पर्यटकको आगमनमा कमि आउन सक्ने उनले बताए ।

नेपाल सरकारका कार्यबाहक प्रधानमन्त्रीलाई समेत ध्यानाकर्षण 

महायोगी सिद्दबाबा जगदगुरु श्रीरामानन्दाचार्यले धार्मिक पर्यटक एबम तिर्थयात्रुहरुको संख्या बढाउनको लागि नेपाल सरकारको समेत ध्यानाकर्षण गराएका छन। हालै पोखराको भ्रमणमा रहेका नेपाल सरकारका कार्यबाहक प्रधानमन्त्री एबम नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहलाई हिमालयन सिद्द महायोग ध्यान साधना केन्द्र पोखरा -३ नारायणस्थानमा बोलाएर उनले उल्लिखित बिषयमा गम्भीर ध्यानाकर्षण समेत गराएका हुन।

नेपाली काँग्रेसका केन्द्रिय सदस्य गुरु बराल र कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मा र पुर्ब मन्त्री यज्ञबहादुर थापासहित सहभागी उक्त टोलीसंगको भेटघाटको अबसरमा नेता सिंहले नेपालमा धार्मिक पर्यटकहरुको वृद्धिसंगै आर्थीक गतिबिधि चलायमान हुने भन्दै उनीहरुको सुबिधाको लागि आबश्यक काम गर्न आंफुले पहल गर्ने प्रतिबद्दता समेत व्यक्त गरे।

कार्यबाहक प्रधानमन्त्रीसंगको भेटमा पनि महायोगी सिद्दबाबाले गण्डकी प्रदेशमा आउने पर्यटकहरुको लागि विमानस्थल परिसर वा बसपार्क क्षेत्रमा सबै किसिमको जानकारी उपलब्ध हुने किसिमको सूचना केन्द्र बनाइनुपर्नेमा समेत उनले जोड दिए। पर्यटकहरु आउने बित्तिकै उनीहरुको लागि चाहिने यातायात, होटल, पर्यटकीय एबम धार्मिक गन्तब्यहरु, उपलब्ध हुन सक्ने सेवा सुबिधाहरुको जानकारी सहित उनीहरुको लागि आबश्यक पर्ने सिम कार्ड लगायतका सुबिधा उपलब्ध गराउन सकेमा राम्रो सन्देश जाने भन्दै उनले विभिन्न तहका सरकार र पर्यटन ब्यबसायी सहि नागरिकहरुको तहबाट पनि उपयुक्त बाताबरण बनाउनुपर्ने खाँचो औंल्याएका थिए।

हिमालयन सिद्दमहायोग ध्यान साधना जारी 

यसैबीच, महायोगी सिद्दबाबाको संकल्पमा तथा जगदगुरु श्रीरामानन्दाचार्य सेवापीठ चतरा, सुनसरी र महायोगी सिद्दबाबा आध्यात्मिक प्रतिष्ठान पोखराको आयोजनामा पारम्परिक उपचार पद्दति सहितको हिमालयन सिद्दमहायोग ध्यान साधना बिशेष अनुष्ठान हाल पोखरामा संचालन भैरहेको छ। गत असार २७ बाट शुरु भएर चार महिनासम्म चल्ने उक्त अनुष्ठान अन्तर्गत हरेक दिन बिहान ८ बजेसम्म हिमालयन सिद्दमहायोग ध्यान साधना चलिरहेको छ भने त्यसपछि अपरान्ह १२ बजेसम्म ग्रहदोष निवारण, मन्त्रजप, हवन, अर्चना, रुद्राभिशेक र आयुर्बेद परामर्श सम्बन्धि सेवा दिने गरिएको छ साँझ ४ बजेपछि भने महायोगी सिद्दबाबाको सत्संग वा प्रवचन हुँदै आएको छ।

 

२२ श्रावण २०८२, बिहीबार ०९:४१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा