Play

‘पोखरा कलेज अफ म्यानेजमेन्टमा नयाँ समिति, अध्यक्षमा कायस्थ

गुरुकुल खबर


पोखरा, पोखरामा ब्यबस्थापन बिषयको पढाइ हुने मध्येको उत्कृष्ट कलेज ‘पोखरा कलेज अफ म्यानेजमेन्ट’को अध्यक्षमा विनोद कायस्थ चयन भएका छन् । पोखरामा हालै सम्पन्न २३ औं साधारण सभाले आगामी ४ वर्षे कार्यकालका लागि कायस्थको अध्यक्षतामा ६ सदस्यीय सञ्चालक समिति निर्विरोध चयन गरेको हो । कायस्थ पोखराका ब्यबसायी एबम खेल प्रेमीको रुपमा परिचित छन ।

समितिको निवर्तमान अध्यक्षमा प्रोफेसर डाक्टर टंकनाथ शर्मा तथा बोर्ड समिति सदस्यहरूमा श्रवणकुमार तिमिल्सिना, सुरेश प्रकाश चटौत, विश्व कुमार पौडेल र प्राज्ज्वल कायस्थ छन् । उक्त अवसरमा कलेजका नयाँ बोर्ड मेम्बर समीर शर्मालाई स्वागत समेत गरिएको छ । शर्मा काठमाडौंको ट्रिनिटी कलेजका पूर्व प्रिन्सिपल हुन् ।

नवनिर्वाचित अध्यक्ष कायस्थले पोखरा कलेज अफ म्यानेजमेन्टले यस क्षेत्रको शैक्षिक विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याएको र यसको गरिमा अझै माथि उकास्न आफ्नो प्रयत्न रहने बताएका छन् । शिक्षासँगै कलेजले विद्यार्थीहरूलाई अतिरिक्त क्रियाकलापहरूमा पनि संलग्न गराउँदै आएको छ ।

सामाजिक कार्य, शैक्षिक भ्रमण, खेलकुद जस्ता क्रियाकलापले पनि विद्यार्थीभित्रका अन्य प्रतिभाको प्रस्फुटनमा मद्दत पुग्ने र यस्ता क्रियाकलापहरूलाई समय सापेक्ष परिष्कृत गरिँदै लगिनेछ । उक्त कलेज दुई दशक अगाडी स्थापना भएको हो ।

२१ श्रावण २०८२, बुधबार ०८:२८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा