Play

कार्यकर्ता समक्ष कांग्रेस नेता कोइरालाको प्रश्न – मुलुकमा सरकार छ कि छैन ?

गुरुकुल खबर


पोखरा, नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले मुलुकमा सरकार छ कि छैन ? भन्ने प्रश्न गर्दै सरकार भएको अनुभूति जनताले गर्न नपाएको बताएका छन। स्याङ्जामा नेपाली काँग्रेसले आयोजना गरेको कमल पगेनी स्मृति सभा एबम कमल पगेनी स्मृति प्रतिष्ठानको प्रथम अधिबेशनको उद्घाटन गर्दै कांग्रेस नेता कोइरालाले नेपाली काँग्रेस सरकारमा भएपनि जनताले सरकारको अनुभूति गर्न नपाएको भन्दै सरकारको कार्यशैलीको आलोचना गरे।

नेपाली काँग्रेस र नेकपा माओबादी मिलेर चुनाबमा गए तर त्यसपछि एमाले र माओबादीको सरकार बनेको भन्दै उनले अहिले फेरी एमाले र काँग्रेसको सरकार बनेको भएपनि सात बुंदे समझदारी अनुरुप काम हुन नसक्दा जनताले सरकारको अनुभूति गर्न नपाएको उल्लेख गरे।

भ्रष्टाचार नियन्त्रण गर्ने, शुसासन कायम गर्ने, संबिधान संसोधन गर्ने र आर्थिक समृद्धि संगै राजनीतिक स्थिरता कायम गरेर बिकास गर्ने लक्षका साथ एमाले र कांग्रेसको संयुक्त सरकार बनेको स्मरण गर्दै कोइरालाले सरकार बनेको १ बर्ष बितिसक्दा पनि संबिधान संसोधनको बारेमा कुनै पहल हुन नसकेको भन्दै चिन्ता प्रकट गरे।

“अहिले भ्रष्टाचार बढेको छ, छिमेकी जिल्ला कास्कीको पोखरामा लिची गार्डेन भनिएको जग्गा हडप्ने घटनामा मन्त्रीसमेत जोडिए पछि मन्त्रीले नै राजिनामा दिनुपर्यो, कुनै तहमा पनि सुशासन कायम हुनसकेको छैन बरु दण्डहिनता बढ्दै गएको छ।”  नेता कोइरालाले भने

‘मौद्रिक नीति आएपछि आर्थिक अबस्थामा सुधार आउला भन्ने लागेको थियो तर अहिले हेर्दा सुध्रिएला जस्तो देखिएको छैन। ब्यबस्थापिका संसद अस्तव्यस्त छ । कार्यपालिका कमजोर देखिएको छ, न्यायपालिकाको टिप्पणी गर्नु त्यति राम्रो हुँदैन र हामीले पनि न्यायपालिकाको निर्णय मान्दै आएका छौं। तर, विभिन्न संबैधानिक आयोगका ५२ जनाको नियुक्ति सम्बन्धमा न्यायपालिकाले गरेको निर्णय नै संबिधानको मर्म बिपरित छ ।”  कांग्रेस नेता कोइरालाले संबिधानको भावनालाई मार्ने अधिकार कसैलाई पनि नभएको भन्दै न्यायपालिकाको कार्यशैलीको समेत आलोचना गरे।

नेपाली काँग्रेसको १४ औं महाधिबेशनमा सभापतिको उमेद्वार बनेपनि शेरबहादुर देउवासंग पराजित हुन पुगेका नेता कोइराला पार्टीको १५ औं महाधिबबेशनबाट कांग्रेस सभापति बन्ने दौडमा छन। यसै सन्दर्भमा उनले पार्टीको महाधिबेशन विधानले तोकेको समय भित्रै गर्नुपर्नेमा जोड दिए। पार्टीको क्रियाशील सदस्यता लगायतका बिषयमा समयमै टुंगो लगाउनुपर्नेमा ढिलाई गरिएको उनको भनाई थियो।

समयमै सदस्यताको टुंगो लगाएर महाधिबेशनमा लाग्नुपर्नेमा जोड दिंदै कोइरालाले भने “पार्टी भित्रको प्रतिष्पर्धा स्वाभाविक हो तर आम निर्बाचनको नजिक महाधिबेशन पुर्याउने हो भने फेरी पनि घात अन्तर्घातको शृंखला दोहोरिन सक्छ तसर्थ समयमै महाधिबेशन गर्नुपर्छ।”

उनले पार्टीको अनुशासन समितिले केहीलाई कारबाही गरेको भन्ने सन्दर्भमा पनि असन्तुष्टि प्रकट गरे । ‘अनुशासन समितिमा दुईवटा ग्रुप छन, एउटा ग्रुपमा तिन जना र अर्कोमा दुईजना, कारबाही गर्ने सम्बन्धमा दुईजनाले नोट अफ डिसेन्ट लेखेपछि उनीहरुको विचारको कदर हुनुपर्नेमा बहुमतको नाममा निर्णय गरियो, यो दुखद हो।’ उनको भनाई थियो। कोइरालाले कांग्रेस डेमोक्रेटिक पार्टी भएकोले अल्पमतको पनि कदर गर्ने परिपाटी हुनुपर्नेमा अनुशासन समितिले भने कम्युनिस्टको शैलीमा अल्पमतको कदर नगरेको भन्दै दुख प्रकट गरे।

२० श्रावण २०८२, मंगलवार १८:४५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा