Play

बागमती प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका बानियाँ नियुक्त, एमालेबाट छजना मन्त्री पनि आजै बन्ने

गुरुकुल खबर


हेटौँडा, नेपाली कांग्रेस बागमती संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ बागमती प्रदेश सरकारको मुख्यमन्त्रीमा नियुक्त भएका छन्।  बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले मंगलवार बानियाँलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। सोमबार नेपाली कांग्रेसको ३७ र नेकपा एमालेको २७ सांसदको समर्थन सहित मुख्यमन्त्रीको लागि दाबी पेस गरेका बानियाँलाई मंगलवार प्रदेश प्रमुख देवकोटाले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

नवनियुक्त मुख्यमन्त्री बानियाँको शपथ ग्रहण कार्यक्रम मंगलवार अपराह्न ४ बजेका लागि तोकिएको छ। उनले शपथ खाएपछि अन्य विभागीय मन्त्रीहरू नियुक्त गर्ने बुझिएको छ। मन्त्री नियुक्ति गर्दा नेपाली कांग्रेसबाट धादिङका शिवराज अधिकारी एक जना मात्रै मन्त्री बन्ने तर एमालेका ६ जना मन्त्रीले पनि पद तथा गोपनीयताको शपथ लिने तयारी गरिएको बुझिएको छ।

एमालेले भागमा पाएको छ वटा मन्त्रालय मध्ये बन तथा वातावरण मन्त्रीमा भरतबहादुर केसी, कृषि तथा पशुपक्षी विकास मन्त्रीमा मधुसूदन पौडेल, भौतिक पूर्वाधार विकास मन्त्रीमा डा. दिनेशचन्द्र देवकोटा, श्रम रोजगार तथा यातायात मन्त्रीमा जयराम थापा, स्वास्थ्य मन्त्रीमा किरण थापा र उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रीमा विन्दु श्रेष्ठलाई जिम्मेवारी दिने तयारी भएको छ।

कांग्रेसको भागमा परेको मुख्यमन्त्री बाहेक ७ वटा मन्त्रालयको जिम्मेवारी भने केही दिनमा टुङ्ग्याउने तयारी गरिएको कांग्रेसका एक सांसदले जानकारी दिए। पार्टीभित्र भागबण्डा नमिलेका कारण कांग्रेसले आज सबै मन्त्रीको टुंगो लगाउन नसकेको हो ।  उनका अनुसार अहिलेलाई एक जना मन्त्री सरकारमा पठाउने र अन्य मन्त्रालयको हकमा पार्टी केन्द्रीय सभापतिसँग छलफल गरेर मात्रै निर्णय गर्ने गरी दलको नेताले तयारी गरेका छन् ।

२० श्रावण २०८२, मंगलवार १५:४२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा