पोखरा, नेपाली काँग्रेसका नेता डा. शेखर कोइराला मंगलवार स्याङ्जामा हुने विभिन्न कार्यक्रममा भाग लिन पोखरा हुँदै त्यसतर्फ जाने भएका छन।
नेपाली काँग्रेसका नेता कमल प्रसाद पगेनीको निधन भएपछि उनको स्मृतिमा गठन गरिएको कमल प्रसाद स्मृति प्रतिष्ठानको प्रथम साधारण सभा एबम सातौँ स्मृति सभा सहित अन्य कार्यक्रममा सहभागी बन्न कांग्रेस नेता डा. कोइराला स्याङ्जा जान लागेका हुन।
नेता कोइराला काठमाडौँबाट मंगलवार बिहान नै बिमानमा आउने र पोखराबाट कार्यकर्मस्थलसम्म गाडीमा जाने कार्यक्रम तय गरिएको भएपनि बिहानको मौसम केहि खराब रहेकोले काठमाडौँबाट आउन केहि ढिलाई हुन सक्ने बुझिएको छ।
नेपाली काँग्रेस स्याङ्जाका ततकालिन सभापति एबम संबिधान सभाका सदस्य रहेका कांग्रेसका युवा र लोकप्रिय नेता कमल प्रसाद पगेनीको अल्पायुमा नै निधन भएको थियो ।
उनको स्मृतिमा हुने स्मृति सभा सहितको कार्यक्रम स्याङ्जाको भिरकोट नगरपालिका स्थित सिटिहलमा गरिने भएको छ। कार्यक्रममा कांग्रेस नेता डा. कोइराला सहित अन्य नेताहरुको पनि सहभागिता रहने भएको कांग्रेस महाधिबेशन प्रतिनिधि समेत रहेका पत्रकार इन्द्र रिजालले गुरुकुल खबरलाई दिएका छन।