Play

गणतन्त्र प्राप्तिको लागि ६ महिना जेल बसेको म अहिले गणतन्त्रको बिरोधमा ५ महिना बस्नुपर्यो- प्रसाईं

अहिले सत्य अल्पमतमा परेको भएपनि अन्त्यमा सत्यको बिजय हुने भएकोले आन्दोलन सफल हुने प्रसाईंको बिश्वास


गुरुकुल खबर


काठमाडौँ, राजाबादी आन्दोलनका क्रममा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । सोमबार उच्च अदालत पाटनको आदेश बमोजिम उनि २८ लाख रुपैया धरौटी रकम बुझाउँदै रिहा भएका हुन् ।

सोमबार उच्च अदालत पाटनले प्रसाईंलाई काठमाडौँको तिनकुने घटनाको सम्बन्धमा ३ लाख र बैंकिङ कसुर मुद्दामा २५ लाख रुपैया धरौटीमा छाड्न आदेश गरेको थियो ।

उनीमाथि लगाइएका दुई मुद्दाका सम्बन्धमा दुई छुट्टाछुट्टै इजलासबाट उक्त निर्णय भएको थियो । न्यायाशीशद्वय टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको इजलासले प्रसाईंलाई तीनकुने घटनामा ३ लाख धरौटीमा रिहा गर्न आदेश गरेका थिए भने सीआईबीको अनुसन्धान प्रतिवेदनको आधारमा दायर गरिएको बैंकिङ कसुर मुद्दामा न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीले प्रसाईंसँग २५ लाख धरौटी माग गरेका थिए।

उनी गत चैत्र १५ गते काठमाडौँको तीनकुनेमा राजावादी प्रदर्शनमा संलग्न रहेको आरोपमा पक्राउ परेका थिए । प्रसाईंलाई लिन कांग्रेस सांसद डा.सुनिल शर्मा डिल्लीबजार कारागार पुगेका थिए ।

यसैबीच कारागारबाट निस्केका प्रसाईंले आँफु गणतन्त्र प्राप्तिको आन्दोलनमा पनि करिब छ महिना जेल बसेको स्मरण गर्दै अहिले गणतन्त्र बिरोधि आन्दोलनमा पनि पांच महिना जेल बस्नुपरेको बताए।

‘मेरो परिवारका सदस्यहरुलाई पनि सरकारले बैंकिंग कसुरको मुद्दा लगाएको छ।  सरकारले म र मेरो परिवारलाई जेल भित्र राख्ने चाहना गरेको थियो तर, सत्य अल्पमतमा रहेपनि अन्तिममा सत्यको बिजय हुन्छ।  तसर्थ अहिले सरकारले जे जस्तो गरेपनि देश र जनताको लागि हामीले शुरु गरेको आन्दोलनले सफलता पाउँछ’।’

२० श्रावण २०८२, मंगलवार ०६:३२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा