Play

कांग्रेस संसदीय दलको उपनेता र उपसभापति भएँ, बाँकी दुई पदको जिम्मेवारी लिने चाहना छ-कांग्रेस नेता सिंह

सत्ता र शक्तिको राजनीतिमा लाग्दा प्रमुख दलहरु कमजोर बन्दै गएको काबा प्रधानमन्त्री सिंहको भनाई


गुरुकुल खबर


पोखरा, नेपाल सरकारका कार्यबाहक प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले परिबर्तित परिस्थितिमा राजनीतिक दलहरुको संचालनमा कमजोरी भएको स्वीकार गर्दै २०४६ सम्म आदर्शको राजनीति चलेको भएपनि त्यसपछिको समयमा सत्ता र शक्तिको राजनीति चलेको बताएका छन । बिगतमा आदर्शको राजनीति गर्ने प्रमुख दलहरु सत्ता र शक्तिको राजनीतिमा लाग्दा कमजोर बन्दै गएको उनको भनाई थियो।

नेपाली काँग्रेसको गण्डकी प्रदेश समितिले आयोजना गरेको कार्यकर्ता भेलामा बोल्दै कांग्रेस नेता सिंहले परिबर्तित परिस्थितिमा राजनीतिक दलहरु कमजोर बन्दै गएको महशुस भएको समेत उल्लेख गरे। ‘यस किसिमको परिस्थिति एकाएक आएको भने हैन २०१७ सालमा गुमेको अधिकार प्राप्त गर्न तिन दशकसम्म आन्दोलन गर्नुपरेको र आन्दोलनबाट प्रजातन्त्रको पुनस्थापना त भयो, तर सत्ता र स्वार्थका कारण अहिले दलीय ब्यबस्था समेत कमजोर बन्दै गएको छ। नेता सिंहले भने ‘अहिले प्राप्त अधिकार समेत गुम्ने हो कि भन्ने खतरा बढेको छ। प्राप्त अधिकारलाई सुरक्षित गर्न सकेनौं भने हामी पनि नालायक ठहरिने छौं।’

कांग्रेस नेता सिंहले प्राप्त अधिकारको सुरक्षा गर्नको लागि नेपाली काँग्रेस बलियो हुनुपर्नेमा समेत जोड दिए । कांग्रेसमा बिधमान आन्तरिक मतभेद अन्त्य भएमा र पार्टी भित्र एकअर्काबीच हिलो छ्याप्ने प्रवृति अन्त्य भएमा पार्टी बलियो हुने र आन्दोलनबाट प्राप्त अधिकार सुरक्षित हुने उनको भनाई थियो । यसै प्रसंगमा उनले राजनीति सेवाका लागि हो भन्ने भावना बुझेकाहरुलाई दल एबम विभिन्न तहको सरकारको नेतृत्वमा पठाउनुपर्नेमा जोड दिए।

नेपाली काँग्रेसको महाधिवेशन नजिकिदै गरेका सन्दर्भमा उनले पार्टीको महाधिवेशन प्रतिनिधि लगायत विभिन्न तह र पालिकाहरुको नेतृत्वमा    पार्टी संगठनबारेमा राम्रोसंग बुझेका र योगदान गर्न सक्ने व्यक्तिलाई छनौट गर्नुपर्नेमा जोड दिए। पार्टीबाट लिने भन्दा पनि योगदान गर्न सक्ने व्यक्तिलाई जिम्मेवारी दिनुपर्नेमा उनको जोड थियो।

पार्टीको सभापति पदमा उमेद्वार बन्ने चर्चामा रहेका केहि नेताहरुप्रति लक्षित गर्दै कांग्रेस नेता सिंहले भने, ‘महाधिबेशनमा आफ्नो अनुकुल नतिजा आएन भनेर बिरोध मात्र गर्ने प्रवृति र अधिकारको कुरा गर्ने तर क्रियाशील सदस्यता लगायतको जिम्मेवारी पुरा गर्न नसक्नेहरुको बारेमा पार्टी कार्यकर्ताहरुले गम्भीर भएर सोच्नु जरुरी छ।’ बोल्ने अधिकार छ भन्दैमा गैर जिम्मेवार भएर नबोल्न समेत कांग्रेस नेता सिंहले सचेत गराए।

पछिल्लो समयमा नेपाली काँग्रेस कमजोर बन्दै गएको भन्दै नेता सिंहले चिन्ता प्रकट गरे। २०५६ सालमा पोखरामा सम्पन्न महाधिबेशनमा नै पार्टीलाई विधिसम्मत र संस्थागत ढंगले चलाउनुपर्ने कुरामा आंफुले जोड दिएको भएपनि सुधार हुन नसकेको भन्दै नेपाली काँग्रेसका पुर्ब उपसभापति समेत रहेका सिंहले प्रजातन्त्रको लागी सदैब संघर्ष गरेको नेपाली काँग्रेसले बिधिसम्मत र प्रजातान्त्रिक प्रक्रियालाई संस्थागत गर्नुपर्ने खाँचो औंल्याए।

नेपाली काँग्रेसको १५ औं महाधिबेशन २०८३ मङ्सिर भित्रमा हुने कांग्रेस नेता सिंहले बताए। कांग्रेसको बिधानमा भएको ब्यबस्था बमोजिम एक बर्ष समयाबधि थप गर्न सकिने भएकोले सोहि अबधि भित्र महाधिबेशन हुनुपर्नेमा उनले जोड दिए। कांग्रेस नेता सिंहले आँफुले संसदीय दलको उपनेता र पार्टीको उपसभापति र महामन्त्री लगायतको जिम्मेवारी पुरा गरेको भन्दै अब आँफु दुई पदको लागि मात्र ईछ्युक रहेको उल्लेख गरे। उनले पाटीको सभापति र प्रधानमन्त्री हुन्छु भनेर स्पष्ट रुपमा नभनेपनि उनको चाहना पार्टीको सभापति वा प्रधानमन्त्री बन्ने रहेको भन्ने बुझाई कार्यकर्ताहरुमा परेको थियो ।

आगामी महाधिबेशनबाट पार्टीको सभापति बन्ने सोचमा रहेका नेता सिंहले महाधिबेशन अगाडी मन मिल्नेहरु एक ठाउँमा रहने बताए उनले भने- पार्टीका सातजना पुर्ब पदाधिकारीहरु पनि पार्टीलाई ब्यबस्थित र संगठित बनाउने भन्दै एकै ठाउँमा रहेका छौं पार्टीलाइ सहि मार्गमा अगाडी बढाउन र पार्टी भित्र स्वच्छ प्रतिष्पर्धा गर्ने बाताबरण तयार गर्न हामि प्रयासरत छौं ।

नेपाल सरकारका कार्यबाहक प्रधानमन्त्री समेत रहेका सिंहले नेपाली काँग्रेस र नेकपा एमालेको बर्तमान गठबन्धन सरकार परिस्थितिजन्य उपज भएको उल्लेख गरे। उनले दुई पार्टीको संयुक्त सरकार भएकोले कुनै एक पार्टी र तिनका नेताले चाहेको कुरा पुरा नहुँदा कार्यकर्तालाई आफ्नो काम नभएको महशुस हुने गरेको समेत उल्लेख गरे।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले कांग्रेसले नेपाली काँग्रेस अहिले संकटमा छ भन्दै जनतालाई सन्तुष्ट पार्न नसक्दा पार्टीमाथि संकट बढ्दै आएको उल्लेख गरे। उनले आफ्नो ऐतिहासिक विरासतलाई विर्सदै जाँदा पार्टी संगठन कमजोर बनिरहेको भन्दै भष्टाचार नियन्त्रणसँगै जनताको अपेक्षालाई सम्बोधन गर्ने ढंगबाट सरकार अघि बढ्नुपर्ने कुरामा जोड दिए  ।

उक्त कार्यक्रममा नेपाली काँग्रेस पर्वतका उपसभापति शिब सुबेदी, लोकतान्त्रिक उद्योग बाणिज्य संघ गण्डकीका अध्यक्ष चन्द्रकृष्ण कर्माचार्य सहित नेपाली काँग्रेसको विभिन्न तहका नेताहरु सिता अधिकारी,  राजबहादुर गुरुङ, जीतबहादुर गुरुङ, खम्बसिंह गुरुङ, बिकास लामिछाने,  अजिम बक्स मिया, बिजय पौडेल लगायतका कार्यकर्ताहरुले पोखराबाट सिधा अन्तराष्ट्रिय उडान गर्न,  जनताको चाहना अनुसारका योजनामा सरकारले बजेट बिनियोजन गर्न तथा सरकारमा बस्नेहरुले प्रभावकारी काम गर्नुपर्नेमा जोड दिएका थिए ।

१९ श्रावण २०८२, सोमबार २३:१५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा