Play

कोरियाको भाषा परिक्षाको लागि यहि साउन २५ देखि ३१ सम्म आबेदन माग

गुरुकुल खबर


काठमाडौँ, दक्षिण कोरियाले सन् २०२५ का लागि भाषा परीक्षा सञ्चालन गर्ने भएको छ। यही साउन २६ गतेदेखि ३१ गतेसम्म भाषा परीक्षाका लागि आवेदन खुला गर्ने कोरियाली मानव संसाधन विकास सेवा (एचआरडी कोरिया) ले जनाएको छ।

एचआरडी कोरियाले वेबसाइटमार्फत् यो जानकारी गराएको हो। कुन कुन क्षेत्रका लागि परीक्षा हुने र कति संख्यामा लैजाने भन्ने विषयमा भने खुलाएको छैन। कोरियाली भाषा अध्ययन गरिरहेका धेरै युवाहरू अहिले परीक्षाको पर्खाइमा छन्। परीक्षा कहिलेदेखि हुने भन्ने जानकारी आइसकेको छैन।

दक्षिण कोरियाले उत्पादनमूलक क्षेत्र, कृषि, पानीजहाज निर्माण लगायत क्षेत्रमा श्रमिक लैजाँदै आएको छ।  नेपालबाट सन् २००८ देखि इपिएस प्रणालीबाट श्रमिक लैजान थालेको हो। पछिल्ला वर्षहरूमा वार्षिक १० हजार हाराहारी नेपालीहरू लैजाँदै आएको छ।

१९ श्रावण २०८२, सोमबार १०:२४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा