तनहुँ, तनहुँमा यात्रुवाहक बस मर्स्याङ्दी नदीमा खसेको छ । आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ स्थित ऐनापहरामा आइतबार दिउँसो बा २ ख १०७७ नम्बरको यात्रुवाहक बस दुर्घटनामा परेको हो । नारायणगढबाट गोर्खा जाँदै गरेको बस पार्किंग गरिएको ठाउँबाट पछाडी गुडेर मर्स्याङ्दी नदीमा खसेको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
गोरखाबाट चितवनको नारायणगढ तर्फ जाने क्रममा ऐना पहरामा ड्राइभरले बस साइड लगाएर रोकेको बसका केहि यात्रु बाहिर निस्केको र केहि बस भित्रै रहेको अबस्थामा बस अचानक पछाडी गुडेर दुर्घटना भएको हो । सहचालकले बसमा ओट लगाउन बिर्सेका कारण बस अचानक गुडेर मर्स्याङ्दीमा खस्न पुगेको कतिपयको भनाई छ ।
मर्स्याङ्दी नदी किनारमा अगाडिको भाग भासिएको अवस्थामा बस खसेकोले थप यात्रु परेको छ कि भन्ने आशंकामा उद्धारको प्रयास भइरहेको उनले बताए । बस दुर्घटना भएको स्थानीयले जानकारी गराएपछि उद्धारका लागि सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार र नम्बर २३ मनकामना गण तनहुँबाट उद्धार टोली परिचालन गरिएको थियो । सडकबाट खसेको बस भिरमा उत्तानो परेको थियो ।
सीसीटीभी फुटेजअनुसार बस ब्याक गरेको १० सेकेन्डमै सडकबाट सिधै तल गएर बजारिएको छ। बसले उकालो ठाउँमा रहेको पार्किङ छाडेर ओरालोतर्फ सडक छुने बित्तिकै तीव्र गतिमा पछाडि गुडेको थियो । बस सडकबाट भिरमा खस्नु अगाडी ८ जनायात्रुहरु बसको ढोकाबाट पालैपालो हामफालेर सडकमा झरेको सिसिटिभी फुटेजमा स्पष्ट संग देखिन्छ ।
प्रहरीका अनुसार उक्त दुर्घटनाम घाइते हुनेमा गोरखाको शहीद लखन गाउँपालिका–६ की ४० वर्षीया सुनु थापा, ४३ वर्षीया सिता थापा, २८ वर्षीया मिना थापा र गोरखा नगरपालिका–९ का ५४ वर्षीय सुनबहादुर गुरुङ रहेका छन् । दुर्घटनामा आँबुखैरेनी गाउँपालिका–१ की ७ वर्षीया खुशी रामदाम पनि घाइते भएकी छन् ।
घाइतेमध्ये सुनु थापाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । आँबुखैरेनी अस्पतालमा समान्य उपचार पश्चात उनलाई थप उपचारका लागि चितवन मेडिकल कलेज रिफर गरिएको छ । अन्यको अवस्था भने सामान्य रहेको र आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको छ ।
तनहुँका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीका अनुसार बस मर्स्याङ्दी नदी किनारामा उत्तानो परेको अवस्थामा छ । यसअघि ७ भदौ २०८१ मा भारतीय तीर्थयात्री सवार बस ऐना पहराबाट मर्स्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो ।
यसैगरि पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका-१२ छिर्कनेमा आइतबार पोखराबाट नारायणगढतर्फ जाँदै गरेको बागमती प्रदेश ०६–००१ ज ०४५० नम्बरको ईभी माइक्रो पनि दुर्घटना भएको छ राससका कृष्ण न्यौपानेले लिएको तस्बिरमा उक्त माइक्रो सडकमा पल्टिएको अबस्थामा देखिएको छ। तस्बिर : कृष्ण न्यौपाने/ रासस

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका-१२ छिर्कनेमा आइतबार दिउँसो दुर्घटनाग्रस्त माइक्रो । पोखराबाट नारायणगढतर्फ जाँदै गरेको बागमती प्रदेश ०६–००१ ज ०४५० नम्बरको इभी माईक्रो दुर्