मकवानपुर, बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले राजीनामा दिने भएका छन । आइतबार आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले मुख्यमन्त्री पदबाट राजिनामा दिने घोषणा गरेका हुन् ।
यस अगाडी उनले मुख्यमन्त्री पदबाट रजिनामा नदिने अडान राखेको भएपनि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासंगको कुराकानी पछि उनि राजीनामा दिने मुडमा पुगेको बताइएको छ। लामाले राजिनामा दिए संगै कांग्रेस संसदीय दलका नबनिर्बाचित नेता इन्द्र बानियाँलाई मुख्यमन्त्री बन्ने बाटो खुल्ने भएको छ ।
कांग्रेस नेता लामा २०८१ को साउन ९ गते बागमतीको मुख्यमन्त्री बनेका थिए । लामाले कांग्रेस संसदीय दलको नेता हुँदै मुख्य मन्त्री बनेर एक वर्षसम्म सरकारको नेतृत्व गरिरहेको अबस्थामा एक्कासी कांग्रेसको संसदीय दलमा उनि बिरुद्द अबिश्वासको प्रस्ताब आएको थियो
त्यसपछि भएको निर्बाचनमा लामा इन्द्र बानियाँसँग पराजित भएपछि मुख्यमन्त्री छोड्न नैतिक दवाब परेको थियो । पार्टी सभापति शेर बहादुर देउवाको निर्देशनपछि मुख्यमन्त्री लामाले आइतबार पदबाट राजीनामा दिएकाे घाेषणा गरेका हुन् ।