काठमाडौँ, विभिन्न कार्यालयमा सरुवा गरिएका कर्मचारीहरुले गृह मन्त्रालयले सरुवा र पदस्थापनपछि खटाएको स्थानमा हाजिर हुन दिएको २४ घण्टे निर्देशनको पालना नगरेको बुझिएको छ। मन्त्रालयको कर्मचारी प्रशासन शाखाले बिहीबार परिपत्र सहितको निर्देशन जारी गर्दै २४ घण्टे उर्दी जारी गरेको थियो ।
मन्त्रालयले आफ्नो वेभ पोर्टलमा सूची सार्वजनिक गर्दै मन्त्रालयले १८ शाखा अधिकृत र ५ नायब सुब्बालाई २४ घण्टे उर्दी जारी गरेको भएपनि मन्त्रालयको निर्देशन आइतबार सम्म कुनै कर्मचारीले पालना नगरेको बुझिएको छ ।
गृह मन्त्रालयले सरुवा वा पदस्थापन गरिएको कार्यालयमा एक महिनासम्म पनि नगएपछि खटाएको स्थानमा हाजिर भएर काम गर्न गृहमन्त्रालयले २४ घण्टे उर्दी जारी गरेको भएपनि आइतबारसम्म कसैले पालना नगरेको शाखा स्रोतले जानकारी दियो ।
मन्त्रालयको निर्देशन पालना नगर्नेहरुमा अधिकांश नेपाली काँग्रेस निकट नेपाल निजामती युनियन कर्मचारीसंग सम्बद्ध कर्मचारी रहेको बताइन्छ हाल नेपाली काँग्रेसका नेता रमेश लेखक नै गृह मन्त्री रहेका छन
खटाएको स्थानमा नजाने कर्मचारीहरुमा गत असार १६ गते निर्णय भएका १ जना, असार १८ गते निर्णय भएका ७ जना र साउन ७ गते निर्णय भएका १० शाखा अधिकृतको साथै साउन १८ गते निर्णय भएका ५ नायब सुब्बा रहेको छन । उनीहरु खटाइएको ठाउँमा नगएपनि मन्त्रालयमा गएर सरुवाको निर्णय कार्यान्वयन नगर्न दवाब दिईरहेको बुझिएको छ
‘२४ घण्टे उर्दी अहिलेसम्म कसैले पालना गरेको देखिएको छैन । उर्दी पालना नगरेपछि आइतबारबाट हाजिरीमा रातो लगाउन थालिएको छ,’ निजामती कर्मचारी प्रशासन शाखाका एक कर्मचारीको भनाई छ ।