Play

कांग्रेस नेता प्रकाशमान सिंह सोमबार पोखराका विभिन्न कार्यक्रममा सहभागी बन्दै

गुरुकुल खबर


पोखरा, नेपाली कांग्रेसका नेता तथा नेपाल सरकारका उपप्रधानमन्त्री एबम शहरी बिकास मन्त्री प्रकाशमान सिंह सोमबार (भोलि) पोखरामा हुने बिभिन्न कार्यक्रममा सहभागी हुने भएका छन।

प्रधानमन्त्री केपी शर्मा ओली आइतबार राति केहि दिनको लागि नेपाल बाहिर जाने भएकोले उपप्रधानमन्त्री सिंह मुलुकको कार्यबाहक प्रधानमन्त्रीको हैसियतमा पोखरामा हुने कार्यक्रममा सहभागी बन्ने नेपाली काँग्रेसका केन्द्रीय सदस्य गुरु बरालले गुरुकुल खबरलाई जानकारी दिए ।

नेता सिंह सोमबार बिहान बिमानबाट पोखरा आउने र त्यसपछि शहरी बिकास मन्त्रालय अन्तर्गत पोखरा महानगरपालिका- ७ मा नबनिर्मित भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

उक्त कार्यक्रम पछि कांग्रेस नेता सिंहले नेपाली काँग्रेस गण्डकी प्रदेश कार्यालयमा नेपाली काँग्रेसका कार्यकर्ताहरुसंग भेटघाट गर्ने कार्यक्रम तय गरिएको छ । दिउँसो करिब १ बजे हुने कार्यकर्ता भेटघाट कार्यक्रममा नेता सिंहसंग कार्यकर्ताहरुले आफ्नो कुरा समेत राख्न पाउने नेपाली काँग्रेस गण्डकी प्रदेशका प्रबक्ता माधवप्रसाद बाँस्तोला मधुले जानकारी दिए ।

 

१८ श्रावण २०८२, आईतवार १८:२९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा