पोखरा, पोखरा महानगरपालिका वडा नम्बर – २९, प्रगतिटोलको सोमवारे गौंडामा रहेको ओमकारेश्वर शिव मन्दिर व्यवस्थापन तथा सत्सङ्ग समितिको अध्यक्षमा स्थानीय समाजसेवी मोति गिरी चयन भएका छन् । मन्दिर परिसरमा शनिवार सम्पन्न भेलाले सर्वसम्मत रुपमा समाजसेवी गिरीलाई अध्यक्षमा चयन गरेको हो ।
सामुदायिक सेवा केन्द्र लेखनाथका स्थापनाकालीन अध्यक्ष समेत रहेका गिरीले लेखनाथ नगरपालिका रहँदा नगर संयन्त्रको संयोजक रहेर तथा विभिन्न धार्मिक संघसंस्थामा रहेर कार्य गरिसकेका छन् ।
समितिको उपाध्यक्षमा वीरबहादुर खत्री, सचिवमा क्याप्टेन लालिन्द्र खड्का, कोषाध्यक्षमा शर्मिला आचार्य, सहसचिवमा अनिता आचार्य चयन भएका छन्। यसैगरी सदस्यहरूमा नारायणी चापागाईं, कमला जिसी, पार्वती गिरी, हरिप्रसाद बिक, धर्मराज सदाशंकर, निर्मला न्यौपाने,तुलसीप्रसाद भण्डारी,लक्ष्मी खत्री ,राधिका अधिकारी रहेका छन् भने एक सदस्य पछि थपिने भएको छ ।
पोखरा महानगरपालिका वडा नं २९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङ्ग संरक्षक रहेका छन् भने संस्थाका स्थापनाकालीन अध्यक्ष जयकृष्ण त्रिपाठी, लेखनाथ पत्रकार मञ्चका अध्यक्ष विष्णुहरि पौडेल, कार्यसमितिका निवर्तमान सहसचिव तेजप्रसाद भण्डारी, सदस्य धनबहादुर गुरुङ्ग र मन्दिरका पुजारी लक्ष्मण गौतम सल्लाहकारका रुपमा रहेका छन्।
वि सं २०५८ सालदेखि मन्दिरमा नियमित पुजापाठ गरिंदै आएको तथा पर्व विशेषमा रुद्री, महात्म्य वाचन, भजनकिर्तन लगायत धार्मिक कार्यक्रमहरु हुने गरेका छन् ।