Play

प्रेस युनियनको सय दिने सदस्यता विशेष अभियान काठमाडौँमा सुरु

गुरुकुल खबर


काठमाडौं, नेपाल प्रेस युनियनले एक सय दिने ‘सदस्यता विशेष अभियान’ सुरुवात गरेको छ । प्रेस युनियन केन्द्रीय समितिको निर्णय अनुसार बिहिबार काठमाडौं शाखामार्फत औपचारिक रुपमा अभियान सुरुवात गरिएको हो ।

नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्साल, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष हरिहर विरही, प्रेस युनियनका सल्लाहकारद्वय तारानाथ दाहाल र ध्रमेन्द्र झाले एक कार्यक्रमका बीच आफ्नो सदस्यता नवीकरण गरेर अभियानको शुभारम्भ गरे ।

नेपाल प्रेस युननियन काठमाडौं शाखाका अध्यक्ष महेश गौतमको अध्यक्षतामा सुरु भएको शुभारम्भ अभियानमा क्रियाशिल सञ्चारकर्मीको मात्र सदस्यता नवीकरण र नयाँ सदस्यता दिने घोषणा गरिएको छ ।

सदस्यता विशेष अभियानले पुरानो सदस्यता व्यवस्थित गर्न र नयाँ क्रियाशिल सञ्चारकर्मीलाइ सदस्यता दिलाउन सहयोग पुग्ने प्रेस युनियनका अध्यक्ष लम्सालले बताए । प्रेस युनियन सदस्यता विशेष अभियान साउन १४ गतेदेखि कात्तिक २१ गतेसम्म सञ्चालन गर्ने प्रेस युनियनका महासचिव दिलीप पौडेलले बताए।

सञ्चार क्षेत्रमा कार्यरत क्रियाशिल सञ्चारकर्मीको मात्र सदस्यता नवीकरण गर्न र सञ्चार माध्यममा कार्यरत रहेको प्रमाणसहित आवेदन दिएका आधारमा मात्र नयाँ सदस्यताको सिफारिस गर्न निर्देश गरिएको युनियनले जनाएको छ । शाखाले प्रदेश समिति हुँदै केन्द्रीय समितिमा पठाएका सदस्यता आवेदन तथा नवीकरण फारमसहितका आवश्यक कागजात तथा शुल्क बुझाएको आधारमा मात्र सदस्यता नवीकरण तथा नयाँ सदस्यता स्वीकृत हुने छ ।

सदस्यता विशेष अभियान शुभारम्भ कार्यक्रममा नेपाल प्रत्रकार महासंघका पूर्व अध्यक्ष हरिहर विरही, महासंघका पूर्व अध्यक्ष तथा युनियनका सल्लाहकार तानानाथ दाहाल, ध्रमेन्द्र झा, प्रेस युनियनका उपाध्यक्ष सलोजा दाहाल लगायतले सदस्यता अभियानका बारेमा धारणा राखेका थिए। कार्यक्रममा स्वागत प्रेस युनियन काठमाडौं शाखाका उपाध्यक्ष रोमन आचार्य र सञ्चालन शाखा सचिव सन्तोष अधिकारीले गरेका थिए ।

सदस्यता अभियान सञ्चालन गर्न केन्द्रीय समितिले ७७ वटै शाखा, उपशाखा र प्रतिष्ठान शाखालाई सर्कुलर गरेको युनियनले जनाएको छ ।

१६ श्रावण २०८२, शुक्रबार ०७:५५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा