Play

जनप्रिय क्याम्पसमा नयाँ विद्यार्थीलाई स्वागत तथा अभिमुखीकरण कार्यक्रम

गुरुकुल खबर


पोखरा, पोखराको जनप्रिय बहुमुखी क्याम्पसमा यस बर्ष कक्षा ११ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरूका लागि सोमबार स्वागत तथा अभिमुखीकरण कार्यक्रम आयोजना गरियो ।

क्याम्पसको प्लस टु कार्यक्रम संयोजक गणेश चालिसेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा जनप्रिय क्याम्पस सञ्चालक समितिका अध्यक्ष  वीरेन्द्रनारायण बिजुक्छे र क्याम्पस प्रमुख कृष्णबाबु बरालले नवआगन्तुक विद्यार्थीहरूलाई खादा, माला र अबिर लगाई स्वागत गरेका थिए ।

त्यस अबसरमा बोल्दै प्रमुख अतिथि समेत रहेका क्याम्पसका अध्यक्ष बिजुक्छेले जनप्रिय क्याम्पसलाई उत्कृष्ट शैक्षिक संस्थाका रूपमा रोजेकोमा विद्यार्थीहरू प्रति आभार सहित शैक्षिक सफलताको कामना गरेका थिए । उनले आगामी दिनमा लगनशील र अनुशासित भई अध्ययन गर्न बिधार्थीहरुलाई सुझाब दिए ।

कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख बरालले विद्यार्थीहरूलाई शैक्षिक सफलताको शुभकामना व्यक्त गर्दै दक्ष जनशक्ति बन्न बिधार्थीहरुले पनि परिश्रम गर्नुपर्नेमा जोड दिए ।

क्याम्पसको विज्ञान संकायका रामबाबु मण्डल, शिक्षा विभागका विभागीय प्रमुख रमेश थापा र अर्थशास्त्र विभागका विभागीय प्रमुख शिलु  चालिसेले पनि विद्यार्थीहरूलाई स्वागत गर्दै शुभकामना व्यक्त गरेका थिए।

कार्यक्रममा कक्षा १२ का विद्यार्थी आश्विन पोखरेल, पूजना थापा, आरती ढकाल, अन्जु थापा र नवआगन्तुक विद्यार्थी सपना क्षेत्रीले पनि आफ्ना भनाइ राखेका थिए । विद्यार्थीहित शाखा प्रमुख बेदहरी तिमिल्सिनाले विद्यार्थीहरूलाई अभिमुखीकरण सहित उत्प्रेरित हुने अभिव्यक्तिका साथ संचालन गरेको उक्त कार्यक्रममा स्वागत मन्तव्य अग्रेजी विभागका विभागीय प्रमुख टंकराज बरालले राखे का थिए ।

जनप्रिय बहुमुखी क्याम्पसमा कक्षा ११/१२ तर्फ विज्ञान, व्यवस्थापन, मानविकी र शिक्षा संकायमा पढाई हुँदै आएको छ भने स्नातक तहमा बिबिए, बिआईएम, बिएमटीएम, बिबिएस, बिए , बिएड , बिएससी, एमबिएस, एमबि ए ईन हस्पिट्यालिटिको पनि अध्यापन हुने गरेको छ क्याम्पसमा हाल करिब चार हजार बिधार्थी अध्ययनरत छन।

१२ श्रावण २०८२, सोमबार २०:१८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा