Play

पोखरा फाइनान्स र समृद्धि फाइनान्स मर्ज हुने, मर्जर पछिको नाम ‘पोखरा फाइनान्स’ नै रहने

गुरुकुल खबर


पोखरा,  पोखराको पुरानो फाइनान्स कम्पनि पोखरा फाइनान्स मर्जरमा जाने भएको छ। पोखरा र आसपासका भुतपुर्ब सैनिकहरुको पहलमा स्थापना गरिएको पोखरा फाइनान्स लिमिटेडले अन्य धेरै बैंक तथा वित्तीय संस्थासंग मर्जरमा जानको लागि पटक पटक सम्बाद भएपनि काठमाण्डौको समृद्धि फाइनान्स लिमिटेडसंग मर्जरमा जाने सहमति भएको हो ।

दुवै संस्थाबीच १,१ को स्वाप रेसियोमा (एक सेयर बराबर एक सेयर) मर्जरको सहमति भएको छ। पोखरा र यस क्षेत्रका भुतपुर्व गोर्खा सैनिक एबम उनीहरुको पारिवारिक भावना जोडिएको पोखरा फाईनान्स मर्जरपछि केन्द्रिय कार्यालय पोखरा नभएर काठमाण्डौमा रहने सम्झौता भएको छ।

समृद्धि फाइनान्सको तर्फबाट मर्जर समितिका संयोजक सुदिप घिमिरे र पोखरा फाइनान्सको तर्फबाट मर्जर समितिका संयोजक तिलबहादुर गुरुङले संयुक्त रुपमा समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्। कार्यक्रममा दुवै कम्पनीका पदाधिकारी तथा कर्मचारीहरूको उपस्थिति थियो।

मर्जरपछि संस्थाको नाम ‘पोखरा फाइनान्स लिमिटेड’ नै रहनेछ भने केन्द्रीय कार्यालय काठमाडौंमा सारिने सम्झौता भएको छ । मर्जरपछि बन्ने संयुक्त संस्थाको सञ्चालक समितिको अध्यक्ष समृद्धि फाइनान्सबाट चयन गरिने र सञ्चालक समितिमा समृद्धिबाट अध्यक्ष सहित ४ जना र पोखरा फाइनान्सबाट ३ जना रहने समझदारी भएको छ।

दुवै संस्था मर्ज भएपछि बन्ने पोखरा फाइनान्स अझ सबल, सक्षम र उत्कृष्ट वित्तीय संस्था बन्ने बिश्वास गरिएको छ । समृद्धि फाइनान्सको तर्फबाट मर्जर समितिमा रहेका सुदिप घिमिरेले गुरुकुल खबरसंग कुरा गर्दै समृद्धि फाइनान्समा रहेको पुंजी र पोखरा फाइनान्स मार्फत देखिएका लगानीका विभिन्न सम्भावनालाई मुर्त रुप दिएर एक सक्षम र सुदृढ वित्तीय संस्थाको रुपमा पोखरा फाइनान्सलाई अगाडी बढाइने जानकारी दिए ।

१० श्रावण २०८२, शनिबार १२:३० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा