Play

गरिमा विकास बैंकद्वारा नेपाल पत्रकार महासंघलाई डिजिटल प्रिन्टर हस्तान्तरण

गुरुकुल खबर


काठमाडौँ, काठमाडौँको लाजिम्पाटमा प्रधान कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले नेपाल पत्रकार महासंघलाई डिजिटल प्रिन्टर सहयोग स्वरूप हस्तान्तरण गरेको छ। नेपाल पत्रकार महासंघका सदस्यहरुको परिचयपत्र छपाई लगायतका अन्य आबश्यक काम गर्नको लागि गरिमा विकास बैंकले उक्त प्रिन्टर हस्तान्तरण गरेको बैंकका डेपुटी म्यानेजर भोला तिवारीले गुरुकुल खबरलाई जानकारी दिए।

नेपाल पत्रकार महासंघका करिब १५ हजार सदस्यको डिजिटल कार्ड प्रिन्ट गर्ने सहित अन्य आबश्यक काम गर्नको लागि प्रिन्टर आबश्यक परेकोमा गरिमा विकास बैंकले प्रिन्टर सहयोग गरेपछि कार्ड छाप्ने लगायतका काम गर्न सहज हुने अपेक्षा गरिएको नेपाल पत्रकार महासंघका महासचिब रामप्रसाद दाहालले बताए। महासंघका केन्द्रीय सदस्य नारायण अधिकारीका अनुसार उक्त प्रिन्टरको मुल्य करिब १ लाख ५० हजार रुपैया रहेको छ।

नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा गरिमा विकास बैंक लिमिटेडका चिफ म्यानेजर संजु जैसवाल र  डेपुटी म्यानेजर भोला तिवारीले नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष निर्मला शर्मा, उपाध्यक्ष उमीद बागचन्द, महिला उपाध्यक्ष नितु पण्डित, महासचिब रामप्रसाद दाहाल, सचिब प्रकाश धौलाकोटी र सदस्य नारायण अधिकारी लगायतको टोलीलाई प्रिन्टर हस्तान्तरण गरेका थिए ।

७ श्रावण २०८२, बुधबार १४:१८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा