पोखरा, नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एबम जननेता बिपी कोइरालको ४३ औं स्मृति दिवसको अबसरमा मुलुकभर विभिन्न कार्यक्रमको आयोजना गरि मनाईएको छ। यसक्रममा पोखरामा पनि नेपाली काँग्रेसको विभिन्न तहको कार्यसमितिले विभिन्न कार्यक्रमहरुको आयोजना गरेर बिपी स्मृति दिवस मनाइएको छ ।
गण्डकी प्रदेश समितिद्वारा बिचार गोष्ठी आयोजना
नेपाली काँग्रेस गण्डकी प्रदेश समितिले पोखरामा आयोजना गरेकोबिचार गोष्ठीमा बोल्दै नेपाली काँग्रेसका नेता महेश आचार्यले विचारका पछि नभै गुटका पछि दगुर्ने क्रमले पार्टी सगठन कमजोर बन्ने गरेको बताए । उनले पछिल्लो समय कांग्रेस नेता र कार्यकर्ताहरु विचारका पछि नभै गुटका पछि दगुर्ने प्रबृत्ति बढीरहेको भन्दै गुटप्रतिको दासत्वले काँग्रेस गाँजिएकोले गुट भन्दा माथि उठ्नु पर्नेमा जोड दिए ।
विपीको निष्ठा र समर्पणबाट वर्तमानमा धेरै सिक्न सकिने बताउँदै उनले सत्ताको मात्रै खेल हुँदा त्यसले राष्ट्रमा दुर्गती निम्त्याउने उनको भनाई थियो। प्रजातन्त्र नभै राष्ट्रियता बलियो नहुने बताउँदै उनले विपीले देश र जनताको लागि ठूलो बलिदानी गर्नुभएको समेत उल्लेख गरे । कांग्रेस नेता आचार्यले सुशासनसँगै देशभित्र रोजगारीको सिर्जना लगायतका कुरामा ध्यान दिनु जरुरी भएको बताए ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य शारदा पौडेलले विपीकै योगदानका कारण वर्तमानमा आँफूहरूले अभिव्यक्ति दिनसक्ने स्वतन्त्रता प्राप्त भएको बताइन। विपीका आदर्शलाई आत्मसात गर्दै अघि बढ्न सकेमा त्यसबाट राष्ट्रका लागि उचित मार्गनिर्देशन हुने उनको भनाई थियो ।
नेपाली काँग्रेस कास्कीका पूर्व सभापति एवम् पूर्व मन्त्री यज्ञबहादुर थापाले विपी विचार आँफैंमा आदर्श भएको बताउँदै त्यो कहिल्यै नमर्ने बताए। मानिस ब्रेडले हैन ब्रैनले सञ्चालन हुन्छ भन्ने विपीको महान बाणि भित्र महत्वपुर्ण कुरा लुकेको उनको भनाई थियो ।
नेपाली काँग्रेस गण्डकी प्रदेशका कार्यबाहक सभापति कल्पना तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कास्की कांग्रेसका सभापति किशोरदत्त बराल, नेपाली काँग्रेस गण्डकी प्रदेशका प्रवक्ता माधवप्रसाद बास्तोला (मधु), सहमहामन्त्री कोपिला रानाभाट, प्रशिक्षण विभाग उपप्रमुख प्रा.डा. कुशुमाकर न्यौपाने, नेपाली काँग्रेस कास्कीका पूर्व सभापति कृष्ण केसी, पोखरा महानगर समितिका सभापति सुरेन्द्रमान विजुक्क्षे, कास्की क्षेत्र न. २ का सभापति केशरप्रसाद निर्दोषी, नेपाल दलित संघ गण्डकीका अध्यक्ष परशुराम वि पोखरेल र गण्डकी प्रदेश सदस्य सिता गुरुङ लगायतले विपी विचारलाई आत्मसात नगर्दा काँग्रेस दिनानुदिन कमजोर बन्दै गएको धारणा राखेको प्रदेशका प्रचार बिभाग उपप्रमुख शिरोमणी बरालले गुरुकुल खबरलाई जानकारी दिए ।
पोखरा महानगर समितिको रक्तदानमा ५८ युनिट रगत संकलन
नेपाली कांग्रेस पोखरा महानगर समितिले बिपी स्मृति दिवसकै अवसर पारेर पोखरामा खुल्ला रक्तदान तथा मधुमेह परिक्षण कार्यक्रम सम्पन्न गरेको छ। नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम उपभोक्ता एबम आपुर्ती विभागका प्रमुख गुरु बरालको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो।
रक्तदान कार्यक्रममा ५८ युनिट रगत संकलन भएको महानगरसमितिका सभापति सुरेन्द्रमान बिजुक्छेले गुरुकुल खबरलाई जानकारी दिए। नेपाली कांग्रेसका केन्द्रीय सदस्य बरालले नेपाल तरुण दलका केन्द्रीय सदस्य एबम ३३ औं पटक रक्तदानमा सहभागिता जनाउंदै गरेका सुरजजंग राणालाई बलाद ब्याग हस्तान्तरण गरेर रक्तदान कार्यक्रमको शुभारम्भ गरेका थिए ।
नेपाली काँग्रेस पोखरा महानगरसमितिका सभापति सुरेन्द्रमान बिजुक्छेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य गुरु बराल र शारदा पौडेलको साथै नेपाली काँग्रेस कास्कीका पुर्ब सभापति यज्ञबहादुर थापा, कास्की काँग्रेसका पुर्ब सभापति कृष्ण केसी, कास्की काँग्रेसका उपसभापति युबराज कुँवर, कास्की क्षेत्र न. २ का सभापति केशर प्रसाद निर्दोषी, वडा न.७ कार्यसमितिका सभापति नबिन बराल, महानगरसमितिका कोषाध्यक्ष सम्मरबहादुर श्रेष्ठ र सचिब टुबराज बाँस्तोला लगायत पार्टीको विभिन्न तहका नेताहरुले आफ्नो भनाई राखेका थिए।