Play

नेपाली काँग्रेस कास्की-काठमाडौँ सम्पर्क समितिको नयाँ समिति चयन, अध्यक्षमा दिपक

गुरुकुल खबर


काठमाडौँ, कास्की जिल्लाबाट काठमाडौँमा आएर विभिन्न पेशा र ब्यबसाय गरि बसेका नेपाली काँग्रेस समर्थक कस्केलीहरुको संस्था नेपाली काँग्रेस कास्की काठमाडौँ सम्पर्क समितिको शनिबार सम्पन्न तेश्रो अधिबेशनले दिपकचन्द्र बराल अध्यक्ष रहेको नयाँ कार्यसमिति निर्बिरोध चयन गरेको छ। अध्यक्षमा निर्बाचित बराल काठमाडौँको बानेश्वरमा संचालित एभरेस्ट नर्सिंग होमका संचालक समेत हुन।

समितिको सभापतिमा निर्बिरोध नवनिर्वाचित सभापति दिपकचन्द्र बरालले सम्पर्क समितिमा पार्टीभित्रको गुटउपगुटको प्रभाव पर्न नदिने भन्दै संस्थाले कस्केली समुदाय र नेपाली कांग्रेसको साझा हितमा काम गर्ने प्रतिबद्दता ब्यक्त गरे । उनले अब समितिले सदस्यता बिस्तार संगै अत्यावश्यक काम गर्नको लागि महत्वपूर्ण भूमिका निर्बाह गर्नुपर्नेमा जोड दिएका थिए ।

यसैबीच कास्की – काठमाडौँ सम्पर्क समितिका नबनिर्बाचित समितिका पदाधिकारी र सदस्यहरुले आइतबार बिहान काँग्रेस केन्द्रीय सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा पुगेर शुभकामना सहित बधाई ग्रहण गरेका थिए। त्यस अबसरमा सभापति एबम पुर्ब प्रधानमन्त्री देउवाले कांग्रेसको संगठन बलियो बनाउन सम्पर्क समितिहरुमा जिम्मेवार कार्यकर्ताले नेतृत्व लिनुपर्नेमा जोड दिएका थिए ।

उक्त नबनिर्बाचित समितिको उपाध्यक्षमा एरोनोटिकल ईन्जिनियर अच्युतराज पहारी र पितृराज आचार्यलाई चयन गरिएको छ भने सचिबमा विष्णुराज तिवारी र हरी पराजुलीलाई चयन गरिएको छ। सचिबमा निर्बाचित तिवारीले काठमाडौँको सुन्धारामा होटल ब्यबसाय संचालन गरिरहेका छन भने पराजुली साना तथा मझयौला ब्यबसाय संघमा संलग्न छन।

समितिको कोषाध्यक्षमा शरण गुरुङ र सहसचिबमा रोहितबाबु खनाल र दीपेन्द्र आचार्य सहित कार्यसमितिको सदस्यहरुमा चिजमाया गुरुङ, अमृत पौडेल, मनोज घिमिरे (क्षेत्री), विकास बहादुर परियार, विपुल बसौला, डा. हरि बराल, महादेव सुवेदी, नेत्र विक्रम बञ्जारा, पुष्पराज पराजुली, रुद्रमणी आचार्य र सहदेव बराल पनि निर्बिरोध निर्वाचित भएका छन।

नेपाली काँग्रेसका महाधिबेशन प्रतिनिधि तिलक रानाभाट संयोजक तथा नेपाली कांग्रेस केन्द्रीय प्रचार विभागका सदस्य गंगाधर पराजुली र नेपाली काँग्रेसका नेता दिपेन्द्रराज ढकाल सदस्य रहेको निर्बाचन समितिले नयाँ कार्यसंमिति निर्बाचन गर्ने प्रक्रिया सम्पन्न गरेको हो। कार्यक्रम नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा सम्पन्न भएको थियो ।

कार्यसमितिमा बस्नको लागि नेपाली काँग्रेसको साधारण वा क्रियाशील सदस्यता र सम्पर्क समितिको सदस्यता लिएको हुनुपर्ने प्राबधान राखिएको थियो। सोहि अनुरुप अधिबेशनमा सहभागी हरु मध्येबाट नयाँ कार्यसमिति चयन गरिएको निर्बाचन समितिका सदस्य पराजुलीले जानकारी दिए उनका अनुसार सम्भव भएसम्म समिति गठनमा कास्की जिल्लाको भूगोल, जातजाति समेतलाई ध्यान दिईएको छ।

अधिबेशनको उद्घाटन नेपाली काँग्रेसका सहमहामन्त्री समेत रहेका कास्कीका नेता जिबन परियारले गरेका थिए त्यस अबसरमा बोल्दै उनले कास्की जिल्लाबाट काठमाडौँ उपत्यकामा आएर बसेका सबैलाई जोड्न सकेमा संस्थामा सदस्यहरुको संख्या धेरै हुने बताए। उनले नेपाली काँग्रेस केन्द्रीय समितिको महामन्त्री र सभामुख जस्तो जिम्मेवारीमा कास्कीको नेता तारानाथ रानाभाट पुगेको भएपनि त्यसभन्दा माथिल्लो तहमा कास्कीबाट अन्य नेता पुग्न नसकेको भन्दै सामाजिक गतिबिधि र राजनीतिक गतिबिधिको माध्यमबाट कस्केलीहरुलाई जोड्नुपर्नेमा जोड दिए।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम सम्पर्क समिति समन्वय बिभागकी प्रमुख नानु बाँस्तोलाले काठमाडौँमा बस्ने जिल्लाका साथिहरुलाई पर्ने विभिन्न समस्याको समाधान गर्न  सम्बन्धित जिल्लाका सम्पर्क समितिले पहल गर्नसके कांग्रेसको संगठन बलियो बनाउन सहयोग पुग्न सक्ने उल्लेख गरिन ।

नेपाली काँग्रेसका अर्का केन्द्रीय सदस्य एबम उपभोक्ता तथा आपुर्ती विभागका प्रमुख गुरुप्रसाद बरालले केहि समय निष्क्रिय जस्तै बनेको संस्थाले अब काठमाडौँ उपत्यकामा रहेका कस्केलीहरुलाई संगठित बनाउन महत्वपूर्ण भूमिका खेल्ने बिश्वास ब्यक्त गरे ।

नेपाली काँग्रेस कास्की काठमाडौँ सम्पर्क समितिका सभापति प्राज्ञ नगेन सिंह ठकुरीको सभापतित्वमा सम्पन्न अधिबेशनको उद्घाटन समारोहमा कास्की कांग्रेसका सभापति किशोर दत्त बराल र देबराज चालिसे लगायतका बक्ताले महाधिबेशनको सफलताको कामना गर्दै समितिले आगामी दिनमा रचानात्मक काम गर्नुपर्नेमा जोड दिएका थिए ।

निर्बाचन समितिको तर्फबाट समितिमा नवनिर्वाचित पदाधिकारी एबम सदस्यहरुलाई प्रमाणपत्र हस्तान्तरण गर्न आयोजित समापन समारोहमा निर्बाचन समितका संयोजक तिलक रानाभाट, सदस्य दीपेन्द्र ढकाल, नेपाल बैदेशिक रोजागर ब्यबसायी संघका राष्ट्रिय अध्यक्ष भुवन गुरुङ, निर्बाचन समितका सदस्य  एबम नेपाली काँग्रेस केन्द्रीय प्रचार विभागका सदस्य गंगाधर पराजुली, सम्पर्क समितिका नबनिर्बाचित अध्यक्ष दिपकचन्द्र बराल सम्पर्क समितिका पुर्ब सचिब एबम नेपाली काँग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षन प्रतिष्ठानका निर्देशक डा. कृष्ण पौडेल लगायतका बक्ताहरुले सम्पर्क समितिले गर्नुपर्ने कामहरुको बारेमा चर्चा गरेका थिए ।

४ श्रावण २०८२, आईतवार २३:५० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा