Play

जनजाती महासंघको स्थापना दिवसमा वृक्षरोपण, भात्रीसंस्था सक्रिय भए कांग्रेस बलियो हुन्छ- केस बराल

गुरुकुल खबर


पोखरा, नेपाली काँग्रेसको भात्री संस्था नेपाल लोकतन्त्रबादी आदिबासी जनजाती महासंघको २८ औं स्थापना दिवस बिबिध कार्यक्रमका साथ मनाउने क्रममा महासंघको गण्डकी प्रदेश समितिले वृक्षारोपण कार्यक्रमको आयोजना गरेर मनाएको छ। पोखरा महानगरपालिका वडा नं- १८ ग्यारजातीस्थित राष्ट्रिय बिभुति तथा शहिद पार्कको परिसरमा विभिन्न जातका करिब एक सय बिस वटा बिरुवा रोपेर महासंघको स्थापना दिवस मनाइएको हो । त्यस अबसरमा बेल, अमला, निमपत्ता, बाँस सहित विभिन्न जातका फलफूलका बिरुवा रोपिएको बताइएको छ।

वि.सं २०५५ सालको साउन २ गते सूर्यमान गुरुङको अध्यक्षतामा स्थापना गरिएको नेपाल आदिवासी जनजाति संघको विधान २०७९ मा  संशोधन गरिएपछि नेपाल आदिवासी जनजाति संघको सांगठनिक संरचना परिवर्तन गरिएको थियो त्यसपछि आदिबासी जनजाती संघलाई महासंघको संरचनामा परिबर्तन गरिएको हो । महासंघको संरचनामा गएपनि संघ स्थापना भएको दिन साउन २ गते स्थापना दिवस मनाउने गरिएको छ ।

नेपाल लोकतन्त्रबादी आदिबासी जनजाती महासंघको कास्की जिल्ला समितिसंगको सहकार्यमा आयोजना गरिएको उक्त कार्यक्रम नेपाली काँग्रेसका केन्द्रीय सदस्य गुरुप्रसाद बरालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको महासंघका गण्डकी प्रदेश समितिका अध्यक्ष जितबहादुर गुरुंगले गुरुकुल खबरलाई जानकारी दिए। “आदिबासी जनजातिको अधिकार, लोकतन्त्रको सान, जंगल जमिनको सम्मान, हाम्रो मान” भन्ने नारा सहित वृक्षारोपण कार्यक्रम आयोजना गरिएको उनले बताए ।

कार्यक्रममा बोल्दै कांग्रेस केन्द्रीय सदस्य गुरु बरालले जनजाती महासंघले स्थापना दिवसमा रचनात्मक कार्यक्रम गरेकोमा खुशी प्रकट गर्दै कांग्रेसका भात्री र शुभेच्छुक संस्थाहरुको सक्रियता बढेमा संगठन बलियो हुने भएकोले पार्टी र सम्बन्धित संस्थाको जिम्मेवारीमा रहेकाहरु गम्भीर हुनुपर्नेमा जोड दिए।

महासंघका गण्डकी प्रदेश अध्यक्ष जितबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य शारदा पौडेल, नेपाली काँग्रेस गण्डकी प्रदेशका कार्यबाहक सभापति कल्पना तिवारी, जनजाती महासंघका केन्द्रीय सदस्य खेम गुरुङ, नेपाली काँग्रेसका गण्डकी प्रदेश सदस्य सिता गुरुङ, कास्की जिल्ला सभापति किशोर बराल, जनजाती महासंघका कास्की जिल्ला अध्यक्ष आशबहादुर गुरुङ लगायतले स्थापना दिवसको अबसरमा शुभकामना प्रकट गरेका थिए । कार्यक्रमको संचालन गण्डकी प्रदेशका सहप्रबक्ता तोत्रमान गुरुङले गरेको थिए।

कार्यक्रममा नेपाली काँग्रेस एबम जनजाती महासंघका गण्डकी र कास्की जिल्लाका पदाधिकारी एबम सदस्यहरु र जनजाति महासंघका गण्डकी प्रदेश र कास्की जिल्ला सहित महानगर समितिमा रहेका पदाधिकारी एबम सदस्यहरु सहित विभिन्न तहका कांग्रेस नेता, कार्यकर्ताहरु र जनप्रतिनिधिहरुको सहभागिता रहेको महासंघका कास्की जिल्ला सचिब रिता गुरुंगले गुरुकुल खबरलाई जानकारी दिईन।

 

२ श्रावण २०८२, शुक्रबार २१:५३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा