पोखरा, पोखराको जनप्रिय बहुमुखी क्याम्पसमा विद्यार्थीहरूका सिर्जनात्मक लेख रचना सहित क्याम्पसका विविध सामग्री समेटिएको पहिलो प्रकाशन जनप्रिय दर्पण र पब्लिक क्याम्पस प्राध्यापक संघ जनप्रिय क्याम्पस ईकाइको सत्रौँ अनुसन्धानमूलक प्रकाशनको रुपमा जनप्राज्ञ मञ्च नामका दुई प्रकाशनको एक विशेष कार्यक्रमका बीच विमोचन गरिएको छ।
क्याम्पस सञ्चालक समिति अध्यक्ष वीरेन्द्रनारायण बिजुक्छेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम दर्पण प्रकाशन समितिका संयोजक एवं विद्यार्थी शाखा प्रमुख वेदहरी तिमिल्सिनाको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि बिजुक्छेले जनप्रिय दर्पण क्याम्पसमा अध्ययनरत विद्यार्थीका लेख रचना र सिर्जना केन्द्रित साथै क्याम्पसका महत्त्वपूर्ण जानकारी समेटी प्रकाशन हुनुलाई महत्वपुर्ण उपलब्धि भएको बताए ।
यस किसिमको प्रकाशनले विद्यार्थीहरूको लेखन कलाको सिप विकास गर्नसहयोग पुग्नेमा उनको विश्वास थियो। जनप्राज्ञ मञ्च जनप्रिय बहुमुखी क्याम्पसमा अध्यापनरत प्राध्यापकहरूको अनुसन्धानमूलक प्रकाशन भएकोले यसले प्राध्यापकहरूको योग्यता तथा क्षमता अभिवृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्ने बिजुक्छेले बताए ।
कार्यक्रमका बिशेष अतिथि एवं जनप्रिय बहुमुखी क्याम्पसका प्रमुख कृष्णबाबु बरालले जनप्रिय दर्पण र जनप्राज्ञ मञ्च जनप्रिय क्याम्पसको इतिहासमा महत्वपूर्ण कृतिका रूपमा प्रकाशित भएको बबताउंदै जनप्रिय दर्पणले विद्यार्थीको लेखन कला र योग्यता क्षमताको विकासमा र जन प्राज्ञ मञ्चले प्राध्यापकहरूको क्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने बताए ।
कार्यक्रममा क्याम्पस सञ्चालक समितिका सदस्य विष्णुप्रसाद बराल र सञ्चालक समितिका सदस्य एवं पूर्व कार्यबाहक अध्यक्ष परशुराम बरालले यी प्रकाशनहरूले जनप्रिय क्याम्पसको गरिमा बढाउने साथै विद्यार्थी र प्राध्यापकको क्षमता विकासमा टेवा पुग्ने विश्वास विश्वास व्यक्त गरे।
पब्लिक क्याम्पस प्राध्यापक संघ जनप्रिय क्याम्पसका अध्यक्ष विकास थापा मगर ले जनप्राज्ञ मञ्च र दर्पण दुवै प्राध्यापक र विद्यार्थीहरूका लागि उपयोगी लेखन सामग्री भरहेको उल्लेख गरे। कार्यक्रममा उपप्राध्यापक दिननाथ लामिछानेले धन्यवाद ज्ञापन गरेका थिए भने कार्यक्रमको सञ्चालन दर्पण प्रकाशन समितिका सदस्य उपप्राध्यापक टंकराज बरालले गरेका थिए।
विमोचन कार्यक्रममा सञ्चालक समितिका कोषाध्यक्ष गणेश बहादुर अधिकारी, सदस्यहरू रामप्रसाद बस्ताकोटी, देवीप्रसाद बस्ताकोटी, शोभा मोहन पौडेल, पुष्पराज सिग्देल, सहायक क्याम्पस प्रमुख नवीनराज खनाल, कर्मचारी संघका अध्यक्ष देवी पनेरु, कार्यक्रम संयोजकहरू, विभागीय प्रमुखहरू, प्राध्यापकहरू, उप-प्रशासक निमराज पौडेल, एकनारायण अर्याल लगायत विद्यार्थीहरूको सहभागिता रहेको थियो।