Play

संसदीय पत्रकार मंच गण्डकी: समितिको अध्यक्ष, उपाध्यक्ष र कोषाध्यक्ष बाहेक बाँकीमा निर्बिरोध

अध्यक्षमा बिसन, उपाध्यक्षमा अनुप र कोषाध्यक्षमा ऋषिराम निर्बाचित, सचिबमा युनिश सहित अन्य निर्बिरोध


गुरुकुल खबर


पोखरा, संसदीय पत्रकार मञ्च गण्डकी प्रदेश समितिको अध्यक्षमा बिसन क्षेत्री निर्बाचित भएका छन। आइतबार सम्पन्न संसदीय पत्रकार मंचको छैटौं बार्षिक साधारण सभा तथा चौथो अधिबेशनले क्षेत्रीलाई अध्यक्षमा निर्बाचित गरेको हो। उनले आफ्ना प्रतिद्वन्दी रोहित पराजुलीलाई  ४ मतले पराजित गरेका हुन।

अध्यक्षमा निर्बाचित क्षेत्री बार्हखरी अनलाईन र ढोरपाटन दैनिकमा कार्यरत छन । बिसन क्षेत्रीले २० मत पाउँदा पराजुलीले भने १६ मत मात्र प्राप्त गरेका थिए।

समितिको उपाध्यक्षमा युबराज श्रेष्ठ र अनुप पौडेलको बिचमा प्रतिष्पर्धा भएकोमा अनुप पौडेल विजयी भएका छन। पौडेल कान्तिपुर पब्लिकेसनमा आबद्द छन भने श्रेष्ठ सेतोपाटी अनलाईनमा कार्यरत छन। दुई जनाबीचको प्रतिष्पर्धामा पौडेलले २३ मत पाए भने श्रेष्ठले १३ मत मात्र प्राप्त गरेका थिए।

यसैगरी कोषाध्यक्षमा फडिन्द्र अधिकारी र ऋषिराम बरालबीचको प्रतिष्पर्धामा ऋषिराम बराल २ मतले बिजयी भए । बरालले १९ मत पाएकोमा अधिकारीले १७ मत मात्र प्राप्त गरेका थिए। बराल पछिल्लो समय राससमा कार्यरत छन

समितको सचिबमा युनिश गुरूङ, सहसचिवमा उमा आले सहित कार्यसमितिका सदस्यहरु भने निर्बिरोध निर्बाचित भएका छन।

निर्बिरोध निर्बाचित कार्यसमितिको सदस्यहरुमा दुर्गा राना, विमल तिवारी, अनिता घिमिरे, प्रतीक्षा काफ्ले, सञ्जय रानाभाट र सुवास पाैडेल रहेको पत्रकार अमृत सुबेदीले गुरुकुल खबरलाई जानकारी दिए । संसदीय पत्रकार मंचमा ३६ जना मतदाता रहेकोमा ३६ मत खसेको मंचका निबर्तमान अध्यक्ष भरत कोइरालाले जानकारी दिए।

मंचको अधिबेशनको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गरेका थिए। उद्घाटन समारोहमा विभिन्न राजनीतिक दल र पत्रकारितासंग सम्बन्धित विभिन्न संस्थाका व्यक्तित्वहरुले अधिबेशनको सफलताको कामना गरेका थिए। मंचका अध्यक्ष भरत कोइरालाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

 

२९ असार २०८२, आईतवार १८:४७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा