Play

रेडियो अन्नपूर्णको बार्षिकोत्सब: ‘सम्झनामा आदिकवि’ बिषयक कविता वाचन कार्यक्रम सम्पन्न

गुरुकुल खबर


पोखरा,  रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्जले आफ्नो स्थापनाको २५ औं वर्ष प्रवेशको सन्दर्भ तथा २१२ औं भानु जयन्तीको अवसरमा शनिबार पोखरामा “सम्झनामा आदिकवि” विशेष कविता वाचन सम्पन्न गरेको छ । कार्यक्रममा ९ जना कविले पद्य तथा गद्यमा कविता प्रस्तुत गरे ।

कवि संयोग बस्यालले बाँचिन्छ आरामले र करुणा प्रस्तुत गरे । कवि सुरेश रानाभाटले माटोको वासना तथा लालुपाते शीर्षकको कविता सुनाए । यस्तै केआर ढकालले पर्ख र सस्तो पसल, सञ्जिव पौडेलले विज्ञप्ति मुर्दावाद र जानेहरू, रमा खतिवडाले भानुभक्त र असारे झ्याउरे कविता सुनाइन् ।

कवि रुपिन्द्र प्रभावी जोशीले प्रतिविम्ब र सास्ती कविता सुनाए । कवि निकेश गिरीले भानुको आत्म सम्मान र फौजी ढलेपछि शीर्षकको कविता प्रस्तुत गरे । कवि सरस्वती श्रेष्ठ सरूले सम्झनामा भानुभक्त र सुखको खोजीमा, डा.जगन्नाथ रेग्मीले म मूर्ख र मदियम नगरम अर्थात मेरो नगर शीर्षकको कविता वाचन गरे ।

प्रमुख अतिथि गण्डकी प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति सूर्य खड्का बिखर्चीले भानुप्रति समर्पित कविता कविता सुनाउँदै नेपाली साहित्य, संस्कृति, संस्कार र धर्मको रक्षाका लागि सबै लाग्नु पर्नेमा जोड दिए । विशेष अतिथि प्राज्ञ, विम्बकवि रमेश श्रेष्ठले एक दशक बढी रेडियोमा कविताको देश कार्यक्रम सञ्चालन गरेको स्मरण गरे । सो अवसरमा श्रेष्ठले कविता जन्माउनका लागि कविमा प्रगतिशील बिचार हुनुपर्ने नत्र कवि बन्न नसकिने जिकिर गरे ।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकर्ण कार्कीले हाम्रा पूर्वजहरूमै उद्यमशीलताको सोंच लेखनको कला भएको भानुका कविता वा उहाँमाथिका लेखनहरूबाट प्रस्ट भएको बताए । उनले साहित्यले उद्यमशीलताको विकासका लागि अभिप्रेरित गरेकोमा खुसी व्यक्त गरे ।

कार्यक्रममा भानु वाङ्मय प्रतिष्ठानका सचिव तथा साहित्यकार अम्बिकाप्रसाद भट्टराईले तनहुँको चुँदी रम्घामा १८७१ असार २९ मा जन्मेका र १९२५ मा धर्ती छोडेर गएका भानुको कवित्वका विविध पक्षहरुको चर्चा गरे । भानुले राष्ट्रिय एकता र भाषिक एकताको रुपमा काम गरेकोले उनलाई भाषिक एकताको प्रतिकको रुपमा लिईएको बताए ।

अहिले ४ कक्षादेखि विद्यावारिधिसम्मका विद्यार्थीका लागि भानु अध्ययनको केन्द्र बनेको बताए । भानुका कवितामा श्रमजिविका प्रेरणाका कुराहरु, अधिकारका कुराहरु, उद्यमशिलताका कुराहरु नेपाली आफ्नोपनको स्वाद पाईने बताए । वाल्मिकीको संस्कृतको रामायणलाई नेपाली अनुवाद गरेर प्रख्याती कमाएका भानुले फुटकर कविता, गिरधारीभाटमाथिको लेखन, घाँसीको कुरा, वधुशिक्षा लगायतका सिर्जना गरेको बताए । उनले भने, समस्टिमा भन्नु पर्दा भानुले लोकको हितको कुरा गरेको बताए ।

कार्यक्रममा कविता वाचनमा सहभागि भएका कविहरुलाई रेडियोका संस्थापक अध्यक्ष विश्वशंकर पालिखे, प्रवन्ध निर्देशक सुनयना पालिखेले मायाको चिनो प्रदान गरे ।  पालिखेले रेडियो स्थापनासंगै सामाजिक, सांस्कृतिक, साहित्यिक, भाषा, कला र जनजिविकाका सवालहरुलाई उठाईरहेको बताए ।

यसअघि कार्यक्रममा सहभागिहरुलाई कार्यक्रम संयोजक सरु लामिछानेले स्वागत गरेकी थिईन् भने सञ्चालन कञ्चन थापाले गरेकी थिईन् ।

२८ असार २०८२, शनिबार २०:५५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा