Play

मणिपाल अस्पतालमा क्यान्सरको अत्याधुनिक उपचार सेवा, क्यान्सरको उपचार गर्न अब पोखरा बाहिर जानुनपर्ने

गुरुकुल खबर


पोखरा, कास्कीको पोखरास्थित नेपाल मणिपाल शिक्षण अस्पतालले अत्याधुनिक स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्य राखेर सेवा बिस्तार गर्ने क्रममा क्यान्सरको उपचारको लागि पनि अत्याधुनिक सेवा शुरु गरेको छ । अस्पतालले नागरिकको जीवन रक्षा र सहरदेखि ग्रामीण क्षेत्रसम्म स्वास्थ्य सेवा विस्तारको लक्ष्यअनुसार नवीनतम् र अत्याधुनिक सेवा प्रदान गर्ने कार्यलाई बिस्तार गर्दै जाने क्रममा क्यान्सरको उपचार सेवालाई थप ब्यबस्थित, प्रभावकारी र गुणस्तरीय बनाएको हो ।

अस्पतालका निर्देशक डा. अभिषेक मास्केका अनुसार क्यान्सरको उपचारका लागि अत्याधुनिक तथा गुणस्तरीय सेवा प्रदान गर्नेगरी क्यान्सर उपचार विभागको सुरुवात गरिएको हो । “विशेषगरी, गण्डकी प्रदेशका सबैजसो जिल्लाका क्यान्सरपीडित नागरिकलाई उपचार सेवा प्रदान गर्ने हाम्रो प्रयास हो । गण्डकी प्रदेशबासीले काठमाडौँ वा भारतको दिल्ली जान नपरोस् । खर्च बचत होस् भन्ने नै हाम्रो अभिप्राय हो ।” उनले भने

डा. मास्केले क्यान्सर उपचारका लागि सुविधा सम्पन्न विभागको सुरु गरिएको र विभागले अत्याधुनिक प्रविधिबाटै उपचार गर्ने बताए । उनका अनुसार रेडियो थेरापी (विकिरण उपचार पद्धति), किमो थेरापी, हर्मोन थेरापी, टार्गेटेड थेरापी, इमुनो थेरापी, अन्को सर्जरी (क्यान्सरको शल्यक्रिया) सहित क्यान्सरका बिरामीलाई चाहिने सबै किसिमको उपचार अस्पतालमा गरिन थालेको छ ।

अस्पतालले स्तन क्यान्सर, सानो तथा ठूलो आन्द्राको क्यान्सर, मलद्वार तथा टाउकोसम्बन्धी क्यान्सर तथा शरीरको सबै भागमा देखिने क्यान्सर रोगको उपचार सेवा आरम्भ गरेको छ । डा. मास्केले भने, “क्यान्सरको उपचार यसअघि पनि गरिन्थ्यो । तर अब स्तरोन्नती गरेर सम्पूर्ण सेवा विस्तार गरिएको छ ।”

२८ असार २०८२, शनिबार ०६:०१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा