पोखरा, पोखरा महानगरपालिकाको वडा न. २३ भित्र तिन बर्ष अगाडी सम्म कालोपत्रे सडक बनेको थिएन। तर, यो तिन बर्षको अबधिमा भने चापाकोटमा आठ किलोमिटर भन्दा बढी पक्कि सडक बनिसकेको छ। आगामी बर्षमा पनि वडामा सडक निर्माण कार्यले झनै प्राथमिकता पाएको छ । आगामी आर्थिक बर्षमा भने पोखरा -२३ मा एक अर्ब बढी रकम सडक र भौतिक पुर्वाधारमा खर्च हुने गरि बिभिन्न तहका सरकारबाट बजेट बिनियोजन भएको छ ।
पोखराको फेवातालको मुहान क्षेत्रमा पर्ने पोखरा महानगरको वडा न. २३ मा चापाकोट, हर्पन, तामागी र सिधाने लगायतका गाउँहरु पर्छन। भूगोलको आधारमा भन्ने हो भने पोखरा महानगर नेपालकै ठुलो महानगर हो भने पोखराको वडा न. २३ पोखराको मात्र नभएर संभवत नेपालकै सबै भन्दा ठुलो वडा समेत हो। तर, भौतिक बिकास र सडक यातायातको दृष्टिकोणले हेर्ने हो भने यो वडा अन्य वडा भन्दा निकै पछाडी परेको छ।
महानगरको सबैभन्दा ठुलो वडा भएकोले मात्र नभएर भौतिक बिकास र पुर्वाधारको हिसाबले पछाडी परेको वडा भएको कारण वडामा जतिसुकै रकमको योजना परे पनि अझै अपुग जस्तै देखिन्छ। उक्त वडाले ४७.८ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ ।
बिगतमा चापाकोट तर्फ जाने बाटो निर्माण गरेमा फेवाताल पुरिन्छ भन्ने सोच राख्नेहरुको कारण त्यस तर्फ मोटर बाटो बनाउने तर्फ कसैले पहल गर्न सकेनन । सोहि क्षेत्रमा जन्मेका महादेव गुरुङ कास्की जिल्ला विकास समितिको सभापति भएको समयमा उनको प्रयासमा फेवातालको किनार हुँदै सडकको ट्रयाक खोल्ने काम भएपनि त्यसले पूर्णता पाउन सकेको थिएन। तर, त्यस क्षेत्रका बासिन्दाको निरन्तरको पहल पछि कच्ची सडक बनेपनि आबश्यक बजेटको अभावमा समयमा नै सडक कलोपत्रे हुन सकेन। अहिले भने पोखराको लेकसाइडबाट फेवातालको किनार हुँदै ठुलाखेत र त्यहाबाट घाटीछिनासम्म र पामेबाट बाम्दी हुँदै घाटीछिनासम्म कालोपत्रे सडक पुगेको छ।
उक्त वडा क्षेत्रमा पामे नजिकको पुलबाट बाम्दी हुँदै घाटीछिनासम्म र बाम्दीबाट चापाकोट हुँदै झन्डै घडेरीसम्म पुग्ने सडक कालोपत्रे बनेको छ। यसरी हेर्दा पोखरा -२३ मा पछिल्लो ३ बर्षको अबधिमा करिब आठ किलोमिटर पक्कि सडक बनिसकेको र आगामी आर्थिक बर्षमा यो भन्दा अझ धेरै कालोपत्रे सडक बन्ने बिश्वास गर्न सकिन्छ ।
पोखरा महानगरपालिका वडा न. २३ का वडाध्यक्ष रामकाजी गुरुंगका अनुसार चालु आर्थिक बर्षमा १४ करोडको लागतमा घाटीछिना – पन्चासे सडक अन्तर्गत ३ किलोमिटर सडक निर्माण गरिएको छ। क्रमागत योजना अन्तर्गत उक्त सडकको निर्माण कार्यले निरन्तरता पाउने भएको छ। यसैगरी घाटीछिनाबाट दमदमेसम्म पुग्नको लागि २.५ किलोमिटर सडक पनि यसै आर्थिक बर्षमा महानगरस्तरीय योजना अन्तर्गत निर्माण गरिएको छ।
यसैगरी बाम्दीबाट चापाकोट रैकर सम्म २.५ किलोमिटर सडक पनि कालोपत्रे गरिएको छ। संघिय सरकारको १२ करोड रुपैयाको लागतमा निर्माण भैरहेको उक्त सडक घडेरी हुँदै औसेलुचौर र त्यहाबाट खोरपाखा हुँदै चनौटेसम्म जोड्ने लक्ष अनुरुप आगामी आर्थिक बर्ष पनि ३ करोड रुपैया बिनियोजन भएको छ । यसैगरी बरांग- सिमलबोट सडकको लागि पनि २ करोड रुपैयाको काम भएको उनले जानकारी दिए।
वडाध्यक्ष गुरुंगका अनुसार उल्लिखित ८ किलोमिटरको पक्कि सडक बाहेक पछिल्लो तिन बर्षको कार्यकालमा २० करोड रुपैया भन्दा बढी रकम वडाभित्र कच्ची सडकको निर्माण र सडक स्तरोन्नतिमा खर्च गरिएको छ।
यसका साथै बाम्दिमा चापाकोट स्वास्थ्यचौकी भवनको निर्माण र कृषकहरुको लागि कोल्ड स्टोरको निर्माण पनि यसै आर्थिक बर्षमा सम्पन्न भएका महत्वपुर्ण योजनाको रुपमा रहेका छन । कोल्ड स्टोर र चमेनागृह सहितको सभाहल निर्माणको लागि संघिय सरकारबाट ८ करोड रुपैया प्राप्त भएको वडाध्यक्ष गुरुंगले बताए ।
खहरेखोला र हर्पनखोलाका कारण वडा भित्रको बस्ति जोखिममा पर्ने सम्भावनाका कारण ति बस्तीहरको संरक्षण र तटबन्ध निर्माणको लागि बृहत जलाधार ब्यबस्थापन केन्द्र अन्तर्गत १ करोड रुपैया खर्च भएको उनले बताए। सोहि बजेटबाट तोरा खोला, बाम्दी र ओखलढुंगा क्षेत्रको बस्ति संरक्षणनको लागि समेत काम भएको थियो।
यस अगाडीका बर्षहरुको तुलनामा आगामी आर्थिक बर्षमा उक्त वडामा बढी रकम खर्च हुने भएको छ। घाटीछिना बाट पन्चासे जाने सडकको बाँकी खण्ड पुरा गर्नको लागि एडीबीबाट ६२ करोड रुपैया प्राप्त हुने भएको छ भने घाटीछिना देखि बरांग हुँदै मकनपुरसम्म जाने सडकको लागि संघिय सरकारबाट ३ करोड रुपैया प्राप्त हुने भएको छ।
यसैगरी बाम्दी चापाकोट औसेलुचौर हुँदै चनौटे पुग्ने सडकको कामलाई निरन्तरता दिन संघिय सरकारको ३ करोड रुपैया, बिरिम फेवा मार्गनाममा पामे हुँदै पुम्दीको महादेव मुर्ती भएको ठाउँ सम्म पुग्ने सडकको लागि प्रदेश सरकारबाट बहुबर्षीय योजना अन्तर्गत ५ करोड रुपैया बिनियोजन गरिएको छ। पामेको कात्रे पुलबाट शुरुहुने बिरिम फेवा मार्गको लागि ५५ करोड रुपैया खर्च हुने गरि डीपीआर तयार भएको वडाध्यक्ष गुरुङले जानकारी दिए।
अर्को महत्वुर्ण योजनाको रुपमा फेवातालको सिरान पामे नजिक चंखपुरमा सेल्फी पुल निर्माणको लागि पनि प्रदेश सरकारले बजेट बिनोयोजन गरेको छ। फेवातालको मुहान हर्पनखोला माथि चंखपुरबाट मुन्ग्रेखोला (मार्गी ) साम करिब एक किलोमिटर लामो पुल बनाउनको लागि करिब १६ करोड रुपैयाको डीपीआर बनेको बताइएको छ ।
यसबाहेक पोखराबाट पन्चासे हुँदै गुल्मीको रिडी सम्म जाने लोकमार्गको लागि ३ करोड, दमदमे- सिदाने – पन्चासेको सडक निर्माणको लागि १४ करोड, बाम्दी -ओखलढुंगा सडकको लागि ५० लाख, घाटीछिना -खोरपाखा सडकको लागि ५० लाख, चनौटे- औसेलुचौर सडकको लागि १० लाख रुपैया आगामी आर्थिक बर्षको लागि बिनियोजन गरिएको छ।
यसैगरि ठुलाखेत -हर्पन – तामागी हुँदै पर्बत जोड्ने सडकको लागि महानगरबाट २ करोड, घाटीछिना शमसेरमार्गको लागि ५० लाख, नौले, पाथ्रे- सिदाने सडकको लागि ५० लाख रुपैया बिनियोजन गरिएको वडा कार्यालयले जनाएको छ। आगामी आर्थिक बर्षको लागि महानगरबाट २ करोड भन्दा बढी रकम पुर्वाधार बिकासको लागि छुट्याइएको र वडा कार्यालयबाट पनि २ करोड ६६ लाख रुपैया विभिन्न कामको लागि बिनियोजन गरिएको बुझिएको छ। यस्तो रकम खानेपानी, वन बाताबरण, खेल मैदान, मेला महोत्सब र जनचेतनामुलक काममा खर्च गरिने वडाध्यक्ष रामकाजी गुरुंगले बताए ।