Play

अबको मौद्रिक नीति जिम्मेवार, दीर्घदृष्टि र यथार्थमा आधारित हुनुपर्छ : पूर्व अर्थमन्त्री महत

गुरुकुल खबर


काठमाडौं, नेपाल सरकारका पूर्व अर्थमन्त्री एबम नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अब आउने मौद्रिक नीतिले अघिल्ला अनुभवबाट पाठ सिक्न जरुरी भएको बताएका छन्। संघीय संसदको अर्थसमितिमा बोल्दै उनले विगतमा ‘हर्ड मेन्टालिटी’मा गइएका, कहिले अत्यधिक रेगुलेसन, कहिले अत्यधिक कर्जा प्रवाह गरिएको उल्लेख गर्दै यस्तो ‘रोलर कोस्टर’ शैली अन्त्य गर्नुपर्नेमा जोड दिए। “अब उच्च व्यावसायिकता, दीर्घकालीन सोच र जिम्मेवारीपूर्ण दृष्टिकोणका साथ मौद्रिक नीति ल्याइनुपर्छ,” उनले भने।

डा. महतले बैंकहरूले साना कर्जा लिनेहरूलाई झन्झटमा पारिरहेको र ठूला कर्जालाई प्राथमिकता दिएको प्रति आपत्ति जनाए। यो मानसिकता उल्ट्याउनुपर्छ- उनले भने। कृषि विकास बैंकको उद्देश्य नै अहिले विग्रिएको उनले बताए। “हामीले कृषि प्रवर्द्धनका लागि स्थापना गरेका बैंक अहिले हाइड्रोपावरमा पैसा लगाइरहेका छन्,” उनको भनाई थियो ।

डा.महतले कृषि क्षेत्रमा कर्जा प्रवाह ७ प्रतिशतभन्दा तल झरेको छ र त्यो पनि वास्तविक कृषि उत्पादनमा प्रयोग भएको छैन भन्दै वैदेशिक अनुभव लिएर फर्किएका युवाहरू, प्रविधि प्रयोग गर्ने किसानहरूलाई प्राथमिकता दिने मौद्रिक र वित्तीय नीति ल्याउनुपर्नेमा जोड दिए । “बैंकहरू र व्यवसायीहरूबीच हित संघर्ष देखिएको छ,” महतले भने, “लगानीकर्ता आफैं व्यवसायी छन्, यस्तो अवस्थामा पारदर्शिता र नियमनमा सन्तुलन जरुरी छ।”

उनले राष्ट्र बैंकले कुनै व्यक्तिलाई पूरै कर्जा तिर्न निर्देशन दिएको प्रति आपत्ति जनाउँदै भने, “बैंकलाई कुनै समस्या छैन भने राष्ट्र बैंकले यस्तो निर्देशन दिनु अस्वाभाविक हो।”  उनले रियल स्टेट क्षेत्रमा अनावश्यक लगानी हुँदा मूल्य घट्नु स्वाभाविक भएपनि लगानीकर्ताहरू घाटा मान्न तयार नभएको अबस्थामा नीति बनाउँदा यथार्थ स्वीकार्न सक्नुपर्नेमा जोड दिए।

उनले बजेटको साइजभन्दा कुशल कार्यान्वयन महत्वपूर्ण भएको उल्लेख गर्दै ५ प्रतिशत ऋण सीमा १० प्रतिशत बनाउने भनिँदैछ, तर रकम कुशलतापूर्वक खर्च नभए संकट झन बढ्न सक्ने बताए। उनका अनुसार सामाजिक क्षेत्रमा गरिने अत्यधिक खर्च प्रतिफलमुखी छैन। “कागज बनाउनेलाई बढी दिइन्छ, तर किसान, उत्पादक वर्ग उपेक्षित छन्,” उनले भने।

डा. महतले सेयर बजारको नियमन कमजोर रहेको र कमजोर कम्पनीका सेयर मूल्य बढिरहेकोप्रति चिन्ता प्रकट गरे। “अब उत्पादन क्षेत्रमा काम गर्ने, वास्तविक लगानीकर्तालाई सहुलियत दिने नीति आवश्यक रहेकोमा उनले जोड दिए । डा. महतले कस्टम ड्युटीमार्फत स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्न सुझाव दिए। “कृषि र म्यानुफ्याक्चरिङमा स्वदेशी उत्पादन बढाउने ठाउँमा कस्टम ड्युटी बढाउनु आवश्यक छ,” उनले भने।

२५ असार २०८२, बुधबार १७:४३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा