Play

चापाकोटका शैक्षिक एबम धार्मिक व्यक्तित्व टेकनाथ, लिलावती र इताकुमारीको निधनले गाउँमा शोक

गुरुकुल खबर


पोखरा, पोखरा महानगरपालिका -२३ अर्थात तत्कालिन चापाकोट गाबिसका धार्मिक, सामाजिक एबम शैक्षिक व्यक्तित्वहरुको एक पछि अर्को गर्दै  निधन भएका कारण यतिबेला चापाकोट गाउँ शोकमा छ। चापाकोट औसेलुचौरका शिक्षासेवी एबम धार्मिक व्यक्तित्व टेकनाथ पराजुली, औसेलुचौर निबासी धार्मिक एबम सामाजिक व्यक्तित्व बयोबृद्ध लिलावती चापागाईं र चापाकोट घडेरी निबासी बयोबृद्ध धार्मिक व्यक्तित्व इता कुमारी पराजुलीको केहि दिनको अन्तरालमा भएको निधनका कारण गाउँ नै शोकमा परेको अनुभूति भएको स्थानीयको भनाइ छ ।

चापाकोटको औसेलुचौर निवासी शैक्षिक एबम सामाजिक व्यक्तित्व टेकनाथ पराजुलीको ७८ बर्षको उमेरमा यहि असार ९ गते राति ७८ बर्षको उमेरमा निधन भएको छ। बिगतमा लामो समय स्थानीय जन्मभुमि प्राबि र पंचकोशी निमाबि लगायतका शिक्षण संस्थामा शिक्षकको रुपमा काम गरेर सेवानिवृत्त भएका टेकनाथ पराजुली पछिल्लो समय राजनीति, सामाजसेवा र धार्मिक गतिविधिमा समेत त्यत्तिकै सक्रिय रहेका थिए ।

उनि नेपाली काँग्रेसको नेताको रुपमा समेत गाउँमा स्थापित थिए। यसबाहेक उनले आफुले समेत जग्गा उपलब्ध गराएर गाउँमा एकादश शिव मन्दिर एबम कौडीन्य ऋषिआश्रम तपोभूमिको निर्माण र बिस्तारमा सक्रियता पुर्बक जुटिरहेका थिए। उनको निधनका कारण उक्त मन्दिर सहितको धार्मिक क्षेत्र निर्माणमा समस्या उत्पन्न हुने देखिएको छ ।

औसेलुचौरमै जन्मिएर हाल संचारसंगै राजनीतिक क्षेत्रमा क्रियाशील व्यक्तित्व गंगाधर पराजुलीका अनुसार टेकनाथ पराजुली पछिल्लो समय धार्मिक रुपमा सक्रिय भएर मन्दिरको भौतिक पुर्वाधार तयार गरि ब्यबस्थित गर्ने अभियानमा निरन्तर लागिरहेका थिए। उनको निधनका कारण बिद्यालय तहमा आँफुलाई शिक्षा दिने एक असल शिक्षक र त्यस क्षेत्रले एक असल शिक्षासेवी, धार्मिक व्यक्तित्व र राजनीतिक व्यक्तित्व गुमाएको महशुस भएको गंगाधर पराजुलीले बताए।

स्व, पराजुलीका दुई छोराहरु शुकदेव पराजुली र सर्बज्ञ पराजुली रहेका छन् भने बिन्दु, बिमला, भगवती र अनिता गरि चार छोरीहरु रहेका छन। चापाकोट पोखरा सेवा समाजका सचिब दिपक प्रसाद पराजुलीका अनुसार स्व टेकनाथका छोरा शुकदेव गाउँमा नै बसेर खेति किसानी काममा सक्रिय छन् भने समाजको आजिबन सदस्य समेत रहेका सर्बज्ञ पोखरा बजारमा ब्यबसायिक प्रतिष्ठानमा कार्यरत छन ।

यसैगरी पोखरा महानगरपालिका वडा न-२३  चापाकोट औसेलुचौरकी धार्मिक एबम सामाजिक व्यक्तित्व लिलावती चापागाईंको पनि यहि असार ९ गते बिहान निधन भएको छ। ८७ बर्षीय लिलावतीका पांच छोराहरु छोराहरु गिरिधारी, पदम, लालु, गंगाधर र गोबिन्द चापागाईं र  तिन छोरीहरु तुलसी, लिला र बेलकुमारी रहेको छन ।

जेठा छोरा गिरिधारी लामो समय विदेशमा बसेर काम गरेपछि हाल नेपालमै रहेका छन् भने पदम गाउँमा बसेर आफ्नो काम गर्दै आएका छन्। अर्का छोरा लालु पोखरामा बसेर बिभिन्न किसिमको ब्यापारमा संलग्न छन। यसैगरी अर्का छोरा गंगाधर औसेलुचौर स्थित पंचकोशी निमाबिको प्रधानाध्यापकको रुपमा कार्यरत रहेको छन भने कान्छा छोरा गोबिन्द पनि पोखरामा एक निजि बिद्यालयको संचालक रहेका छन ।

चापाकोट पोखरा सेवा समाजका सचिब दिपक पराजुलीका अनुसार चापागाईंको परिवारले स्व. लिलावतीको १३ दिन सम्म गर्नुपर्ने मृत्यु संस्कार भने पोखरा -१४ कदममार्ग, चाउथेमा छोरा लालुप्रसादको घरमा गरिरहेको छ।

यसैगरी, पोखरा महानगरपालिका, चापाकोटको घडेरी निवासी इता कुमारी पराजुलीको ८६ बर्षको उमेरमा यहि असार ७ गते राति निधन भएको छ।

स्व. इताकुमारीका दुई छोरा बिष्णु प्रसाद पराजुली र रुद्रप्रसाद(बाबुराम) पराजुली रहेको छन भने दुई छोरीहरु टुल्की र तिलमाया रहेको स्थानीय शिक्षक बद्रीनाथ पराजुलीले गुरुकुल खबरलाई जानकारी दिए।

उनको  निधन पछि १३ दिनसम्मको संस्कार भने चापाकोट घडेरीमा नै भैरहेको चापाकोट पोखरा सेवा समाजका सचिब दिपक प्रसाद पराजुलीले गुरुकुल खबरलाई जानकारी दिए ।

१२ असार २०८२, बिहीबार ०७:४१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा