Play

गण्डकी प्रदेशमा बहिराको लागि पहिलो पटक बजेट तर अपांगतासंग सम्बन्धित अन्य संस्थाको बजेटमा कटौती

गुरुकुल खबर


पोखरा, गण्डकी प्रदेश सरकारले आगामी आर्थिक बर्षको लागि प्रस्तुत गरेको बजेटमा पहिलो पटक बहिरा र श्रवण शक्ति नभएकाहरुलाई सम्बोधन गरेर बजेट पुस्तिका अर्थात रातो किताबमा बजेट सहितको कार्यक्रम सार्बजनिक भएको छ । अपांगता भएकाहरुको क्षेत्रमा काम गर्न यस अगाडी पनि बजेटमा विभिन्न कार्यक्रम समाबेश हुँदै आएको भएपनि बहिराहरूको लागि भनेर छुट्टै कार्यक्रम आएको यो पहिलो पटक भएको बताइएको छ ।

यस पटक गण्डकी प्रदेशको सांसदमा अपांगता भएकी सुनिता थापा पनि रहेकोले उनले अपांगताको विभिन्न क्षेत्रका लागि विभिन्न योजना र कार्यक्रम सहित बजेट माग गरेकी थिईन । तर राष्ट्रिय बहिरा महासंघ नेपाल गण्डकी प्रदेश समितिको समन्वयमा सांकेतिक भाषा अर्थात दोभाषे सम्बन्धि आवाशीय पुनर्ताजगी तालिम संचालन गर्ने कार्यक्रमलाई मात्र बजेटमा समाबेश गरिएको छ । उक्त कार्यक्रम सम्पन्न गर्नको लागि ११ लाख रुपैया बजेट बिनियोजन गरिएको छ तर अपांगता सम्बन्धि अन्य संघसंस्थाको लागि बिगतमा समय बिनियोजन गरिंदै आएको बजेट यस पटक कटौती गरिएकोमा भने प्रदेश सभा सदस्य सुनिता सहित अपांगताको क्षेत्रमा काम गर्ने अन्यले असन्तुष्टि प्रकट गरेका छन ।

राष्ट्रिय बाहिरा महासंघ गण्डकी प्रदेशको नाममा बजेट राखिएकोमा गण्डकी प्रदेश समितिकी अध्यक्ष गंगा घर्तीमगरले भने खुशी प्रकट गरिन । उनले गुरुकुल खबरसंग भनिन, “सरकारले बिगतमा राष्ट्रिय अपाङ्ग महासंघको नाममा बजेट बिनियोजन गर्ने गरेको थियो । तर, यस पटक बहिरा  महासंघको नाममा मात्र बजेट बिनोयोजन गरेको छ ।”

पोखराको लेखनाथ स्थित सिर्जना बहिरा बिद्यालयकी शिक्षक समेत रहेकी गंगाले भनिन, “म बहिरा संघमा रहेकोले खुशी त लागेको छ तर, अन्य अपांगता भएका साथीहरुको लागि बजेट कटौती भएकोमा अरु अपांगता भएका साथीहरुले दुख मानेको छन त्यसैले मलाई पनि दुख लागेको छ ।” उनले  बहिरा सांसद सुनिता थापाको पहलमा बहिरा महासंघको लागि बजेट बिनियोजन गरिएको भन्दै सांसद थापा प्रति भने आभार प्रकट गरिन ।

गण्डकी प्रदेश सभा सदस्य समेत रहेकी अपाङ्ग सांसद सुनीता थापाले आफुले सामाजिक बिकास मन्त्री बिन्दुकुमार थापा समक्ष सबै किसिमको अपांगता भएका हरुको लागी विभिन्न कार्यक्रम संचालन गर्न भनेर धेरै योजना र कार्यक्रम पेश गरेको बताइन । “तर, बहिरा संघको लागि मात्र ११ लाख रुपैया बिनियोजन भएको कारण मलाई दुख लागेको छ”  विभिन्न किसिमको अपांगता भएकाहरुको लागि विभिन्न किसिमका कार्यक्रम गर्न बजेट माग गरेको तर सिलिंग भित्रका योजनाहरु  पनि कटौती गरिएकोमा पनि उनले दुख प्रकट गरिन ।

प्रदेश सभा सदस्यको हैसियतमा सामाजिक बिकास मन्त्रालय अन्तर्गत मलाई दिईएको सिलिंग भित्र रहेर बजेट र योजना माग गरेकी थिए । तर, बाहिर संघलाई ११ लाख दिने बाहेक अन्य सबै कटौती गर्नु दुर्भाग्यपुर्ण हो । आँफुलाई दिईएको सिलिंगमा समेत धेरै कटौती गर्ने काम मन्त्रालयबाट भएकोले सामजिक विकास मन्त्री बिन्दुकुमार थापासंग पनि आफुले गुनासो प्रकट गरेको उनको भनाई थियो ।

गण्डकी प्रदेशमा प्रत्यक्ष निर्बाचित प्रदेश सांसदहरुको लागि चार करोड देखि पांच करोड सम्मको र समानुपातिक तर्फका प्रदेश सांसदहरुको लागि साढे दुई करोड देखि तिन करोड सम्मको सिलिंग दिएर योजना माग गरिएको बताइन्छ । सोहि अनुरुप प्रदेश सांसदहरुले बजेट र योजना सम्बन्धित मन्त्रालयहरुमा पेश गरेको थिए । तर, अधिकांश सांसदहरुले पेश गरेका योजना कटौती गरेर सरकारमा बस्नेहरु र बजेट बनाउने काममा सक्रिय कर्मचारीहरुको तजबिजमा योजना राखिएको भन्दै सांसदहरुले समेत असन्तुष्टि प्रकट गरेका छन् ।

१० असार २०८२, मंगलवार १९:१६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा