Play

चितवनमा सवारी दुर्घटना: सातजनाको मृत्यु, १८ घाइते (नामावली सहित)

गुरुकुल खबर


चितवन, पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको राप्ती नगरपालिकाको खहरे पुलमा सवारी दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छभने अन्य १८ जना घाइते भएका छन् ।

चितवनका प्रहरी प्रमुख गोविन्द पुरीका अनुसार धनगढीबाट काँकडभिट्टातर्फ गइरहेको यात्रुवाहक बस र मकवानपुरबाट नारायणगढ आइरहेको विद्युतीय सवारी साधन ठक्किँदा उनीहरुको मृत्यु भएको हो । घाइतेको चितवन मेडिकल कलेज, पुरानो मेडिकल कलेज र भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

शनिबार बिहान धनगढीबाट काकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १–०१–००१ख–३५८३ नम्बरको यात्रुवाहक बस र विपरीत दिशाबाट आइरहेको बागमती प्रदेश ०३–००१ज–२९९ नम्बरको माइक्रोबस एकआपसमा ठोक्किएका थिए। दुर्घटनाबारे जानकारी दिँदै चितवनका डिएसपी रविन्द्र खनालले घाइतेहरुको उद्धार गरी उपचारका लागि भरतपुर पठाइएको बताए।

दुर्घटनापछि ठोक्किएका दुवै सवारीसाधन सडकमा रहेकाले केही समय राजमार्गको सो खण्डमा सवारी आवागमन ठप्प भएको थियो। अहिले भने डाइभर्सन बनाएर सवारी सञ्चालन गरिएको प्रहरीले जनाएको छ। उनका अनुसार मृतकहरुको पहिचान भइसकेको र घाइतेको उपचारसँगै उनीहरूको परिचय खुलाउने काम भइरहेको छ।

दुर्घटनमा परि मृत्यु हुने र घाइतेहुनेहरुको नामावली यस प्रकार रहेको छ

मृतकहरू :

१) मकवानपुर हटिया ३ बस्ने ५५ वर्षीय सोम प्रसाद रुपाखेती।
२) मकवानपुर हेटौंडा ५ बस्ने ५३ वर्षीया मैंया कुमारी न्यौपाने पहाडी।
३) हाल नामथर वतन नखुलेको अन्दाजी १८/१९ वर्षीया महिला।
४) हाल नामथर वतन नखुलेकी अन्दाजी २४/२५ वर्षीया महिला।
५) हाल नामथर वतन नखुलेको अन्दाजी २२/२३ वर्षीया पुरुष।
६) नामथर वतन नखुलेकी अन्दाजी ३०/३५ वर्षीया गर्भवती महिला।
७) नामथर वतन नखुलेका अन्दाजी ३५/४० वर्षीया पुरुष।

यी हुन घाइतेहरू:

१) मकवानपुर हेटौंडा उ.म.न.पा.१३ बस्ने १६ वर्षीय सक्षम थापा।
२) मकवानपुर हेटौंडा उ.म.न.पा.१२ का वर्षीय ३२ को सिंहबिर घलान।
३) मकवानपुर हेटौंडा उ.म.न.पा.४ का ३१ वर्षीय विष्णु लम्साल।
४. मकवानपुर हेटौंडा उ.म.न.पा.८ का ३४ वर्षीया गंगा घलान।
५) झापा गौरादह नगरपालिका ९ बस्ने अन्दाजी ६५ वर्षीया सुशिला बराल।
६) झापा गौरादह नगरपालिका ९ बस्ने अन्दाजी ६७ वर्षीया उमा बराल।
७) कञ्चनपुर बेलौरी नगरपालिका ४ बस्ने ४८ वर्षीय वीरबहादुर जैसी।
८) रुकुम पश्चिम आठबिसकोट नगरपालिका ९ बस्ने अन्दाजी ३० वर्षीय सन्देश ओली।
९) अछाम साफेबगर नगरपालिका १० बस्ने ३२ वर्षीय अर्जुनबहादुर राउत।
१०) कैलाली लम्कि चुवा नगरपालिका ८ बस्ने ४५ वर्षीय जम बुढा।
११) कञ्चनपुर पूर्णवास नगरपालिका ६ बस्ने ७० वर्षीया चन्द्रकुमारी थापा।
१२) झापा गौरदह नगरपालिका ६ बस्ने ७० वर्षीया टिका न्यौपाने।
१३) कञ्चनपुर पूर्णवास नगरपालिका ६ बस्ने ६९ वर्षीय जम बा थापा।
१४) कैलाली गोरीगगा नगरपालिका ११ बस्ने ३२ वर्षीया सुरेश बोगटी।
१५) कैलाली लम्कीचुवा नगरपालिका १ बस्ने ३७ वर्षीय लोकेन्द्र बुढा।
१६) कैलाली लम्कीचुवा नगरपालिका १ बस्ने ४८ वर्षीय बल सिंह बुढा।
१७) रौतहट चपुर नगरपालिका ७ बस्ने ४५ वर्षीय वुलटन साह।
१८ ) मकवानपुर बकैया गाउँपालिका ४ बस्ने २६ वर्षीय अनिसा घिमिरे
१९) कालिकोट पलाता गाउँपालिका ४ बस्ने ५३ वर्षीय रत्न बुढा।
२० ) झापा दमक नगरपालिका ८ बस्ने ८३ वर्षीया लक्ष्मी पौडेल।
२१) झापा मेचि ना पा १५ बस्ने २३ वर्षीय प्रवेश सौरेन।
२२) सप्तरी राजविराज नगरपालिका ५ बस्ने ५६ वर्षीय श्रीचन्द्र राय।
२३) कैलाली गोदावरी नागरपालिका ४ बस्ने ३४ वर्षीय महेश चौधरी।
२४) मोरङ बेलबारी नगरपालिका ७ बस्ने २७ वर्षीय सुमन चौधरी।

७ असार २०८२, शनिबार १५:०६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा