पोखरा, नेपाल मणिपाल शिक्षण अस्पातल पोखराले यस क्षेत्रका बिरामीहरुको उपचारमा विभिन्न किसिमको सुबिधा र सहजता प्रदान गर्ने उद्धेश्यका साथ विभिन्न संघ संस्थासंग सहकार्य गर्ने क्रमलाई निरन्तरता दिएको छ। यसैक्रममा मणिपाल अस्पताल र दिप युनाइटेड क्लबको बिच ‘कर्पोरेट स्वास्थ्य परीक्षण सुबिधा योजना‘मा सहमति भएको अस्पतालका मार्केटिंग प्रबन्धक रोशन अधिकारीले गुरुकुल खबरलाई जानकारी दिए ।
अस्पतालले ल्याएको नयाँ स्वास्थ्य प्याकेज अन्तर्गत ‘ब्यबसायीक प्रतिष्ठान तथा संघ, संस्था स्वास्थ परिक्षण योजना’मा अस्पताल र दिप युनाइटेड क्लबबिच सहमति भएको र सहमति पत्रमा मणिपाल शिक्षण अस्पताल पोखराका प्रमुख कार्यकारी अधिकृत अनिल ओडुभिल र दिप युनाइटेड क्ल्बको तर्फबाट उपाध्यक्ष अर्जुन गुरुङले हस्ताक्षर गरेको उनले बताए ।
यसैगरी नेपाल मणिपाल शिक्षण अस्पातल पोखरा र सुर्योदय अङ्रेजी आवासिय बिद्यालयको बिचमा पनि ‘कर्पोरेट स्वास्थ्य परीक्षण सुबिधा योजना‘मा सहमति भएको छ । अस्पतालले ल्याएको नयाँ स्वास्थ्य प्याकेज अन्तर्गत ‘ब्यबसायीक प्रतिष्ठान तथा संघ, संस्था स्वास्थ परिक्षण योजना’मा अस्पताल र सुर्योदय अङ्रेजी आवासिय बिद्यालय बिच सहमति भएको बताइएको छ ।
मणिपाल शिक्षण अस्पताल पोखराका प्रमुख कार्यकारी अधिकृत अनिल ओडुभिल र सुर्योदय अङ्रेजी आवासिय बिद्यालयको तर्फबाट निर्देशक राजेश गुरुङले सहमती पत्रमा हस्ताक्षर गरेको अस्पतालको लेखा शाखामा कार्यरत खिम लामिछानेले जानकारी दिए । उनका अनुसार मणिपाल शिक्षण अस्पातलले नागरिकहरुको स्वास्थ्यको ख्याल राख्दै बिभिन्न प्रकारका स्वास्थ्य परिक्षण योजनाहरु समेत ल्याएको छ ।
यसैबीच सामाजिक उत्तरदायित्व अन्तर्गत पनि अस्पतालले विभिन्न काम गर्दै आएको छ। सोहि अनुरुप नेपाल मणिपाल शिक्षण अस्पताल पोखराको प्राबिधिक सहयोग तथा अल्फा बोर्डिङ स्कुल पोखरा-१६ लामाचौरको आयोजनामा अल्फा बोर्डिङ स्कुलमा एक दिवशिय निशुल्क दन्त स्वास्थ्य शिविर हालै सम्पन्न भएको छ। शिविरमा मणिपाल शिक्षण अस्पतालका वरिष्ठ दन्त चिकित्सकद्वारा निशुल्क रुपमा स्वास्थ्य परीक्षण गरिएको थियो।
यसैगरी नेपाल मानव फाउन्डेसनको आयोजनामा पोखरा-१७, बिरौटामा भइरहेको एतिहासिक श्री गण्डकी सतकुन्डिय गायत्री बिराट ज्ञान महायज्ञ (कोटीहोम) मा नेपाल मणिपाल शिक्षण अस्पताल, पोखराको प्राबिधिक टोली २०८१ बैशाख २६ गते देखी २०८२ जेष्ठ १० गते सम्म प्रथामिक उपचार सेवाको लागि खटिएको थियो। स्वास्थ्यकर्मीहरुको टोलिले कोटीहोममा पुगेका हजारौं भक्तजन एबम सर्बसाधारणलाई प्राथमिक उपचार सहित स्वास्थ्य परिक्षण गरेको थियो ।
स्वास्थ्यकर्मी सहितको टोलीलाई कोटीहोम आयोजकले सम्मानपत्र सहित मायाको चिनो प्रदान गरेर सम्मन गरेको मणिपाल अस्पतालका मार्केटिंग प्रबन्धक रोशन अधिकारीले गुरुकुल खबरलाई जानकारी दिए ।
नेपाल मणिपाल शिक्षण अस्पताल पोखरा र नेपाल मणिपाल कलेज अफ मेडिकल साइन्सेज (नर्सिङ प्रोग्राम) बिएस्सी नर्सिङमा अध्ययनरत विद्यार्थीहरुको प्राबिधिक सहयोग तथा ह्याप्पी होम्सको आयोजनामा पोखरा-१२, माटेपानीमा पनि एक दिवशिय निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। शिविरमा मणिपाल शिक्षण अस्पतालका वरिष्ठ चिकित्सकद्वारा निशुल्क रुपमा स्वास्थ्य परीक्षण गरिएको थियो ।
यसैगरी विश्व वातावरण दिवस – २०२५ को अवसरमा लक्ष्मी सनराईज बैँक सँगको सहकार्यमा नेपाल मणिपाल शिक्षण अस्पताल प्राङ्गणमा आयोजित बृक्षरोपण कार्यक्रममा पांचसय जति एभोकाडो फलको बिरुवा रोपिएको थियो।
अस्पतालका अध्यक्ष आनन्द बतास सहित अस्पतालको विभिन्न जिम्मेवारीमा रहेका ब्यक्तित्वहरुले बिरुवा रोपेको अस्पतालका जनसम्पर्क अधिकृत कृष्णमोहन श्रेष्ठले गुरुकुल खबरलाई जानकारी दिए।