काठमाडौं, नेपाली काँग्रेसका नेता एबम पुर्ब मन्त्री अफताब आलमलाई ज्यान मुद्दामा सफाई दिने निर्णय गरेका एक न्यायाधिस डा. खुसिराम थारुलाई बिहिबार उनकै इजलासमा पुगेर कालोमोसो फालेका छन
नेकपा बहुमतका कार्यकर्ताहरूले उच्च अदालत, वीरगञ्जका न्यायाधीश रहेका डा. खुसीराम थारुलाई मोसो प्रहार गरेका हुन् ।
उनीहरूले इजलासमै पुगेर न्यायाधीश थारुमाथि मोसो प्रहार गरेलगत्तै प्रहरीले उक्त घटनामा संलग्न दुई जनालाई पक्राउ गरेको छ ।
न्यायाधिस थारुसहितको संयुक्त इजलासले केही दिनअघि नेपाली कांग्रेसका पूर्वसांसद अफताब आलमलाई सफाइ दिएको थियो ।
आलम जिल्ला अदालतको आदेश अनुसार ज्यान मुद्दामा कारागारमा रहेकोमा उच्च अदालतका न्यायाधिस डा. थारु सहितको इजलासले सफाइ दिएपछि उनि कारागारबाट मुक्त भएका छन