पोखरा, भारतको गुजरात राज्यको अहमदाबादमा भएको बिमान दुर्घटनामा पर्नेहरुमा ५२ जना बेलायती नागरिक रहेको पुष्टि भएको संचार माध्यमहरुले जनाएका छन । विमानमा एक जना क्यानडेली नागरिक र छ जना पोर्चुगलका नागरिक रहेको समेत पुष्टि भएको छ ।
विमानमा १२ जना चालक दलका सदस्य सहित २४२ जना यात्रु सवार थिए । उक्त विमान भारतीय समय अनुसार अहमदावाद विमानस्थलबाट १ बजेर ३८ मिनेटमा उडेको थियो र उडेको दुई मिनेटमै नै जहाज भुईमा झरेको थियो । उक्त विमानमा नेपाली नागरिक भने नरहेको बुझिएको छ बिमान दुर्घटना लगत्तै नेपाली नागरिकहरु समेत परेको हुन् सक्ने भन्दै नेपाली दुताबासले चासो राखेको थियो
दूतावासका कन्सुलर सन्जिव शर्माले भारतीय अधिकारीहरुलाई उधृत गर्दै विमानमा नेपाली नागरिक नरहेको जानकारी गराएका छन् ।’ उनका अनुसार भारतीय अधिकारीहरुले विमानमा सवारहरुको सूची समेत पठाएका छन् । सूची अनुसार विमानमा भारतीय, बेलायती, क्यानेडियन र पोर्चुगिज नागरिकहरु सवार थिए ।
भारतीय मिडियाहरूका अनुसार दुर्घटनाग्रस्त विमानबाट एक सय बढी शव निकालिएको छ । भारतीय समय अनुसार अहमदावाद विमान स्थलबाट १ बजेर ३८ मिनेटमा उडेको जहाज दुई मिनेटमै भुईमा झरेको थियो ।
दुर्घटनाग्रस्त विमानमा भारतको गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणी समेत सवार भएको खुलेको छ । अहमदावादबाट लण्डनका लागि उडेको बोइङ एआई १७१ जहाज केही मिनेटमै भुइमा खसेको थियो ।
अहमदावादबाट लण्डनका लागि उडेको बोइङ एआई १७१ जहाज केही मिनेटमै भुइमा खसेको थियो । भारतीय समय अनुसार १ बजेर ३८ मिनेटमा जहाज टेकअफ गरेको थियो । लगत्तै जहाज विमानस्थल बाहिर दुर्घटनामा परेको हो । अहिले उद्धारको काम जारी छ ।
सम्बन्धित समाचार ..
भारतमा २ सय ४२ यात्रु बोकेको बिमान दुर्घटना, बिस्तृत विवरण आउन बाँकी, उद्वार प्रक्रिया शुरु