Play

पोखराका पूर्व माओबादी नेता किरण र राजु फेरी पनि माओबादीमै फिर्ता

गुरुकुल खबर


पोखरा, बिगतमा माओबादी आन्दोलनमा सक्रिय रहेपनि समयक्रमसंगै माओबादीबाट टाढा हुन पुगेका कास्कीका केहि नेता फेरी माओबादीमा नै फर्किएका छन । पूर्व माओबादी नेता बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँशक्ति)को गण्डकी प्रदेश अध्यक्ष रहेका किरण थापा (आमोद) र कास्की जिल्ला अध्यक्ष रहेका राजु क्षेत्रीसहितका केहि नेताहरु पुरानो घर माओबादीमा नै फर्किएका हुन ।

माओवादी अध्यक्ष समेत रहेका पुर्ब प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार पोखरामा आयोजित कार्यक्रममा नवप्रवेशीहरुलाई स्वागत गरे ।

माओवादी केन्द्रको पोखरा महानगर सम्मेलनका क्रममा प्रचण्ड पोखरा आइपुगेका हुन् । त्यही अवसरमा नेताद्वय थापा र क्षेत्री आफ्नो पुरानै पार्टीमा फर्किएका हुन । नेसपाको गण्डकी अध्यक्षभन्दा अघि थापा पार्टी केन्द्रीय सचिवालय सदस्य पनि भइसकेका हुन् ।

उक्त पार्टीको हालै भएको महाधिवेशनमा थापाको टिमले नेसपा माओवादीसँग नजिकिँदै जानुपर्ने लगायत अवधारणा पेस गरेका थिए । तर उनको लाइन महाधिवेशनले अस्वीकार गरेको थियो । थापा तत्कालीन माओवादी जनयुद्धमा जनमुक्ति सेनाको बटालियन कमाण्डर, प्लाटुन कमिसार समेत थिए । पार्टी शान्ति प्रक्रियामा आएपछि सेना समायोजनका बेला उनी राजनीतिक क्षेत्रमा बस्न रुचाए ।

नेसपाको जिल्ला अध्यक्ष त्यागेर माओवादी केन्द्र फर्किएका राजु जनादेश साप्ताहिकको कार्यकारी सम्पादक भइसकेका हुन् । माओवादी जनयुद्धमा भूमिगत रुपमा लागेका उनको उक्त पार्टीसँगको निकटता विद्यार्थीकालबाटै सुरु भएको थियो । विद्यार्थी फाँट हुँदै भूमिगत भएका उनलाई जनयुद्धकै बेला नेपाली सेनाले गिरफ्तार गरेको थियो । उनी धादिङको सैनिक ब्यारेक तोडेर निस्कन सफल भएका थिए ।

२७ जेष्ठ २०८२, मंगलवार २३:३६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
दर्ता नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा