Play

पांच महिनाको अबधिमा १ सय ७७ जना नेपालीलाई अमेरिकाबाट फर्काइयो

गुरुकुल खबर


पोखरा, अघिल्लो पांच महिनाको अबधिमा अमेरिकाबाट डिपोर्ट भएर नेपाल फर्काइएकाहरुको संख्या १ सय ७७ पुगेको छ। आइतबार अमेरिकाबाट डिपोट भएर नेपाल आइपुगेका ३७ जना समेत जोड्दा अमेरिकाबाट डिपोर्ट भएर आउनेको संख्या १ सय ७७ पुगेको हो । अमेरिकी राष्ट्रपति ट्रम्पले सन् २०२५ जनवरी २० मा राष्ट्रपतिको शपथ लिएकाको र सन् २०२५ जनवरी २० देखि जुन ४ सम्मको अवधिमा अमेरिकाले १ सय ४० जना नेपालीलाई डिपोर्ट गरेको थियो ।

सोमबार नेपाल ल्याइएका ३७ जनामध्ये एक जना डाइभरसिटी भिसा (डीभी) र एकजना अध्ययनका लागि अमेरिका पुगेका पुरुष रहेको बुझिएको छ । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले गरेको सोधपुछका क्रममा दुईजना १० वर्षअघि नै अमेरिकाको डीभी र विद्यार्थी भिसामा पुगेको खुलेको हो । उनीहरुले डिपोर्ट हुँदाको कारण भने खुलाएका छैनन् । यद्धपी उनीहरुलाई आपराधिक गतिविधिमा संलग्न भएको आरोपमा नेपाल फर्काएको अनुमान प्रहरीले गरेको छ ।

ब्युरोका एसपी नरेन्द्र कुवँरले एकजना डीभी र अर्का विद्यार्थी भिसामा १० वर्ष पहिला नै अमेरिका पुगेको स्पष्ट भएको बताए । अमेरिकाबाट आइतबार ३२ पुरुष र पाँचजना महिला गरी ३७ जना डिपोर्ट भएर नेपाला फर्काइएको थियो ।  अमेरिकाले उनीहरूलाई ओम्नी एयर इन्टरनेशनलको विमान चार्टर गरेर नेपाल पठाएको हो । उनीहरूमध्ये पाँच महिलासहित ३० जना भने अवैध तरिकाबाट अमेरिका पुगेकाहरु छन् । उनीहरु अवैध बाटोमार्फत् अमेरिका पुगेका थिए । फर्किकाहरुमा केही सन् २०२२ र २०२५ मार्चमा अमेरिका पुगेकाहरू पनि छन् ।

 

२६ जेष्ठ २०८२, सोमबार २२:१७ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा