Play

‘इन ड्राइभ’ र ‘पठाओ’ का राइडरले बढी भाडा असुल्न थाले, केहि राइडर प्रहरी नियन्त्रणमा

गुरुकुल खबर


पोखरा, एक ठाउँबाट अर्को ठाउँ पुग्नुपर्ने यात्रुहरुलाई सस्तो र छिटो सेवा दिने नाममा शुरु गरिएको  ‘इन ड्राइभ’ र ‘पठाओ’ का राइडरहरुले पनि महँगो भाडा असुल्न थालेको गुनासो बढेको छ। अनलाइनमा देखिएको भाडा भन्दा बढी भाडा माग्ने, समयमै नआउने लगायतका गुनासो सर्बसाधारण यात्रुबाट बढ्दै गएको छन।

पछिल्लो समय गण्डकी प्रदेश सरकारले राइड एण्ड शेयरिंगलाई बैधता दिने नियमावली लागु गरेपछि झनै उत्साहित बनेका उनीहरुले यात्रुहरुबाट महँगो भाडा असुल्ने गरेको गुनासो बढेको हो। सार्बजनिक यातायातका साधनहरु बन्द गरिएपछि राइड शेयरिंग मार्फत आवतजावत गर्ने यात्रुहरुको चाप बढेको बेला उनीहरुले अनाबश्यक रुपमा फाइदा लिने र महँगो भाडा असुल्न थालेपछि प्रहरीले समेत अनुगमन थालेको छ।

यसै क्रममा ‘इन ड्राइभ’ सवारी सेवा प्रयोग गरी यात्रुहरूसँग कानूनबिपरीत बढी भाडा असुल्ने चालकहरूलाई जिल्ला प्रहरी कार्यालय, कास्कीले नियन्त्रणमा लिई कारबाही गरेको छ। प्रहरीका अनुसार २०८२ साल जेठ १८ गते राति करिब ८ बजे ‘इन ड्राइभ’ प्रयोगकर्ताबाट अत्यधिक भाडा लिएको गुनासो प्राप्त भएपछि प्रहरी टोली परिचालन गरिएको थियो।

चेकजाँचका क्रममा विभिन्न स्थानहरूबाट ८ वटा सवारीसाधन सहित केही चालकहरूलाई नियन्त्रणमा लिइएको थियो। जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार ती चालकहरूले यात्रुहरूसँग निर्धारण गरिएको भन्दा बढी भाडा असुलेको प्रमाण फेला परेकोले उनीहरूलाई यातायात व्यवस्था ऐन २०४९ अनुसार आवश्यक कारबाही गरि छाडिएको हो।

प्रहरीले यस्ता कार्य दोहोरिन नदिन सवारी चालकहरूलाई सचेत रहन आग्रह गर्दै, सेवा प्रदायक कम्पनीहरूलाई पनि निगरानी तथा नियन्त्रणमा सक्रिय भूमिका खेल्न अनुरोध गरेको छ। गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङ नियमावलीको विरोधमा यातायात व्यवसायीले सार्वजनिक सवारी साधन चलाएका छैनन् ।

१९ जेष्ठ २०८२, सोमबार १२:०६ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा