Play

पत्रकारले नेताको गुण गाउनु भन्दा सरकारका चुनौती र समस्यालाई उजागर गरौँ- संचारमन्त्री गुरुङ

पत्रकार महिलाको क्षमता अभिवृद्धि तथा पुरस्कार अर्पण कार्यक्रम पोखरामा सम्पन्न


गुरुकुल खबर


पोखरा, पत्रकार महिलाको क्षमता अभिवृद्धि कार्यक्रम तथा पुरस्कार अर्पण कार्यक्रम पोखरामा शनिबार सम्पन्न भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आयोजना र सञ्चारिका समुह गण्डकीको आयोजनामा भएको कार्यक्रममा पत्रकार महासंघ गण्डकीका महासचिव जमुना शर्मा र राष्टिय सूचना आयोगका आयुक्त दुर्गा भण्डारीलाई सञ्चारिका पत्रकारिता पुरस्कार र म्याग्दीकी देवी जिसीलाई गुरुङ ब्युटी एकेडेमी अवार्ड अर्प।ण गरिएको थियो ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकारको नेताको गुण गाउने नभएर सरकारका चुनौती, समस्यालाई उजागर गर्नु रहेको बताए। पत्रकार तथा मिडिया हाउसले ‘राज्य व्यवस्थालाई कसरी अझ सुदृढ र उत्तरदायी बनाउन सकिन्छ भन्नेतर्फ ध्यान दिनुपर्ने उनको भनाइ छ ।

‘पत्रकारले सरकारकार राम्रा पक्ष देखाउनु राम्रो हो तर सरकारका गल्ति कमजोरीलाई पनि उजागर गर्नुपर्छ,’ उनले भने, ‘पत्रकारिताले आलोचना मात्र होइन, समाधानमुखी सोच र सकारात्मक सुझाव पनि दिन सक्नुपर्छ ।’

सञ्चारिका समुह गण्डकीका अध्यक्ष कविता श्रेष्ठले सञ्चार कार्यालयहरु महिलामैत्री हुनुपर्नेमा जोड दिइन् । उनले महिला पत्रकारले पारिवारिक सहयोग नपाउने, कार्यालयमा तलब विभेद, लैंगिक विभेदको सामना गर्नुपरेको बताइन् । उनले महिला पत्रकारका अवस्थाका बारेमा जानकारी दिएकी थिइन् ।

प्रेस काउन्सिल नेपालका सदस्य केशवशरण लामिछानेले स्टीङ अपरेसन पत्रकारिताको आचारसहिंता भित्र नपर्ने तथा यसले पत्रकारिताको मर्यादा माथि प्रश्न उठाउने बताए । पत्रकारको काम सत्य, सन्तुलित र प्रमाणमा आधारित समाचार प्रकाशन गर्नु रहेको बताउंदै उनले जासुसी शैलीमा सूचना संकलन गरी सार्वजनिक गर्नु व्यावसायिक पत्रकारिताको अभ्यास नहुनुका साथै नैतिकता भित्र पनि नपर्ने उल्लेख गरे ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव गजेन्द्रकुमार ठाकुरले सञ्चार ऐन ६० वर्ष पुरानो कार्यान्वयनमा रहेको बताउँदै नियमावलीलाई समय सापेक्ष बनाउनु आवश्यकता रहेको औंल्याए । प्रविधिले फड्को मारेको अवस्थामा पनि सञ्चार ऐन, कानुन परिमार्जन गर्न नसक्नु लज्जास्पद रहेको उनको भनाइ थियो। मिडिया हाउसको नियमित अनुगमन भएमा पत्रकारिताको गुणस्तरमा सुधार आउनुका साथै भ्रामक र अनैतिक सामग्रीको प्रकाशनमा रोक लगाउन सकिने उनले बताए ।

कार्यक्रममा गण्डकीका प्रेस रजिस्टार विमला भण्डारी, पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराल लगायतले आआफ्नो भनाई राखेका थिए ।

११ जेष्ठ २०८२, आईतवार १३:४५ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा