Play

गण्डकी कोटिहोमस्थल अगाडीको सडकलाई स्थानीयले नामकरण गरे ‘कोटिहोम चोक’

गुरुकुल खबर


पोखरा, पोखरा महानगरपालिका वडा नं. १७ मा संचालन भैरहेको श्री गण्डकी शतकुण्डीय कोटिहोम महायज्ञस्थल अगाडिको सडकको चोकलाई स्थानीय बासिन्दाहरुले कोटीहोम चोक नामाकरण गरेका छन । कोटिहोम नियमित सञ्चालन भइरहेको समयमा बुधबार स्थानियहरुको सक्रियतामा कोटिहोम महायज्ञ सञ्चालन भएको स्थानको नाम कोटिहोम चोक नामकरण गरिएको हो ।

माछापुछ्रे टोल र पाल्पाली मार्गको नामबाट परिचित रहेको उक्त स्थानलाई अहिले कोटिहोम चोक भनेर नामाकरण गरिएको स्थानिय शारदा पंगेनीले बताएकी छन् । उनले भनिन–“अहिले हाम्रो पालोमा यति ठूलो कोटिहोम महायज्ञ सञ्चालन भएको छ । हामीहरुले अवलोकन गर्ने अवसर त पायौं, तर हाम्रा भावी पुस्ताहरुले पनि यस कोटिहोम महायज्ञको बारेमा जानकारी पाउनसकुन भन्ने उद्धेश्यले कोटिहोम चोक भनेर नामकरण गरिएको हो ।” उनले थपिन–हामी धन्य रहेछौं, हाम्रो आगनमा आएर अहिले सम्म नदेखेको कोटिहोमको दर्शन गर्ने अवसर पायौं ।

त्यस्तै अर्का स्थानिय धनी प्रसाद ढकालले कोटिहोम चोक लेखेको सानो बोर्ड मात्र अहिले स्थापना गरिएको र कोटिहोम महायज्ञको इतिहास जिवन्त गर्नका लागि अर्काे बर्ष स्थानियको सक्रियतामा नै ठूलो प्रवेशद्धार निर्माण गर्ने सोचाई रहेको बताए ।

त्यस्तै अर्का स्थानिय बिनोद केसीले नयाँ मान्छे आउदा लोकेसन लिन र दिन निकै समस्या भइरहेको बेला कोटिहोम महायज्ञ र कोटिहोम चोक नामाकरण गर्दा हाम्रो पहिचान नै उच्च रहने बताए। त्यस्तै बैशाख ९ गते एकादशीको दिन उक्त चोकको अनावरण गर्ने कार्यक्रम रहेको स्थानियको भनाई रहेको छ । मानव सेवा फाउण्डेसन नेपाल लगायतको आयोजनामा अहिले सञ्चालन भएको कोटिहोम महायज्ञमा दैनिक हजारौं भक्तजनको सहभागीता रहेको छ ।

७ जेष्ठ २०८२, बुधबार २१:१८ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा