Play

मोटरसाइकल दुर्घटनामा पत्रकार बास्तोलाको मृत्यु, नवलपुरको दुर्घटनामा दाजु भाईको ज्यान गयो

गुरुकुल खबर


पोखरा, लामो समय पत्रकारितामा संलग्न रहेका पोखरा -११ फुलबारीका देबेन्द्र बाँस्तोलाक मोटरसाईकल दुर्घटनामा परी निधन भएको छ । शनिबार लेखनाथको तालवेंसी क्षेत्रमा उनी आफैंले चलाएको मोटरसाइकल दुर्घटना हुँदा उनको ज्यान गएको बुझिएको छ ।

विभिन्न संचार माध्यममा काम गरेको बाँस्तोलाले पछिल्लो समय पोखराको जिरो किमी स्थित सार्थक एफएममा कार्यक्रम समेत संचालन गर्ने गरेको एफएमका संचालक तिर्थ केसीले गुरुकुल खबरलाई जानकारी दिए ।

४६ बर्षको उमेरमा दुर्घटनामा ज्यान गुमाएका बाँस्तोलाको परिवारमा आमा, श्रीमती र एक छोरा छन् ।

उनी पोखरास्थित विभिन्न सामाजिक संघसंस्थाको साथै राजनीतिक क्षेत्रमा पनि क्रियाशील थिए ।

यस अघिको स्थानीय तहको निर्बाचनमा उनि पोखरा महानगरपालिका -११ को वडाध्यक्ष पदमा नेकपा एमालेको तर्फबाट चुनाब समेत लडेका थिए।

पोखरा न्यूरोडको पिपल्स बचत तथा ऋण सहकारी संस्थामा सचिवमा कार्यरत उनले मणिपाल शिक्षण अस्पतालमा पनि काम गरेका थिए ।

यसैबीच रेडियो सार्थकका सञ्चालक एवम् पत्रकार तीर्थ खत्रीले एक सहयोद्धा गुमाउन पर्दा पत्रकारितादेखि विभिन्न सामाजिक क्षेत्रहरुमा अपूरणीय क्षति भएको बताए ।

यसैगरी नवलपुरको कावासोती नगरपालिका–११ लोकाहा निवासी एकै परिवारका दुई दाजुभाइको मोटरसाइकल दुर्घटनामा ज्यान गएको छ। शनिबार साँझ रिठेपानी सडक खण्डमा भएको दुर्घटनामा २४ वर्षीय ईश्वर दर्लामी र उनका भाइ २२ वर्षीय सागर दर्लामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका नवलपुरका प्रहरी निरीक्षक सुदिप पौडेलका अनुसार लु १३ प ७०२ नम्बरको पल्सर मोटरसाइकलमा सवार दुवै जना मुण्डेबाट लोकाहातर्फ जाँदै गर्दा सवारी चालकले नियन्त्रण गुमाउँदा सडकको किनारमा रहेको कल्पटमा ठोक्किएको थियो।

दुर्घटनापछि गम्भीर घाइते भएका दुवै जनालाई तत्कालै उपचारका लागि डण्डास्थित मध्यविन्दु प्रादेशिक अस्पताल लगिएको थियो। तर, चिकित्सकहरूले उनीहरूलाई मृत घोषणा गरेका थिए। घटनाको थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।

२८ बैशाख २०८२, आईतवार ०८:१८ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा