Play

नबौं स्पोर्टस अवार्ड अन्तर्गत म्याग्दी जिल्ला भलिबल संघले ‘उत्कृष्ट खेलकुद संस्था’ को अवार्ड पाउने

गुरुकुल खबर


पोखरा । ‘नवौं पोखरा स्पोट्र्स अवार्ड २०८१’ अन्तरगत वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लबतर्फको अवार्ड म्याग्दी जिल्ला भलिबल संघले प्राप्त गर्ने भएको छ । प्रतिभा छनोट समितिको सिफारिसलाई आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको कार्यसमिति बैठकले अनुमोदन गरेसँगै म्याग्दी जिल्ला भलिबल संघलाई अवार्ड अर्पण गर्ने निश्चित भएको हो ।

म्याग्दी जिल्ला भलिवल संघ विसं. २०६१ सालमा गठन भएको हो । हाल संघका अध्यक्ष तेजेन्द्र बाँनिया रहेका छन् । भलिबलका लागि उर्भर भूमि म्याग्दीमा जिल्लाबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्ने खेलाडिसँगै प्रशिक्षक, रेफ्रि उत्पादन भइसकेका छन् । म्याग्दीमा हाल व्यवस्थित खेलमैदान नभएको हुँदा भलिबल कभर्ड हल निर्माणका लागि संघले अग्रपहलकदमीको भूमिका निर्वाह गरिरहेको छ । संघले हल निर्माणका लागि भन्दै २०८० सालमै अक्षयकोष स्थापना गरि ४७ लाख जम्मा गरिसकेको छ । संघले आधुनिक मापदण्ड अनुसारको म्याग्दी भलिबल कवर्डहल ४ वर्ष भित्र निर्माण सम्पन्न गर्ने योजना समेत अगाढी सारेको छ ।

अहिले संघले ७ वर्ष माथि उमेर समूहका बालबालिकाहरुलाई खेलकुदमा आकर्षण गराउँदै ग्रास रुटबाट खेलाडी उत्पादनका लागि प्रशिक्षण दिँई खेल संस्कारको विकास र विस्तार गर्दै आएको छभने विभिन्न भलिबल प्रतियोगिता गर्दै आएको छ । त्यसैगरि संघले २०७९ सालमा नवौं राष्ट्रिय महिला भलिबल प्रतियोगिता सफलता पुर्वक सम्पन्न गरिसकेको छभने एनभिए अवार्ड २०८० र गण्डकी प्रदेश भलिबल संघबाट सम्मानित भइसकेको छ ।

त्यस्तै संघले २०६१ सालदेखी म्याग्दीमा धेरै खेलाडी उत्पादन गरिसकेको छ । जसमा राष्ट्रिय खेलाडी कमला पुन, नेपाली टिम कप्तान अरुणा शाही, राष्ट्रिय खेलाडी राजु थकाली, मिलन मल्ल, झमानसिङ परियार, सम्राट भण्डारी, गण्डकी प्रदेश टिमका उपकप्तान सुजन चोखाल, गण्डकी टिम सदस्य पवित्रा बिसी, रेविना घर्ति, मनिसा तिलिजा, अस्मि पुन, रिक्जिना बोटे, काजल छन्त्याल, सजिना बुढाथोकीलगाएतका उत्कृष्ट खेलाडीहरु उत्पादन गरिसकेको छ । त्यसैगरि तेजेन्द्र बानिया, मलिन रोका, कुमार किसान जस्ता प्रशिक्षक उत्पादनसँगै रेफ्रिहरु समेत संघले उत्पादन गरिसकेको छ । यस्ता उत्कृष्ट कार्यले गर्दा नै म्याग्दी जिल्ला भलिबल संघ पोखरा स्पोर्टस् अवार्डबाट सम्मानित हुन लागेको मञ्चका अध्यक्ष एमबि आस्था मगरले जनाएको छ ।

खेलाडी तथा खेल क्षेत्रमा क्रियाशीललाई उर्जा थप्न मञ्च गण्डकीले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्टस् अवार्ड गर्दै आइरहेको छ । अवार्ड कार्यक्रम मार्फत वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेलकुद सङ्घसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिदै आएको मञ्चले जनाएको छ । मञ्चले सर्वोत्कृष्ट महिला र पुरुष विधामा अवार्ड प्राप्त गर्नेलाई अवार्डसँगै एक/एक थान टेलजी ईलेक्ट्रिक स्कुटर प्रदान गर्ने जनाएको छ । त्यसबाहेक अन्य सबै विधामा अवार्ड प्राप्त गर्नेलाई अवार्डसँगै जनही ३५/३५ हजार प्रदान गर्दछ ।

२० बैशाख २०८२, शनिबार २०:५२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा