Play

सिद्धबराह माविका शिक्षक एबम शिक्षक संघ कास्कीका नेता पराजुलीलाई पितृशोक

गुरुकुल खबर


पोखरा, पोखरा महानगरपालिका  २३ चापाकोट स्थित सिद्धबराह माध्यमिक बिद्यालयका शिक्षक प्रेमप्रसाद पराजुलीलाई पितृशोक परेको छ। उनका बुवा दुर्गालाल पराजुलीको ९८ बर्षको उमेरमा बैशाख १८ गते बिहिबार बिहान पोखरा -२३ माझथुमस्थित निवासमा निधन भएको हो।

तत्कालिन चापाकोट गाबिस -६ ओखलढुंगा(हाल पोखरा -२३) घर भएका दुर्गालाल पराजुली पछिल्लो समय माझथुममा परिवार सहित बस्दै आएका थिए। स्व दुर्गालालका छोरा प्रेम पराजुली नेपाल शिक्षक संघ कास्कीको नेता समेत हुन।

स्व. दुर्गालालकी धर्मपत्नी खरीका पराजुली, अर्का छोरा देविलाल पराजुली र छोरीहरु भगवती र कमला रहेका छन ।

यसैबीच, चापाकोट पोखरा सेवा समाजले समाजका आजिबन सदस्य प्रेमप्रसाद पराजुली र शुभचिन्तक देविलाल पराजुलीका बुवा दुर्गालाल पराजुलीको ९८ बर्षको उमेरमा निधन भएको भन्दै दुख व्यक्त गरेको छ। समाजका सचिब दीपक पराजुलीले चापाकोट क्षेत्रका जेष्ठ नागरिकको रुपमा रहनुभएका उहाँको निधनले एक कुशल अभिभावक गुमाउनुपरेको शोक बिज्ञप्तीमा जनाएका छन।

स्व दुर्गालालको बिहिबार नै पोखराको रामघाटमा अन्त्येष्टि गरिएको तत्कालिन चापाकोट गाबिसका पूर्व अध्यक्ष समेत रहेका नेपाली काँग्रेसका नेता भेषराज पराजुलीले गुरुकुल खबरलाई जानकारी दिएका छन। उनका अनुसार स्व दुर्गालालको निधनले नेपाली काँग्रेसलाई पनि अपुरणीय क्षती पुगेको छ।

स्व. पराजुलीको शबयात्रामा नेपाली काँग्रेस कास्कीका उपसभापति युबराज कुँवर, नेपाल किसान महासंघका केन्द्रीय सदस्य भेषराज पराजुली, कांग्रेस कास्की क्षेत्र न. ३ का सचिब लक्ष्मीप्रसाद पौडेल, पोखरा -२३ का वडाध्यक्ष रामकाजी गुरुङ, नेकपा एमाले पोखरा -२३ का नेता शिवलाल पराजुली लगायत विभिन्न व्यक्तित्वहरुको सहभागिता रहेको कांग्रेस क्षेत्रिय सचिब पौडेलले जानकारी दिए ।

१८ बैशाख २०८२, बिहीबार १४:१२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा